कपिलवस्तु । संयुक्त संघर्ष समिति कपिलवस्तुले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पुर्ण वहादुर खड्कालाई रिहाइको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संयुक्त संघर्ष समिति कपिलवस्तु संयोजक हिमलाल वाग्लेले निर्वाचन बहिष्कार गर्नु लोकतान्त्रिक अधिकार भएको हुनाले संवैधानिक अधिकार संरक्षण गर्न माग गरेका छन् । ज्ञापनपत्र बुझाउने कार्यक्रम पश्चात् कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा बहिष्कार पर्चा वितरण गरिएको छ ।
Comments

