–नरेन्द्रबहादुर थापा
२१ औं शताब्दीमा नव–औपनिवेशिक देशहरूमा साम्राज्यवाद र फासीवादले सिर्जना गरेका समस्याहरूको समाधानका लागि धेरै विचारकहरु , विश्वका विभिन्न उत्पीडित मुलुकहरूले पटकपटक गरेका आन्दोलनहरु र नवऔपनिवेशिक पीडित मुलुकहरूले विभिन्न उपायहरूको प्रस्ताव गरेका छन् । ती प्रस्तावहरुमा समाधानका उपायहरू सामान्यतया राजनीतिक स्वतन्त्रता, आर्थिक न्याय, लोकतन्त्र, सामाजिक समानता र अन्तर्राष्ट्रिय सहयोगमा केन्द्रित रहेका छन् , यद्यपि यहाँ मैले आफ्ना मुख्य दृष्टिकोणहरू सरल रूपमा व्याख्या गर्ने पर्यत्न गरेको छु –
१. आर्थिक स्वतन्त्रता
विश्वका कुनै पनि नवऔपनिवेशिक मुलुकहरु कहिल्यै पनि आर्थिकरुपले पूर्णरूपमा स्वतन्त्र हुँदैनन् । किनभने नव–उपनिवेशवादले प्रायः ती नवउपनिवेशहरुलाई विदेशी ऋण थोपरेर, बहुराष्ट्रिय कम्पनीहरुसँग असमान व्यापारमा फसाएर , तिनीहरूको प्राकृतिक स्रोत र साधनहरूमाथिको नियन्त्रण मार्फत आफ्नो स्वार्थ पूरा गर्ने हिसाबले अधिपत्य कायम राख्दछ । यस कारणले गर्दा यी औपनिवेशिक मुलुकहरूमा ठूलो समस्या खडा हुने गरेको छ । आर्थिक स्वतन्त्रताको यो समस्या समाधानका लागि केही उपायहरु पनि छन् । ती समाधानका उपायहरू कार्यान्वयनका लागि निम्नानुसार समावेश गरिएका छन्
१.राष्ट्रिय उद्योग र कृषिको विकास गर्ने कार्यमा जोड दिनुपर्छ ।
२.वैदेशिक ऋण र आयातमा निर्भरता घटाउने कार्यमा जोड दिनु पर्छ ।
३.स्थानीय उत्पादन र श्रमिकहरूको संरक्षणमा प्राथमिकता दिनुपर्ने हुन्छ ।
४.जमिन ,पानी, खनिज र ऊर्जा जस्ता प्रमुख प्राकृतिक स्रोतहरूमा सार्वजनिक नियन्त्रण रहनुपर्छ ।
५.शोषणकारी व्यापार सम्झौताको सट्टा निष्पक्ष र शोषणरहीत व्यापार सम्झौताअनुरूप काम गर्नुपर्छ ।
धेरै मुलुकहरूले आफ्नो देश ूआत्मनिर्भरूबन्नको लागि आर्थिक विकासलाई बलियो बनाउन सक्दो प्रयास गर्दछन् ताकि तिनीहरूको अर्थव्यवस्था शक्तिशाली विदेशी राज्यहरू वा निगमहरूद्वारा नियन्त्रित नहोस्।
२. बलियो लोकतान्त्रिक संस्थाहरू
नव उपनिवेशहरूमा लोकतान्त्रिक संस्थाहरू बलियो अवस्थामा रहेका हुँदैनन् ।तिनीहरू कमजोर अवस्थामा नै हुन्छन् । किनकि त्यहाँ फासीवादको चरम विकास भएको हुन्छ । जहाँ फासीवादको विकास भएको हुन्छ,त्यहाँ चरम असमानता हुन्छ,भ्रष्टाचार हुन्छ , डर र घृणाको राजनीति हुन्छ र लोकतन्त्र कमजोर हुन्छ । त्यसैले नवऔपनिवेशिक मुलुकहरूमा भएका यी समस्याहरूको समाधानको लागि निम्न उपायहरू कार्यान्वयनका लगि समावेश छन् । ती हुन् स्
१.स्वतन्त्र अदालत र मिडिया हुनुपर्छ ।
२.स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनुपर्छ ।
३.नागरिक स्वतन्त्रताको संरक्षण हुनुपर्छ ।
४.सरकारहरूको जवाफदेहिता हुनुपर्छ ।
५.निर्णय प्रक्रियामा जनसहभागिताजुटेको हुनुपर्छ ।
जब आम जनताले राज्यको नीतिलाई प्रभावकारी रूपमा सफल पार्न सक्छन्, तब मात्र लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्र बलियो भनेको नै राष्ट्र , राष्ट्रियता , राष्ट्रिय स्वाधीनता र जनतन्त्र बलियो हुनु हो ।
३. श्रमजीवी जनता र उत्पीडित समूहको एकता
नव औपनिवेशिक मुलुकहरूमा साम्राज्यवाद र फाँसीवादका विरुद्ध संघर्ष गर्नका लागि श्रमजीवी र उत्पीडित वर्गबीचको एकताको आवस्यक हुन्छ ।किनकि धेरै साम्राज्यवाद विरोधी चिन्तकहरूले तर्क गर्छन् कि वर्ग, धर्म, जात, जाति वा राष्ट्रियताको आधारमा मानिसहरू बीचको विभाजनले साम्राज्यवादी र फाँसीवादी शक्तिहरूलाई शक्तिशाली रहन मद्दत गर्दछ । ती शक्तिहरू बलिया भए श्रमजीवी र उत्पीडित समुदायलाई झन् कमजोर बनाउँछन् । खास श्रमजीवी र उत्पीडित समुदाय कमजोर भएमा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिंदैन ।अनि देशको प्राकृतिक श्रोत र साधनमाथि साम्राज्यवादी र फाँसीवादीहरुको प्रतक्ष हस्तक्षेप कायमै रहन्छ । त्यसकारण यो समस्या समाधानका लागि निम्न उपायहरू पहिचान गरी कार्यान्वयन गर्न आवस्यक हुन्छ । यो समस्या समाधानका ती उपायहरू यहाँ समावेश गरिएका छन्,जसलाई सशक्तरूपमा कार्यान्वयन गरिनु पर्दछ ।
१.मजदुर, किसान, विद्यार्थी, महिला, आदिवासी जनजाति र सीमान्तकृत समुदायबीचको एकताको अनिवार्य आवस्यकता हुन्छ ।
२.भेदभाव र सामाजिक उत्पीडन विरुद्ध लड्ने हिम्मत र दृढता हुनुपर्छ ।
३.अधिकार र न्यायका लागि सशक्त जनआन्दोलनको उठाउन गर्नु पर्दछ ।
४. शिक्षा र राजनीतिक चेतना
साम्राज्यवाद र फाँसीवादका विरुद्ध सङ्घर्ष गर्नका लागि न्यायप्रेमी नागरिक तथा श्रमजीवी र उत्पीडित जनसमुदायहरूमा शिक्षा र राजनीतिक चेतनाको अत्यन्तै आवश्यक पर्दछ। शिक्षित र राजनीतिक रूपले सचेत नागरिकले मात्रै सही र गलत छुट्याउन सक्दछन् । सही र गलत छुट्याउन नसक्ने नागरिकहरू साम्राज्यवादी र फाँसीवादीहरूको भ्रमजालमा फस्न सक्दछन् । किनकि साम्राज्यवाद र फासीवादले अक्सर गलत सूचना, उपभोक्तावाद, ऐतिहासिक विकृति र घृणा फैलाउँछन् । ती कुराहरूको सामना गर्न शिक्षित र राजनीतिक रूपले सचेत नागरिकले मात्रै सक्षमता प्राप्त गर्दछन् । त्यसैले त्यसका पनि महत्त्वपूर्ण समाधानहरू छन्। ती महत्त्वपूर्ण समाधानहरू हुन्स्
१.प्रत्येक श्रमजीवी , न्यायप्रेमी र उत्पीडित नागरिकहरुमा वैज्ञानिक र आलोचनात्मक शिक्षाप्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्दछ ।
२.इतिहास र राजनीतिक प्रणाली बारे सचेतना र स्वतन्त्र पत्रकारिताको विकासको आवस्यकता पूरा गर्नुपर्छ ।
३.समानता, मानवता र शान्ति प्रवर्द्धन गर्ने सांस्कृतिक आन्दोलनहरू उठाउनु पर्दछ ।
तर शुसूचित जनसंख्या हेरफेर गर्न भने गाह्रो छ।
५.सामाजिक र आर्थिक न्याय
समाजमा सामाजिक र आर्थिक न्याय बलियो भएमात्र साम्राज्यवादी र फाँसीवादी प्रवृत्तिको सामना गर्न संभव छ ।अन्यथा उच्च बेरोजगारी, गरिबी र असमानताले अधिनायकवादी र फासीवादी राजनीतिको उदय हुने अवस्थाको सिर्जना गर्ने संभावना रहन्छ । त्यसकारण त्यस्तो समस्याको समाधानका लागि आवस्यक समाधानहरू पहिचान गरी समावेश गर्नु पर्दछ र कार्यान्वयन गर्नु पर्दछ ।ती समाधानहरु हुन् स्
१.विश्वव्यापी शिक्षा र स्वास्थ्य सेवाको आवस्यकता पूर्ति ।
२.रोजगारीका अवसरहरू प्राप्त ।
३.आवश्यक भएमा भूमि सुधारको ब्यवस्था ।
४.उचित ज्याला र श्रम अधिकार प्राप्त ।
५.सामाजिक सुरक्षा प्रणालीको उचित प्रवन्ध ।
असमानता घटाउँदा अतिवादी राजनीति कमजोर हुन्छ र यो कार्य श्रमजीवी , उत्पीडित र न्यायप्रेमी जनसमुदायको पक्षमा हुन जान्छ ।
६. सैन्यवाद र विदेशी हस्तक्षेप को प्रतिरोध
साम्राज्यवाद र फाँसीवादद्वारा प्रायोजित सैन्यवाद र विदेशी हस्तक्षेप पनि नवऔपनिवेशिक मुलुकहरूका लागि एउटा जटिल समस्याकोरूपमा उपस्थित समस्या हो ।धेरै नव(औपनिवेशिक देशहरूले सैन्य गठबन्धन मार्फत प्रतिबन्धहरू, प्रोक्सी युद्ध, वा विदेशी हस्तक्षेप र दबाबको प्रतिरोध गर्छन्। त्यसैले निम्नलिखित सम्भावित प्रतिक्रियाहरूद्वारा समस्या समाधान गर्नु पर्दछ । ती संभावित प्रक्रियाहरु निम्नानुसार रहेका छन् ।
१.राज्यको स्वतन्त्र परराष्ट्र नीति कायम हुनुपर्छ ।
२।विकासशील देशहरू बीच क्षेत्रीय सहयोग हुनुपर्छ ।
३.शान्तिपूर्ण कूटनीतिक आवस्यकता पूर्ति हुनुपर्छ ।
४.अनावश्यक युद्ध र सैन्य प्रभुत्वको विरोध गर्नुपर्छ ।
७. राष्ट्रिय एकता
साम्राज्यवाद र फाँसीवादको हस्तक्षेपको सामना गर्न एकलैले संभव हुदैन । त्यसको लागि साम्राज्यवाद र फाँसीवादी विरोधी सबै राष्ट्रिय शक्तिहरूसँग संभव भए पार्टी एकता र नभए कार्यगत एकता भए पनि एकताको पर्यत्न गर्नुपर्छ । त्यस्तो एकताका पक्षधर शक्तिहरू हुन सक्छन् ः
१.राष्ट्रका क्रान्तिकारी शक्तिहरुबीच पार्टी एकता ।
२.वामपन्थी र जनवादी शक्तिहरूबीचको एकता ।
३.राष्ट्रवादी , देशभक्त र प्रगतिशील शक्तिहरूबीच सहकार्य ।
४.सबै लोकतान्त्रिक शक्तिहरूसँग अस्थायी सहकार्य ।
८. अन्तर्राष्ट्रिय एकता
जलवायु परिवर्तन, श्रम शोषण, ऋण सङ्कट, बसाइँसराइ, डिजिटल निगरानी जस्ता धेरै विश्वव्यापी समस्याहरू एउटै देशले मात्र सामना गरेर समाधान गर्न सकिँदैन। त्यसैले साम्राज्यवाद र फाँसीवाद विरोधी सबै अन्तर्राष्ट्रिय शक्तिहरूमा अदम्य साहस बोकेको दरिलो एकता हुन जरुरी छ,जुन एकताले ती विश्वब्यापी सबै समस्याहरूको समाधान सम्भव छ । त्यसको लागि कार्यान्वयन गर्न समाधानका निम्न उपायहरू समावेश छन् ः
१.विकासशील राष्ट्रहरू बीचको सहकार्य ।
२.मानव अधिकार र शान्ति आन्दोलनको निर्माण र उठान ।
३.विश्वव्यापी श्रम एकता निर्माण ।
४.पर्यावरण न्याय आन्दोलनको उठाउन ।
ढ.प्रविधि र सूचना सार्वभौमसत्ता
२१औँ शताब्दीमा नवऔपनिवेशिक मुलुकहरुमा डिजिटल प्लेटफर्म, डाटा, आर्टिफिसियल इन्टेलिजेन्स एआइर मिडियामाथिको नियन्त्रणमा साम्राज्यवादी र फाँसीवादी प्रभुत्वको नयाँ रूप निर्माण भएको छ। नव औपनिवेशिक मुलुकहरूले यो जटिल समस्याको सामना गर्नुपर्ने हुन्छ,जसको लागि समाधानका उपायहरू आवस्यकता पर्दछ ।ती उपायहरू यहाँ समावेश रहेका छन्स्
१.स्थानीय प्राविधिक क्षमता विकास गर्ने ।
२.डिजिटल साक्षरता हासिल गर्ने ।
३.डाटा संरक्षण कानून निर्माण र कार्यान्वयन गर्ने ।
४.स्वतन्त्र मिडिया र संचार प्रणालीको ब्यवस्था गर्ने ।
५. विभिन्न वैचारिक दृष्टिकोणको अभ्यास र अनुसरण गर्ने ।
विभिन्न राजनीतिक विचारधाराहरूले विभिन्न मार्गहरू प्रसस्त गर्छन् , जो निम्न बमोजिम हुन पनि सक्दछनः
१.उदारवादी लोकतान्त्रिक मुलुकहरूले लोकतान्त्रिक सुधार र मानव अधिकारलाई जोड दिन्छन्।
२.समाजवादी कम्युनिस्टहरूले वर्गसंघर्ष, सार्वजनिक स्वामित्व र पुँजीवाद विरोधीसँग मोर्चा निर्माण गर्न जोड दिन्छन्।
३.राष्ट्रवादीहरूले सार्वभौमसत्ता र राष्ट्रिय एकतालाई जोड दिन्छन्।
४.सामाजिक लोकतान्त्रिक शक्तिहरूले कल्याणकारी प्रणाली र विनियमित पुँजीवादको वकालतमा जोड दिन्छन्।
५.व्यवहारमा, धेरै देशहरूले विभिन्न दृष्टिकोणबाट विभिन्न तत्वहरू संयोजन गर्छन्।
निष्कर्ष
२१ औं शताब्दीमा नव–औपनिवेशिक देशहरूको लागि केन्द्रीय चुनौतीको कसरी सामना गर्ने हो भन्ने बारेमा विचार गर्दा , वास्तविक सार्वभौमसत्ता, आर्थिक न्याय,लोकतान्त्रिक स्वतन्त्रता,सामाजिक समानता हासिल गर्ने कुरा हो र अधिनायकवाद र विदेशी प्रभुत्वबाट संरक्षण भएका विषयहरु उनीहरूबाट मुक्त गर्ने कुरा हो,जसको लागि प्रायः प्रस्तावित समाधानहरू साधारण मानिसहरूलाई सशक्तिकरण गर्ने, लोकतान्त्रिक र आर्थिक स्वतन्त्रतालाई सुदृढ गर्ने र शोषण, फासीवाद र असमानता विरुद्ध सहयोग निर्माण गर्ने कुरा हो । यिनै प्रस्तावहरुको वरिपरि रहेर निरन्तर र दृढतापूर्वक संघर्ष गर्नु नै २१औं सताब्दीमा नवऔपनिवेशिक मुलुकहरूमा साम्राज्यवाद र फाँसीवादद्वारा सिर्जित समस्याहरुको तत्कालीन समाधान हो ।
मितिः२०८३ ज्येष्ठ १२ गते
साम्राज्यवाद र फासीवादद्वारा सिर्जित समस्याको समाधान
Comments

