नेपालको केन्द्रीय टुंडिखेलमा अमेरिकी सेनाको परेड

शालिकराम भण्डारी
अमेरिकी सेनाको एउटा सानो टुकुडी टुंडिखेलमा भएको सेना दिवसको परेडमा समावेश भयो । झलक्कै सम्झना आयो ल्याटिन अमेरिकी देश भेनेजुएलामाथि केही समय अगाडि गरेको सैनिक आक्रमण र त्यहाँका राष्ट्रपति मादुरो दम्पत्तिलाई टपक्क टिपेर अमेरिका लगेको, त्यही बन्धक बनाएको र त्यहाँको सार्वभौमिक अखण्डतामा आफ्नो हक भएको घोषणाको ताजा खबर । त्यसबेलासम्म सरकार रक्षा मन्त्रालय सेना कसैले केही भनेको थिएनन् । आखिरी नेपाली सेनाबाट एक विज्ञप्ती प्रकाशित भयो । सेना दिवसको अवसरमा निम्तो गरेर आएको । बहुसंख्यक जनतालाई झन रहस्यपूर्ण लाग्यो किनकि छरछिमेक ठूला राष्ट्रहरुको सेनाको कतै उपस्थिति थिएन । निम्ता पाउनेमा अमेरिका मात्र एक्लो राष्ट्र देखा प¥यो । जनताको मनमा यो प्रश्न गम्भीर रुपले उठ्यो । भेनेजुएलाको सैनिक आक्रमणमा अमेरिकी स्वार्थ तेल थियो । तेलबजारमा एकाधिकार प्राप्त गर्नु थियो । यहाँ अर्कै हुन सक्छ, बजार बाहेक अन्य राजनैतिक विषय पनि भएको छ । इन्डोप्यासिफिक रिजमा चीन भारत बीचको यो क्षेत्रमा बलियो पकड राख्न चाहेको हुन्छ । नेपाल लगायतका राष्ट्रहरुको निम्ति यो चाल सन्तोषजनक हुन सक्दैन । साम्राज्यवाद र सर्वहारावर्गबीच संघर्ष शीर्षकको लेखमा विस्तृत व्याख्या सवा सय वर्ष पहिले रुसका सर्वहारावर्गका क्रान्तिकारी नेता भ्लामिरि इलिच लेनिनले । महान् क्रान्तिकारी दार्शनिक कार्लमाक्र्सले समाजको रुप कस्तो हुनुपर्ने कस्ता खिचिसकेका थिए । त्यसै आधारमा रुसी कम्युनिस्ट पार्टी र त्यसमा नेता लेनिन र चिनी कम्युनिस्ट पार्टी र त्यसमा नेता माओ–त्सेतुङले ती देशमा प्रयोग गरिसकेका थिए । त्यसैले विश्व प्रतिक्रियावादको आक्रमणको निसाना लेनिन र हाल माओ भएका छन् । विश्व साम्राज्यवाद विरोधी देश अथवा त्यहाँका जनतालाई एक्काइसौं शताब्दीमा उच्च शिखरमा पुगेको साम्राज्यवादको नाइके संयुक्त राज्य अमेरिकाले नांगो हस्तक्षेप नगरी छोडेको छैन । उसको भित्र नेटो पनि त्यतिकै सक्रिय छ । तर पनि नाइकेको फासिष्ट व्यवहारसँग तिनीहरु सन्तुष्ट देखिंदैनन् । आपसमा नै धेरै अन्तरविरोध चर्किंदैछन् । त्यसै कारणले नै उसले चिताए जति संकट उत्पन्न भएको छैन । विश्व क्रान्तिकारी जनतालाई रक्षा भएको छ, क्रान्तिकारी आन्दोलन चर्किसकेको छ, एकाधिकारवादी व्यवहारमाथि नियन्त्रण सम्भव भएको छ ।
भेनेजुएलामा गरिएको सैनिक आक्रमण भर्खरको ताजा हो–त्यति व्याख्या गर्न पर्ला जस्तो लाग्दैन । सबै देशका जनताले बुझेका छन्, त्यो घटना ल्याटिन अमेरिकी उपमहाद्वीपमा अमेरिकी पकडमा कतैबाट धक्का लाग्न नसकोस् भन्न खातिर मात्र रचिएको हो । त्यहाँका सबै देशमा अमेरिका विरोधी जागरणले ठाउँ पाउन असमर्थ गराउनको लागि हो । अमेरिकको राजनीति हो । यसै नीतिलाई सफलतापूर्वक सबै महाद्वीपमा बलियो न बनाएसम्म उ विश्राम लिन चाहँदैन । भाद्र २३, २४ मा जेनजी आन्दोलन नाम राखेर जुन अस्थिरता पैदा गरियो, ध्वंश लुटपाट, आगजनी, ऐतिहासिक भवन, सर्वोच्च अदालत संसदभवन जलाइयो । जेनजी नाममा आवश्यक मागहरु राख्न लगाएर बच्चा, युवाहरुलाई अगाडि सारियो । घरेलु प्रतिक्रियावादीसँगको मिलोमतोमा तिनैलाई कमाण्डिङ गर्न लगाइयो, निर्दोष बच्चा युवाहरु तत्कालिक गठनबन्धनको नेपाली कांग्रेस, ओली पार्टीको सरकारले मा¥यो । कमाण्डरहरु लाखापाखा लागे । कसैलाई केही भएन । यो पनि एसिया महाद्वीपमा नेपाललाई केन्द्र बनाउने अमेरिकी नीतिको परिणाम थियो । फागुन ३ गते टुंडीखेलमा अमेरिकी परेड त्यसैको निम्ति एक कदम अगाडिको पाइला भन्न सकिन्छ । राष्ट्रपति प्रधानमन्त्री उपस्थित त्यस सेना दिवसमा अमेरिकी सेनाको टोली बाहेक अन्य देशका सेना टोली देखिंदैनथ्यो । भारतीय विस्तारवादको दबाब बन्धन, हेपाई शुरुदेखि नै थियो, छँदैछ । अहिले अमेरिकी घुसपैठ अगाडि छ, सक्रिय छ । बलियो स्टेसन बनाउन आतुर छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाललाई थर्काउन हरेक महिना नयाँ नयाँ ओदश जारी गर्दछन् । ती मध्ये कतिपय अमेरिकी संविधान विपरीत सावित भएका छन् । नेपालीको मनस्थिति अध्ययन गरेर धम्कीको भाषा परिवर्तन गरिरिहन्छन् । साम्राज्यवादको नीति नै यही हो ।
२५० वर्ष पहिले बेलायती उपनिवेशबाट मुक्त भएपछि जसले शासन व्यवस्था त्यहाँ संचालन भयो लोकतन्त्रात्मक गणतन्त्र थियो । तर त्यो लोकतन्त्र बेलायत सरह हुन गयो । बेलायती लोकतन्त्र राजतन्त्रात्मक संवैधानिक राजतन्त्रमा रह्यो यो गणतन्त्र घोषित गरियो । आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा केही फरक देखिएन । पौने दुई सय वर्षसम्म सबै वर्गका मानिसहरुले यसैलाई अन्तिम सिद्धान्त माने। पूर्ण जानकारी भएन । आखिरमा उन्नाइसौं सताब्दीको चौथो दशक समाप्त नहुँदै जर्मनीका २ दार्शनिक कार्लमाक्र्स र प्रेडरिक एंगेल्सले विश्व सामु खोलिदिए त्यो लोकतन्त्र, त्यो गणतन्त्र जनताको थिएन, निश्चित वर्गको थियो । अल्मतको थियो । यस खोजले तत्कालीन मस्तिष्कमा उथलपुथल ल्याई दियो । त्यो भुकम्पले ल्याएको वस्तु अरु केही थिएन नयाँ संसार सृष्टि गर्ने सुन्न मात्र । यसलाई बुझ्ने भावना र आवेगले हुँदैन । सबैले अध्ययन गर्नु पर्छ । अरु उपाय छैन । बेलायतमा जन्मेको लोकतन्त्रले पहिले नै ओपनिवेशिक शक्तिको आकार लिइसकेको थियो । आफ्नो देशको निम्ति मात्र लोकतान्त्रिक थियो । उपनिवेशिक दासत्वबाट मुक्त भएको अमेरिकी लोकतन्त्र अहिले साम्राज्यवादको नाइके भएको छ । त्यसैले यो लोकतन्त्र जनताको भएन । सामन्तवाद भन्दा अलि एक पाइला अगाडिको व्यवस्था मात्र भयो । यो नयाँ लोकतन्त्र जनताको लोकतन्त्र कुनै पनि हालतमा हुन सक्दैन । आफ्नो देशलाई मात्र लोकतन्त्रको गहना लगाई दिने अन्य देशलाई परतन्त्रको जामा लगाई दिने अमेरिकी साम्राज्यवादी नीति यही हो । नेपाली सेना दिवसमा टुंडिखेलमा परेडले पनि यही संकेत गर्छ ।
सानो राष्ट्र भए पनि पृथक राष्ट्रको रुपमा दर्ता भएको हुँदा नेपालको राजनीति नेपालीले नै गर्नुपर्छ । सत्ता संचालनको मालिक निर्देशक पराई हुनु दासत्व स्वीकार गर्नु हो । स्वतन्त्रता त्यागे सरह हो । असंलग्नता, पंचशील शब्दकोषमा मात्र राखिएका छन् । व्यवहारिक उपयोग यिनको छैन । निरंकुश सामन्ती शाही शासन पतन पश्चात् देश पुँजीवादी लोकतन्त्रमा प्रवेश गरेको छ । तर यो लोकतन्त्र दलाल नोकरशाही पुँजीवादको कब्जामा छ । पुँजीवादी लोकतन्त्रको प्रतिनिधित्व गर्ने पार्टी नेपाली कांग्रेसलाई राष्ट्रियता, जनजीविका, जनलोकतन्त्रको माने रहँदैन । हिज माक्र्सवादको छाप टासेका, कम्युनिस्टहरु छाप मेटिसके, उनी पनि नेपाली कांग्रेस सरह भएका छन् । ती मध्ये ओली निर्वाचनको समयमा मात्र क्रान्तिकारी हुन्छन्। घरदैलोमा मत माग्न हात जोड्दै हिंड्दा जस्तो मतदाता छ उस्तै हुन सके उनमा क्षमता छ । विनोद चौधरी तथा पशुपतिनाथको संचालक मारवाडी बन्धुहरुसँग भेट हुँदा तिनैको स्वार्थ अनुकूलको वकालत गर्न सक्छन्, गरिब भूमिहीन किसानसँग भोट माग्दा त्यस्तै भै दिन्छन् , कार्यकर्तालाई त्यस्तै हुन निर्देशन दिनछन् । किनिएका सात आठ लाख कार्यकर्ता जसलाई उनले एक दर्जन माक्र्सवादी, लेनिनवादी शब्द कण्ठ पार्ने भनेका छन् । त्यसैले नै मत थुपार्छ । अरु के चाहियो र ? अमेरिकी सैनिक परेड सम्बन्धमा उनले के प्रष्ट धारणा राख्लान् भन्ने आशा राख्ने ? राष्ट्रियता, जनतन्त्र र नेपाली जनताको जनजीविका, रोजगारीमा प्रचण्ड, माधव, खनाल, विप्लवको मुखबाट पनि त्यति खुला वाससी आउँदैन, आएको छैन । बोलीबचन गर्जन आकर्षक अवश्य हुन्छन्, तर त्यो खोक्रो बचनको के अर्थ ? यिनी पनि चुपचाप छन् ।
तीन÷चार वर्ष भयो धेरै नयाँ अनुसार सम्मिलित अर्को पार्टी जन्मेको छ–२००७ सालपछि नेपाली जनताको लामो लोकतान्त्रिक गणतन्त्रको लडाइमा यस्ता अनुहारहरु कोही परिचित छैनन् । रवि लामिछाने नामका व्यक्तिको सभापतित्वमा पार्टी गठन भयो । नाम राखियो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी अध्यक्षको इतिहास जान्न खोज्ने जिज्ञासा बढ्दा थाहा पाइयो उनी रोजगारीको निम्ति संयुक्त राज्य अमेरिका गएका होलान् । १४ वर्षसम्म त्यहाँ सेवा गरेर अमेरिकी नागरिकता प्राप्त गरिसकेका रहेछन् । पछि नेपाल फर्केको समयमा उनलाई सामाजिक संजालमा काम गर्ने इच्छा यहाँ जागेछ । त्यतैतिर लागे । लोकप्रियता बढ्दै गयो, यिनलाई पनि र देश बीच आवतजावत गर्न कुनै अवरोध भएन । नेपाली कांग्रेसका सभापति शेरबहादुरका आर्थिक सल्लाहकार स्वर्णीम वाग्ले लगायत अमेरिकामा विभिन्न तहमा बसेकाहरुसँग सम्बन्ध राख्दा राजनीतिक गर्ने निर्णयमा पुगेका छन् । यता सामाजिक संजालमा काम गर्दाको अनुभव उता रोजगारीमा काम गर्दा धन संग्रह गर्ने क्षमताले उनले खोलेको पार्टीले पहिले चुनावमा धेरै सिट प्राप्त ग¥यो । वार्गेनिङ गर्दा देशको गृहमन्त्री पड्काए । अमेरिकी नागरिक नेपालको गृहमन्त्री । तर पोल खुल्यो, सर्वोच्च अदालतले उनलाई पदबाट खारेज गरिदियो । त्यसपछिको घटनाक्रम आफैले बुभ्नुस् । एउटा कुरा बुझ्न पाइयो, यिनीसँग नीति सिद्धान्त, विचार, कार्यक्रम केही छैन । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सम्बन्धमा चु गरेर बोल्दैनन् । यही हो कथा । अहिले उनलाई कुनै न कुनै रुपमा अमेरिकी बैंकिङ छँदैछ । राज्यमा कुनै बेला पर्ने संकट यसको सुरक्षा स्वेच्छाको सोचाईले हुन सक्दैन । यिनीले पनि कुनै प्रतिक्रिया दिनै चाहँदैनन् । सेना दिवसको घटना प्रति राष्ट्रले यस पार्टीको नेतृत्व वर्गबाट के आशा गर्ने ? मौन स्वीकृति लक्षणको नीतिले धेरै भ्रम उब्जाएको छ । दुई अढाई सय वर्षसम्म मनपरी शासन गरेको वंशीय राजतन्त्र १७ वर्ष पहिले मात्र विस्थापित गरिएको थियो । पुनः स्थापनाको निम्ति शक्ति राष्ट्रसँग सहयोग माग्दै हिंडेको छ, यसबाट राष्ट्रमा मै पर्ने संकट समाधानको के आशा गर्नु ? अस्थिरता सिर्जना गर्ने र शक्ति हात पार्न खोज्ने उद्देश्य मात्र यसको छ ।
हुन त मधेश पार्टीहरु पनि सक्दैछन् । ती सबैलाई एकै स्वरले विश्लेषण गर्न खोज्नु गलत हुन जान्छ । देशको राजनीतिमा तिनीहरुको भूमिका कम महत्वपूर्ण छैन्, बेलाबेलामा संकटपूर्ण स्थिति उत्पन्न गरिएको हुन्छ । त्यहाँ पनि २ थरी राजनीति धार छन् । त्यसैले छुट्टै गहिरो अध्ययन गर्नु पर्दछ , नेपालको राष्ट्रियतामा दोस्रो धारले मात्र इतिहासमा साथ दिएको छ, दलाल तथा नोकरशाही पुँजीपतिले साम्राज्यवादी विस्तारवादी शक्तिसँग साथ छोडेको छैन । सेना दिवसको अवसरमा अमेरिकी सैनिक टुकुडीको परेड नेपालमाथि हस्तक्षेपको संकेत हो भन्दै विरोध गर्ने नेपालमा क्रान्तिकारी बहुसंख्यक जनता मात्र हुन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित