इरान छोड्न दूतावासको सल्लाह

काठमाडौं । इरानको राजधानी तेहरान स्थित भारतीय दूतावासले सूचना जारी गर्दै आफ्ना नागरिकहरूलाई जुनसुकै परिस्थितिमा पनि इरान छोड्न अनुरोध गरेको छ। इरानमा अमेरिकाको आक्रमणको सम्भावना बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै भारतले यस्तो निर्णय लिएको जनाएको छ।इरानमा रहेका भारतीय विद्यार्थी, पर्यटक, व्यापारी सबैलाई सो आग्रह गरिएको हो । दूतावासले इमर्जेन्सी हेल्पलाइन फोन सम्पर्क समेत प्रकाशन गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित