बंगलादेश र संयुक्त राज्य अमेरिकाबीचको व्यापार सम्झौता राष्ट्रिय हितका विरुद्ध

काठमाडौं । बंगलादेशको कम्युनिष्ट पार्टीका नेताहरूले बंगलादेश र संयुक्त राज्य अमेरिकाबीचको व्यापार सम्झौता लागू भयो भने, देशको अर्थतन्त्र, सुरक्षा र सार्वभौमिकता खतरामा पर्ने बताएका छन् ।अप्रिल १० दिउँसो सूत्रपुरको लोहारपुलमा सूत्रपुर समितिले आयोजना गरेको र्‍यालीमा पार्टीका नेताहरूले उक्त विचार प्रकट गरेका हुन्। ढाका महानगरीय दक्षिण समितिका नेताहरु जाहिद हुसेन खान, गोलाम रब्बी खान, सहायक महासचिव अनवर हुसेन, दीपक शीलले अन्तरिम सरकारले अमेरिकासित सम्झौता गरेर बंगलादेशको अर्थतन्त्र र राष्ट्रिय हितलाई कमजोरपारेको बताए। नेताहरूले विगतमा अमेरिका लगायत अन्य देशहरूसँग गरिएका सबै राष्ट्रविरोधी सम्झौताहरू रद्द गर्न माग गरेका छन्।बंगलादेशको सरकारले गत फेब्रुअरी ९ मा अमेरिका सित व्यापारिक सम्झौता गरेको थियो । बंगलादेशको कम्युनिष्टहरुले यस्तो विचार राखेका छन् कि अमेरिकाले बंगलादेशको गार्मेन्ट आदि सामानमा भन्सार शुल्क घटाएको भए पनि अमेरिकी सामानलाई खुला छुट दिएको हुँदा राष्ट्रिय अर्थतन्त्रमा नोक्सान पुग्ने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित