– लक्ष्मण उप्रेती
आजको विश्व शान्तिको नाममा युद्धको भयावह परिस्थितिवाट गुज्रीरहेको छ। कमरेड लेनिनले स्पष्ट भनेका थिए,साम्राज्यवाद पूँजीवादको उच्चतम चरण हो, र त्यो चरण अनिवार्य रूपमा युद्धतर्फ उन्मुख हुन्छ। युद्ध अत्याधुनिक हातहतियारले मात्र होइन,युद्ध आर्थिक नाकाबन्दीमा आर्थिक सहयोगको नाममा र ऋणको चक्रब्युहमा पारेर पनि हुन्छ, कूटनीतिक दबाबमा पनि हुन्छ, र सांस्कृतिक हस्तक्षेपमा पनि हुन्छ।
संयुक्त राज्य अमेरिकाले पछिल्ला दशकहरूमा विश्वका धेरै देशहरूमाथि प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप गरेको तथ्य लुकेको छैन। इराक माथिको आक्रमणले ध्वस्त राज्य, विभाजित समाज र असंख्य निर्दोष नागरिकको मृत्यु। प्यालेस्टाइन माथिको भयानक आक्रमण ,भेनेजुएलामा आर्थिक नाकाबन्दी,आक्रमण र राजनीतिक दबाबमार्फत शासन परिवर्तनको प्रयास लगायत बङ्गलादेश, नेपाल जस्तासाना राष्ट्रहरूमा पनि “सहयोग” र “साझेदारी” का नाममा हस्तक्षेपका प्रयासहरू देखिदै आएको छ।
लेनिनले भनेझैं, साम्राज्यवादको मूल चरित्र नै विश्व–विभाजन र स्रोत–नियन्त्रण हो। त्यसैले आजको युद्ध ट्याङ्क र मिसाइलको मात्र होइनस यो व्यापार सन्धि, सैन्य साझेदारी र रणनीतिक परियोजनाको युद्ध पनि हो। नेपालमा एमसीसी, एसपीपी र भू–राजनीतिक दबाब नेपालमा संसदबाट Millennium Challenge Corporation(एमसीसी) पारित भएपछि र State Partnership Program (एसपीपी) जस्ता प्रस्तावहरू विवादमा आएपछि जनस्तरमा तीव्र बहस भयो। धेरै नेपाली नागरिकले यसलाई विकास परियोजनाभन्दा पनि सामरिक रणनीतिसँग जोडेर हेरे।
जब नेपालले चीन र रूस सँग आर्थिक तथा कूटनीतिक सम्बन्धलाई सन्तुलित र सकारात्मक ढंगले अगाडि बढाउन खोज्यो, त्यतिबेला बाह्य शक्तिहरूको असन्तुष्टि देखिन थाल्यो भन्ने धारणा समाजमा फैलियो।यहाँ प्रश्न कुनै एउटा सम्झौताका पक्ष–विपक्ष
हालैका नवयुवाहरुको असन्तोष र आन्दोलनहरूलाई “जेन्जी आन्दोलन” भनेर चिनाइएको छ। युवा पुस्ताको निराशा वास्तविक हो, बेरोजगारी, महँगी, भ्रष्टाचार र राजनीतिक अस्थिरताप्रति उनीहरूको आक्रोश स्वाभाविक छ। इतिहासले वारम्वार पुष्टि गरीसकेको कुरा हो कि जहाँ जुनसुकै देशमा होस जनआक्रोश पैदा भए पछि उठेका जनआन्दोलन एवं बिद्रोहमा बाह्य शक्तिहरूले प्रभाव जमाउने प्रयास गर्छन्, तर जेन्जी बिद्रोहमा त्यो हस्तक्षेप र प्रभाव प्रत्येक्ष देखियो । साम्राज्यवादले सिधा हस्तक्षेप मात्र गर्दैनः ऊ असन्तोषलाई मोड्न, भड्काउन वा आफ्नो रणनीतिक हितअनुसार दिशा दिन खोज्छ। त्यसैले कुनै पनि आन्दोलनलाई वर्गीय र राष्ट्रिय दृष्टिले सचेत भएर विश्लेषण गर्नुपर्छ।
लेनिनले देखाएको बाटो स्पष्ट थियो र छ युद्धको स्थायी अन्त्य समाजवादमार्फत मात्र सम्भव छ। जबसम्म उत्पादनका साधन निजी मुठ्ठीभरको नियन्त्रणमा रहन्छन् र नाफा नै अन्तिम लक्ष्य हुन्छ, तबसम्म युद्ध अपरिहार्य हुन्छ।
नेपालको सन्दर्भमा पनि प्रश्न त्यही हो। के हामी उपभोक्तावादी, आयात–निर्भर र वैदेशिक अनुदानमा टिकेको अर्थतन्त्रमै सिमित रहनेरु कि आत्मनिर्भर, उत्पादनमुखी र श्रम–आधारित समाज निर्माण गर्ने? दार्शनिक रूपमा हेर्दा, आजको द्वन्द्व राजनीतिक मात्र होइनस यो चेतनाको द्वन्द्व पनि हो जहाँ वर्गपक्षधरता छ। एउटा पक्षले आत्मसमर्पणतर्फ लैजान खोज्छ, अर्को पक्षले आत्मनिर्भरता र स्वाधीनतातर्फ उन्मुख गराउन।
साम्राज्यवाद युद्धबाहेक केही होइन, चाहे त्यो आर्थिक होस्, सांस्कृतिक होस् वा सैन्य। नेपालको वर्तमान परिस्थिति विश्व–द्वन्द्वबाट अलग छैन। त्यसैले हाम्रो बाटो स्पष्ट हुनुपर्छ, राष्ट्रिय स्वाधीनताको रक्षा, वर्गीय शोषणको अन्त्य, र दीर्घकालीन रूपमा समाजवादी विकल्पको निर्माण। युद्धको अन्त्य चुनाव र भाषणले मात्र होइन, ब्यबस्था परिवर्तनले हुन्छ। र त्यो परिवर्तन तब सम्भव हुन्छ, जब जनता सचेत, संगठित र आत्मनिर्भर बन्ने साहस गर्छन् र अग्रगामी ब्याबस्था नै बदल्ने आन्दोलनमा सहभागी हुन्छ्न।

