वैशाख–२८,काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालय र क्याम्पसहरुमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
८ विद्यार्थी संगठनका नेताहरुले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सो निर्णय कार्यन्वयन नगर्न भनेको हो ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश दिन पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाएको छ ।
Comments

