साम्राज्यवादी युद्ध र कोरोना सास्ती जनतालाई ?

 

–नारायणप्रसाद भण्डारी

मानव जातिले समयको चक्र संगै कृतिम एबं प्राकृतिक अति खतरनाक पीडादायी घटनाहरुसंग ठूलो संघर्ष गर्न बाध्य हुन्छन ।हुन त बिपतजन्य घटनाहरु बाढी पहिरो,झाडा पखाला,तातोहावा,डुवान,बिभिन्न यात्रु बाहकका घटना गाउँका बस्ति ,एउटै घरका सपरिवारको क्षतिका अति मर्माहत एबं पीडादायी घटना लगाएतका बिभिन्न प्रकारका आपत बिपतको क्रम चलि रहन्छ, भैरहन्छ ।यी घटनाहरु दोहोरीरहन्छन तर बिगतमा एउटा संसारै धुरु धुरु रुवाउने कालो इतिहासको छाप छोडेर कहिल्यै बिर्सु भन्दा पनि पटक पटक याद आइरहने अति दर्दनाक खतरनाक बिपत्ति २०७६ शालको जाडो मौसमको समय थियो ।शुक्ष्म हल्लाहरु चल्दै थिए । कहिल्यै नसुनेको नयाँ हल्ला समाजमा फैलिदै थियो तर घटना वास्तविक थियो ।कुनै कसैलाइ भ्रममा नपरेर सर्तकता अपनाउँन विश्व स्वास्थ्य संगठन बिभिन्न देशका सरोकार वाला सबैको ध्यान केन्द्रीत हुने क्रम चल्दै थियो ।यस्तो प्रकारको दैबिक बिपत्ति नेपालको उत्तरी सिमाना मा फैलिएर रहेको संसारकै ठूलो एबं धेरै जन सख्या र दिर्घकालिन महान जनयुद्ध बाट निरङकुश तानाशाह च्याङकाइ सेकको शासन अन्त्य गरी जनवादी ब्यबस्था ल्याउँन सफल देश चीन को बिच शहर बुहान बाट एक्कासी अकल्पनीय रुपमा उत्पत्ति भएको अति घातक खर्तनाक भाइरस बाट भएको पुस्टि हुदै थियो तर मानिसले पत्ताउँन र बिस्वास र्गन सकेको थिएन ।संसारका वैज्ञानिक डक्टर सबै लागि परे यसरी आकस्मीक उत्पत्ति हुने नयाँ रोगको नाम के थियो ?यो कति खर्तनाक हो ?कसरी अर्कामा सर्छ ?भन्ने कुराको बस्तविक पत्ता लगाउँन पनि महिनौ लाग्यो तर चिनीया राज्यले सबै पत्ता लागे पनि सार्बजनी नगर्ने चेतावनी दियो तर त्यहि चीनीया एक महान वैज्ञानिक डक्टर ले पत्ता लगाए यस्तो खर्तनाक माहा बिपत्ति जनता माँझ सार्बजनीक गर्नु पर्छ भन्ने सकारात्मक सोचका धनि महान ब्यक्तीत्व राज्यको चेतावनी संग रोकिएनन सार्बजनीक गरे रोगको नाम पनि कोरोना भएको पुष्टि गरे ।कोरोना रोगको औषधि समेत पत्ता लगाए ।क्रोनटाइनमा बस्ने तातो झोलीनो बस्तु बढि सेबन गर्ने मास्क लगाउँने शरिरलाइ जति सक्यो तातोमा राख्ने लगाएतका बिकल्प सिकाए तर बिडम्बना क्रोनाको बढदो जल्दो बल्दो अबस्थामा उनलाइ पनि त्यहि रोगले समाप्त पारयो ।उनको क्षति नै समाजको क्षति भएको सबैमा महसुस भयो ।त्यति बेलाको बिपत्तिका सन्धर्बमा कोरोना नामको रोगले संसारका साम्राज्यवादका दादा कहलिएका देखि अति दयनीय कमजोर देश कोहि कसैलाइ नछोडेर आक्रमण गरेर विभिन्न देशहरुमा लकडावन गर्न समेत बाध्य बनाएको कालो इतिहास यद्यपि स्मरण भै रहन्छ ।त्यति बेलाको प्राकृतिक एबं दैबिक घटना माथि पनि विश्वका धनाढय सामा्रज्यवादी विस्तारवादी पश्चिमा लगाएतका सामन्तवादी सोच चिन्तनका दानब जहिले पनि अर्कैे माथि कुदृष्टि लगाउँन बानी परेका हरुले कोरोना को नाम मात्र हो ।चीनले स्वयं भाइरस उत्पन्न गराएर पठाएको हो ।यसबाट आत्तिनु पर्ने डराउँनु पर्ने हुदैन ।यो चीनीया भाइरस संग लडन हामी तयार छौ ।भनेर अफवाह फैलाए ।शुरक्षाको लागि मास्क पनि प्रयोग नगर्ने नगराउँने भन्दै अटेरी गरे त्यति बेलै हाम्रो देशका भत्ता धारी भ्रष्टाचारी लुटाह ठग अपराधि मनस्थिति बोकेका हरुले पनि साम्राज्यवादीको मतियारको पिछलग्गु बन्दै यो साधारण रुघाखोकी जस्तो हो यसबाट कोहि आत्त्निु पर्दैन बेसार पानी खाए आफै निको हुन्छ ।भनेर खोक्रा आडम्बरी देखाएर दादागिरी देखाउदै गए जब जस्ले त्यस्ता पानी मरुवा कुरा गरे तिनै तिनै लाइ आक्रमण गरेर क्रोन्टाइनमा बस्न बाध्य भए कोहि त त्यहि माहामारी मै ज्यान गुमाए कोहि भने महिनौ दिन सम्म क्रोन्टाइनमा बसेर धैर्य धारण गर्ने डक्टरको सल्लाह सुझाव खानपान गर्दै शुरक्षित भए ।

वास्तबमा प्राकृतिक दैविक घटना लाइ समाजवाद र साम्राज्यवादको तुलना किन गरियो भन्दा कोरोनाको समय पनि बिचौलियाको लागि मामा धन फुपूको सरात भन्ने उखान जस्तो बनाएर ब्रम्ह्लुट गरे बिरामी असाय निसाय मजदुरी नगरि खान नपाउँने अबस्थाका हरुलाइ लकडाउनको कारण बाहिर निस्कने अबस्था भएन भन्ने सरकारको सोच र सहयोगको लागि ब्यबस्थापन गरिएको सहयोग समेत वास्तविक पिडितले पाएनन त्यसमा पनि आप्ना आफन्त पार्टीका झोले हरुलाइ बाडियो कसै कसैले त त्यसम्ेौ घोटाला भ्रस्टचार गर्न समेत पछि परेनन ा आबश्यकताका दैनीक उपभोग्य बस्तु माथि काला बजारी ठगि लुट ब्रम्ह्लुट मच्चाए तर कोरोना साम्राज्यवादीले भने जस्तै चीन माथि आरोप लगाए जस्तै होइन रहेछ ।वास्तबमै नयाँ प्रकारको प्राण घातक रोग रहेछ ।यो प्राकृतिक दैबिक घटना हो ।भन्ने पुस्टि भयो ।जे जस्तो भए पनि जनताले प्राकृतिक बिपत कृतिम बेइमानी का पिडा दुख भोग्न बाध्य गराइयो ।त्यस्तै अहिले पनि विश्वका जनता साम्राज्यवादले दिएको बिपत्तिमा बाँच्न बाध्य छन ।

करिब २,३ बर्ष यता साम्राज्यवादले आफ्ना हर्कतहरु गरी रहेको थियो ।हमास प्यालेस्टाइन युक्रेन लगाएतका देशहरु माथि जर्बजस्त युद्ध थोपरेको थियो ।लाखौ जनता शोक भोक रोग का सिकार भए ।आफ्नो मातृ भूमि घर गृहस्थि सबै छोडेर ज्यु ज्यानको लागि बिस्थपित भए ।त्यँहा हुने हरु त्यँहाको सरकारले आफ्नो राज्य बचाउँन पानी सम्म नखाइ लडिरहे लडाइमा लाखौ नागरिकको ज्यान गै सकेको छ ।अझै शान्त छैन ।फेरि साम्राज्यवादले नयाँ भूगोल इरान माथि हमला गरयो त्यहाँका बरिष्ठ नेता खामिनीको हत्या गरयो ।भेनेज्यूलाका राष्ट्रपति मादुरोका दम्पति सहित रात्री को समयमा आफ्नो बिस्तारामा सुतेका हरुलाइ अपहरण गरेर आफ्नो देश अमेरिकामा लगेर बन्धक बनाएको छ । बगाला देश खरानी बनाइदियो ।नेपालमा जेनजीको नाममा देश पुरै खरानी बनाइदियो ।२०८४मा हुने नियमित निर्वाचन लाइ जर्बजस्त २०८२मा गराउँन बाध्य बनायो ।निर्वाचनको बाहनामा आफ्ना कठ पुतली हरुलाइ झणडै बहुमतको बाताबरण बनायो ।अहिले जेनजी विद्रोहमा टेकेर आएको सरकारले जनताको हबिगत गरिबका झुपडिहरुमा डोजर लगायो जनताले बनाएका संरचना माथि दिन रात डोजर चलाएर मर्न सम्म बाध्य बनायो ।अहिले नेपालमा दर्जनौ पटक लडेर हजारौको बलिदानी बाट प्राप्त गरेको जनताको अधिकार शिक्षक कर्मचारी बिद्यार्थीका ट्रेड युनीयन सबै खारेज गरेर दुख दिएको छ बजारमा कुनै पनि सामान गरिबको मात्र नभै हुने खाने हरुका लागि समेत किनीखाने अबस्थामा छैन ।यता उता जानका लागि भाडा अत्यधिक बृद्धि गरिएको छ ।८०,९०को केरा ३००,३५० सम्म पुगेको छ तर किसानले ८०मात्र पाउँछ भने बिचमै विचौलिया हरुनै मोटाएका छन ।यस्तो हविगत किन ? कसरी भयो ?

१)सर्ब प्रथम साम्राज्यवादको युद्धको असर मध्य पूर्बका देशहरुमा मात्र सिमित रहेन ।हरेक कुरा यातायात संग जोडिएको हुन्छ भने यातायात इन्धन संग जोडिएको हुन्छ ।साम्राज्यवादले इरानको इन्धन माथि नै असहजको अबस्था होस भन्ने उद्धेश्यका साथ इरान माथि नाका बन्दी गरेको छ ।इन्धन माथिको असहज नै अहिले विश्वभर तरगं पैदा भएको छ ।यहि मौकामा अपराधि बिचौलिया बेइमान घुसपैठ का मतियार हरुले ठिक ६,७ बर्ष अगाडिको कोराना को बिपत्तिमा जस्तै अहिले पनि कृतिम बेइमानी गरेर जनता लाइ सताइएको अबस्था छ ।

फेरि यहि समयमा सरकार पक्षले सुशासनको नाममा बिना ब्यबस्थापन सुकुम्बासीका अबैध घर टहरा हटाउँने भन्दै डोजर लगाएर झन ठूलो कृतिम बिजोग बनाएको छ ।फेरिपनि जनता सडकमा जान बाध्य छन ।
अन्तमा राज्यले अतिक्रमण गरि बनाएका सुकुम्बासीको नाममा हुकुमबासी जुन प्रकारको ठगि ब्रम्ह्लुट मच्चाएका थिए ।उक्त बिषयलाइ हुकुमबासी ले यीनै इमान्दार सुकुम्बासी हरुको पछाडि पर्दाबाट जनता सडकमा उत्रने बाताबरण नबनाइनु बुद्धिमानी हुन्थ्यो ।समस्या समाधानका लागि वास्तविक सुकम्बासी कुनै पनि मौसममा शुरक्षित थिएनन ।तिनी हरुको पहिचान गरेर देशैभरका सुकुम्बासीको सूचि बनाएर उनका परिबारको सख्यालाइ मध्य नजर गरि परिचय पत्रको घर सख्या नम्बर सहित पहिलेनै घर को ब्यबस्था गरेर मात्र सुकुम्बासीलाइ घर सुम्पने र त्यहि स्थानमा जाउ भन्ने गरेको भए आजको यस्तो खुदो लटे मिसिए जस्तो लटरम्म हुदैन्थ्यो होला ?फेरि पनि बिचौलियाहरु ले आफनो स्वर्ग लुटिएका जाली फटाह हरुले यस्तो गन्जागोल भित्र खेलेर फेरिपनि वास्तविक सुकुम्बासी हरु अन्यायमा त पर्दैनन ?जे होस नेपालमा जहिले पनि साम्राज्यवाद( र) पश्चिमा बिस्तारवाद उनका मतियार बिचौलिया ठगाह लुटाह हरुकै षडन्यत्रमै देश र जनताले दुख पाउने देशमा सधै अशान्त भै रहने जनताका छोराछोरीले रगत बगाइरहने सामन्तहरु सत्तामा पुगेर उनै जनतालाइ दुख पिडा चिन्ता बोझ महगीं आपत बिपत का सजाय भोगिरहनु पर्ने बाहेक अन्य विकल्प भएन ।त्यसकारण कोरोना बाढि पहिरो माहामारी का बिपत जन्य घटना अहिलेको साम्राज्यवादको युद्ध सबै जनताकै भार हुनुनै तेस्रो विश्व युद्धका संकेत हुन ।सबैमा चेतना भया धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित