प्रा.डा. जगदिशचन्द्र भण्डारी
अश्लील फोहोरी अभद्र
¥याप गीतमा
अब सहर कुदिरहेको हुनेछ
शास्त्रीय बाजागाजाको
विकर्षणमा
चोरडाँकाहरु उत्सव मनाइरहेका
नाचिरहेका मात्तिरहेका हुनेछन्
भग्न सम्पदामाथि
केही भङ्जाहा केही अफिमचीहरु
माथि माथि उक्लिंदै
कुरीकुरी गरिरहेका हुनेछन्
जे होस्
अहिले इतिहासमै
एउटा कुरूपताको पाना च्यातिई
अर्को विद्रूपताको अध्याय लेखिएको छ
भित्र बाहिर दुबैतिर
खोक्रा नाङ्गा र पतितहरुको
नयाँ अमानवी गीत आरम्भ भएको छ
मान्नुस वा नमान्नुस्
सबै समयका सङ्गीत
सुन्दर नै हुनुपर्छ भन्ने छैन
Comments

