अंग्रेजी इम्बोस्ड नम्बरमा सर्वोच्चको रोक

काठमाण्डौ । सरकारले शुरु गरेको सवारी साधनहरुमा जडान गरिने नम्बर प्लेटमा अंग्रेजीमा मात्र लेख्न सर्वोच्च अदालतले रोक लगाएको छ ।
अदालतले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा निर्माण गर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले २०८२ माघ २५ गते आइतबार यस्तो आदेश गरेको हो ।
संविधान र कानूनी व्यवस्थाको आलोकमा देवनागरी लिपिलाई प्राथमिकता दिनुपर्ने सर्वोच्चको अन्तरिम आदेशमा उल्लेख छ ।
सर्वोच्चले २०८२ साउन २० गते भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकबाट भएको निर्णय बमोजिम इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने सम्बन्धी यातायात व्यवस्था विभागको भदौ ३ को सूचना अनुसार अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने कार्य कार्यान्वयनमा थियो । ‘
भदौ ३ मा मन्त्रीको अध्यक्षमा भएको निर्णय संवैधानिक र कानूनी व्यवस्थाको आलोकमा कार्यान्वयन नगर्नू÷ नगराउनू भनी सर्वोच्च अदालत नियमावली, बमोजिम अन्तरिम आदेश जारी गरिएको छ’ सर्वोच्चको आदेशमा भनिएको छ ।
इमबोस्ड नम्बर जडान भाषिक हिसाबले नेपाली भाषा विरोधी र आर्थिक हिसाबले खर्चिलो छ भन्दै जनताको गुनासो रहेको थियो तर कार्यान्वयन गर्ने निकाय यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर जडान गर्न सबैमा अनुरोध गर्दै आएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित