दाङमा सुकुमबासीहरुको प्रदर्शन सहित विरोध सभा

दाङ । सरकारी रबैयाका कारण देशैभरी सुकुमवासीहरु आन्दोलित भैरहेको बेला ‘क्रान्तिकारी सुकुमबासी संङ्घ नेपाल’ को आयोजनामा दाङमा जुलुस प्रर्दशन तथा विरोध सभा सम्पन्न भएको छ । २०८३ वैशाख २१ गते गरिएको प्रदर्शनमा भूमिहीन सुकुमवासी, मुक्त कमैया, अव्यवस्थित बसोवासी र बाढी पीडितहरु एक हौँ, पीडितलाई न्याय दे, भन्ने नारा सहित दाङका विभिन्न ठाँउबाट घोराहीमा जम्मा भएका सुकुमवासीहरुले बास्तविक सुकुमबासी पहिचान र उचित वसोबासको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । जिल्ला अदालत परिसरबाट सुरु भएको सुकुमवासीहरुको जुलुस जिल्ला प्रशासनमा गएर विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएपछि सुकुमबासीहरुको जुलुस घोराहीको तुल्सीपुर चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । उक्त विरोध सभाको संचालन क्रान्तिकारी सुकुम्बासी संघका जिल्ला संयोजक डम्बर पुनले गरेका थिए भने केन्द्रीय संयोजक तिलक विकले सुकुमबासी समस्या र उनीहरुको मागको बारेमा बोलेका थिए । सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा पार्टीका दाङ इन्चार्ज हुकुमको उपस्थिति रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित