काठमाण्डौ । त्रिचन्द्र क्याम्पसका भौतिक शास्त्र विषयको उप–प्राध्यापक अर्जुन आचार्यले विद्यावारिधि उपाधि प्राप्त गर्नु भएको छ । उहाँले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि विभाग कीर्तिपुर काठमाण्डौबाट २०८२ फागुन १४ गते विद्यावारिधिको उपाधि प्राप्त गर्नु भएको हो । आचार्यले भौतिक शास्त्रमा ‘इन्भेष्टिगेशन अफ फिजिकल एण्ड केमिकल पोपर्टिज अफ युरिनरी क्यालकुलाई एण्ड प्रोटन लिजेण्ड इण्ट्रयाक्सन इन नेफ्रोलाइथियासिस’ भन्ने शीर्षकमा शोध तयार पार्नु भएको डिन कार्यालयले जनाएको छ । वहाँले पाँच वर्ष बढी समय लगाएर विद्यावारिधिको लागि अनुसन्धान गर्नु भएको छ । आचार्यका भौतिक शास्त्र विषयमा अनेकौं अनुसन्धानहरु छन् । आचार्य ३ वर्षे अध्ययन बिदा सकेर गत वर्षदेखि पुनः अध्यापन पेशामा फर्किनु भएको छ । आचार्य जीवन शर्मा र सीता आचार्यका जेठो छोरा हुनुहुन्छ ।

