सुर्खेतमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका तीन केन्द्रीय सदस्यहरू गिरफ्तार

काठमाडौं । फागुन १३ गते सुर्खेतमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका तीन केन्द्रीय सदस्यहरू प्रहरीबाट गिरफ्तार हुनु भएको छ । गिरफ्तार हुनेहरुमा नारायण न्यौपाने, कर्ण वी.सी. र रत्न ओली हुनुहुन्छ । २०८२ फागुन १३ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नम्बर व्यूरो सेक्रेटरी प्रकाश उर्जाले प्रेस वक्तव्य जारी गर्दै तीन जना केन्द्रीय सदस्यहरूलाई अविलम्ब तथा विनाशर्त रिहा गर्न सरकार सित माग गर्नु भएको छ । प्रेस वक्तव्य यस प्रकार छ ,“आज सुर्खेतमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्यहरू क. नारायण न्यौपाने, क. कर्ण वी.सी. र क. रत्न ओलीलाई सुशील कार्की नेतृत्वको कठपुतली सरकारले गिरफ्तार गरेको छ। उहाँहरूलाई घरमा गई भर खानतलासी समेत गरेको छ । उहाँहरूलाई निर्वाचन बहिष्कारको आरोप लगाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले गिरफ्तार गरेको हो। यही प्रतिक्रियावादी संविधानले प्रदान गरेको वाक तथा प्रकाशन स्वतन्त्रताको धज्जी उडाउँदै गरिएको यस गिरफ्तारीको घोर विरोध गर्दै गिरफ्तार हुनु भएका कमरेडहरूलाई अविलम्ब तथा विनाशर्त रिहा गर्न सरकारसमक्ष हाम्रो पार्टी जोडदार माग गर्दछौं। ”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित