काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । एसईई परीक्षा सञ्चालन भएको एक महिनामा सार्वजनिक गरेको हो । काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार, एसईईमा सहभागी परीक्षार्थीमध्ये एक लाख ४६ हजार ५०७ जना नन ग्रेडेड छन् । कुल परीक्षार्थीमध्ये दुई लाख ८४ हजार १६० जना मात्रै उत्तीर्ण भएका हुन् ।
नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् ।
त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १९० जना, जीपीए १.६ देखि २.० सम्म सातजना वर्गीकृत भएका छन् ।
२०८२ सालमा सञ्चालित एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेट भएका छन् ।

