भाषानुवाद – प्रितम
(माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी टर्की÷कुर्दिस्तान द्वारा राष्ट्रिय जनतान्त्रिक मोर्चा फिलिपिन्स (एनडीएफ) को आयोजनामा २२–२३ मे २०२६ मा काठमाण्डौंमा सम्पन्न भएको “२१औं शताब्दीमा नव–उपनिवेशहरुमा फासीवाद र साम्राज्यवाद” सम्बन्धी छैठौं अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलनमा गरिएको प्रस्तुतिको पूर्णपाठ)
साम्राज्यवादको नयां चरणमा साम्राज्यवादी विश्वव्यापीकरण र वित्तीय–आर्थिक उपनिवेशवाद उपनिवेशवादको प्रमुख स्वरूपमा प्रकट भएको छ र यसले पुंजीका बाधाहरू पन्छाएर, राजकीय उद्योगहरू र केन्द्रीय बैंकहरूको निजीकरण गरेर, साम्राज्यवादी वित्तीय नियन्त्रणलाई सुदृढ तुल्याएर र पूर्व नव–उपनिवेशहरूको प्रत्यक्ष शोषणलाई अझै बढ्ता आक्रामक प्रभुत्व मार्फत मजबूत पारेर परम्परागत नव–उपनिवेशवादलाई प्रतिस्थापन गरेको छ ।
साम्राज्यवादी विश्वव्यापिकरणले राज्यको आर्थिक भूमिकालाई घटाएर र विदेशी नियन्त्रण बढाएर उपनिवेशहरूलाई नयां स्वरूप प्रदान गर्यो भने वैश्विक एकाधिकारवाद र साम्राज्यवादी राज्यहरू बीचको प्रतिस्पर्धा तीव्र बन्यो र युद्ध रणनीतिको रचना गर्यो । तथापि यस चरण अन्तर्गत भएका पुंजीवादी सम्बन्धहरूको पुनर्संरचना पनि आफ्नो सीमासम्म पुगिसकेको छ जसले आर्थिक बाधाहरूलाई पारगर्न असमर्थ भएको छ र पुंजीको अन्तर्निहित हिंसालाई उजागर गरेको छ । फासीवाद बुर्जुवा राज्यहरूका लागि वैचारिक स्तरमा सबैभन्दा प्रतिक्रियावादी र राजनीतिक रूपमा सबैभन्दा आक्रामक शासन प्रणालीको रूपमा एक प्रमुख साधनको रूपमा देखा पर्दछ जसको सैन्यीकरणसंग निकटतम् सन्बन्ध रहेको हुन्छ र यी दुवै परिघटनाहरु सित फासीवाद र युद्ध एकआपसमा जोडिएका हुन्छन् । यसरी फासीवाद “वित्तीय पुंजीको सबैभन्दा प्रतिक्रियावादी, सबैभन्दा अन्धराष्ट्रवादी र सबैभन्दा साम्राज्यवादी तत्वहरूको खुला आतंकवादी तानाशाही“ को रूपमा आजको पुंजीवादको अस्तित्वगत संकटप्रति शासन व्यवस्थाको प्रत्योत्तर बन्दछ ।
अमेरिकी प्रभुत्वको पतन र चीन सितको बढ्दो प्रतिस्पर्धाको साथसाथै फासीवादी ट्रम्प प्रशासनले विश्वभरका पुनरुत्थानशील फासीवादी आन्दोलनहरु संगको समन्वय र समर्थनमा आक्रामक रूपमा वैश्विक व्यवस्थालाई पुनव्र्यवस्था गर्न खोज्यो। यस्तो अवस्थामा पुंजीवादको असमान विकास र विश्वयुद्धको खतरालाई प्रतिबिम्बित गर्ने युद्धहरूको एक श्रृंखला स्वाभाविकै छ ।
अस्तित्वको संकटले गर्दा वैचारिक र नैतिक भ्रष्टाचारलाई पनि चरम सीमामा पुर्याएको छ जस्तो कि हालसालै भएका नरसंहार, युद्धहरु अथवा एपस्टिन फाइलहरू जस्ता शासक वर्गहरूको झलकहरुबाट देखिन्छ । यो पुंजीवादको अन्तर्निहित “नैतिक क्षय“ र अलगावका चरम रूपहरू हुन् जुन फासीवादी शासन प्रणालीमा सबैभन्दा स्पष्ट देखिन्छ । अंध्यारो प्रवुद्धता, पालान्टिर घोषणापत्र र अन्य चरम प्रतिक्रियावादी उपस्थितिहरूले फासीवादी विचारहरूलाई आजको भौतिक अवस्थासंग अद्यावधिक गराइरहेका छन् र विश्वभरका मानिसहरुका लागि खतरा उत्पन्न गरिरहेका छन् जसले साम्राज्यवादी र फासीवादी प्रभुत्वका लागि एकदमै आक्रामक नियन्त्रण संयन्त्रहरू लागू गर्न वैचारिक प्रजनन भूमि प्रदान गरिरहेको छ ।
वित्तीय–आर्थिक उपनिवेशहरूमा फासीवादका विशेषताहरू
सम्भावित पुनर्वितरण युद्धको तयारीका लागि वित्तीय–आर्थिक उपनिवेशहरूका बुर्जुवा राज्यहरू “अझ बढी दमनकारी बनेका छन्, जसमा फासीवादी प्रवृत्तिहरू तीव्र भएका छन्, नयां प्रतिबन्धात्मक कानूनहरू लागू गरिएका छन् र लोकतान्त्रिक अधिकारहरू कुण्ठित गरिएका छन्,“ जुन स्पष्ट रूपमा साम्राज्यवादी देशहरूको हस्तक्षेप संग जोडिएको छ ।
दोस्रो विश्वयुद्धपछि अमेरिकी नेतृत्वको साम्राज्यवादले समाजवाद र राष्ट्रिय मुक्तिलाई दमन गर्न सैन्य ’कु’ लाई सहजीकरण गर्यो जसले इरान, ब्राजिल, चिली र टर्कीमा ग्लाडियो जस्ता संरचनाहरू प्रयोग गरी शक्ति केन्द्रीकृत गर्यो र क्रान्तिकारी शक्तिहरूलाई क्रूरतापूर्वक दमन गर्यो ।
सन् १९९० पछि सोभियत गुटको पतन भए भयो र सैन्य ’कू’ कम भयो र चुनावी राजनीतिभित्र फासीवाद देखा पर्यो । नवउदारवादी संकट, वित्तीयकरण र सामाजिक असुरक्षाले गर्दा ध्रुवीकरण र आप्रवासी–विरोधी आन्दोलनहरूलाई बढावा दियो र आजको फासीवादले दमनलाई जायज ठहराउन पितृसत्ता र धार्मिक लफ्फाजी सित मिलेर काम गर्यो । आजका फासीवादी नेताहरूले सत्ता सुदृढ बनाउन ओअस्थिरता, राष्ट्रवाद र डरको फाइदा उठाउंछन् । धर्मले फासीवादका लागि प्रतिक्रियावादी वैचारिक आधार भूमि प्रदान गर्दछ– जस्तै एर्दोगानको इस्लामवाद, मोदीको हिन्दुत्व राष्ट्रवाद र यहुदीवादी इजरायलका बाइबलीय वृतान्तहरू– जस्ले उपनिवेशवाद र नरसंहारलाई मनासिव ठान्दछ । आईएसआईएस, तालिबान, अल–कायदा र बोको हराम जस्ता फासीवादी राजनीतिक–इस्लामी संगठनहरूका अन्य उदाहरणहरूले कसरी पूर्वमा धर्मले फासीवाद संग अंगालो हालेको छ भन्ने देखाउंछन् जसले साम्राज्यवादप्रतिको जनआक्रोशलाई साम्प्रदायिक घृणामा परिणत गर्ने गर्दछ ।
निजी सम्पत्तिमा जरा गाडिएको सामाजिक प्रणालीको रूपमा पितृसत्ताले पुंजीवाद संग एक अन्तर्विरोधी एकतामा मिसिएको छ जसले धेरै तरिकाले महिलाहरूलाई सामाजिकीकरण गरेको छ । तथापि फासीवादले पितृसत्तालाई बलियो बनाउंछ, पुरुषहरूलाई श्रेष्ठ ठान्ने प्रतिक्रियावादी पारिवारिक संरचनालाई बढावा दिन्छ र महिलाहरूले प्राप्त गरेका स्वतन्त्रताहरूलाई कमजोर बनाउंछ जसले गर्दा पुरुष हिंसा बढ्छ र गर्भपतनको अधिकार तथा महिला मुक्ति आन्दोलनका अन्य जीत जस्ता उपलब्धिहरूलाई पछाडि धकेल्छ भने यसले एलबीजीटीआई मानिसहरूलाई शत्रुको रूपमा चित्रण गर्दछ ।
फासीवाद र उपनिवेशवादः टर्की गणतन्त्रका विशेषताहरू
उत्तरी कुर्दिस्तानलाई अधीनमा राखेको बहुराष्ट्रिय वित्तीय–आर्थिक उपनिवेश तुर्कीमा एक पुंजीवादी कुलीनतन्त्रको प्रभुत्व रहेको छ, जहां श्रम–पुंजीको अन्तर्विरोध निर्णायक रहेको छ, साना वस्तु–उत्पादन गर्ने अर्थतन्त्र ध्वस्त हुंदैछ, ग्रामीण क्षेत्रहरूको अधोपतन हुंदैछ र लैङ्गिक समानताका लागि न्यूनतम राजनीतिक, कानुनी, आर्थिक र सामाजिक अवस्थाहरू स्थापित भएका छैनन् । यस्ले एक वित्तीय–आर्थिक औपनिवेशिक राज्यको रूपमा कार्य गर्दछ “जहां समाजहरू स्थायी संकटमा हुन्छन्, राज्य फासीवादी बन्दछ र दमनकारी सन्यन्त्रहरूले क्रान्तिकारी प्रतिरोधलाई दमन गर्छन् ।“
सन् १९२३ मा गणतन्त्रको स्थापना भएपछि टर्की छोटो समयको बुर्जुवा लोकतन्त्रत्रबाट एक प्रमुखको अधीनस्थ केन्द्रीकृत तानाशाहीमा रूपान्तरण भयो। मुस्तफा केमाल (आतातुर्क) र टर्की गणतन्त्रले कुर्दहरुको अस्तित्वलाई अस्वीकार गरे र कुर्दहरु र धार्मिक समूहहरूको सम्मिलनलाई बलपूर्वक लागू गरे। सन् १९२६ देखि कुर्द क्षेत्रहरूले गरेका प्रतिरोधका विरुद्ध सैन्य कब्जाको सामना गरे। राष्ट्रवादी र सैन्यवादी विचारधाराले टर्कीको उपनिवेशवादलाई लागू गर्यो । दोस्रो विश्वयुद्धको दौरानमा टर्कीले फासीवादी र फासीवाद–विरोधी गुटहरूबीच आफ्नो मार्ग तय गर्यो र अन्ततः अमेरिका र नाटो संग गठबन्धन गर्यो । पछिका सरकारहरूले उत्पीडित जनता र श्रमिकहरूको अस्तित्वको अधिकारलाई अस्वीकार गर्दै साम्राज्यवाद–समर्थक नीतिहरू अनुसरण गरे । सन् १९५० को दशकमा बहुदलीय राजनीतिको उदाय भयो तर कुर्दहरु, अलेवीहरु र श्रमिकहरू दमनमा नै रहिरहे।
सन् १९६० मा अमेरिका र नाटो–समर्थित गुटहरूको नेतृत्वमा भएको सैन्य ’कु’ ले राष्ट्रिय सुरक्षा परिषद्को प्रभाव बढायो । सन् १९६२ देखि प्रतिरोध बढ्यो जसमा श्रमिकहरु, विद्यार्थीहरु र किसानहरू परिचालित भए र सन् १९६५ को तुर्की इश्ची पार्टी को निर्वाचन र १९७० को श्रमिक विद्रोहको उत्कर्षमा पुग्यो । सन् १९७१ को सैन्य ’कु’ ले सैन्य क्षेत्रहरूलाई पजनी गर्यो र क्रान्तिकारीहरूलाई दमन गर्यो तर सन् १९७४ सम्ममा क्रान्तिकारी आन्दोलन पुनः उठ्यो। सन् १९८४ देखि पीकेकेले गुरिल्ला युद्ध सुरु गर्यो जुन सन् १९९० को दशकका राष्ट्रिय विद्रोहहरू संग मिसियो र सन् १९८९–१९९१ मा विरोध प्रदर्शनहरू उच्चस्तरमा पुगे ।
सन् १९८० को कूले क्रान्तिकारी र राष्ट्रिय मुक्ति आन्दोलनहरूलाई लक्षित गर्दै एक क्रूर सैन्य फासीवादी शासन स्थापना गर्यो । टर्की गणतन्त्रका विगत दशकहरूमा, राज्य–जोडिएको नागरिक फासीवादी आन्दोलनहरूले फासीवादी शासनमा निर्णायक भूमिका खेले । सन् १९८० को दशकभन्दा पहिले तिनीहरूको विशेषता कम्युनिस्ट विरोधी चरित्र थियो भने सन् १९८० को दशकपछि राष्ट्रिय मुक्ति संघर्षहरुको विकास भए संगै तिनीहरूको ध्यान “पृथकतावाद“ विरुद्ध लड्नमा केन्द्रित भयो ।
सन् १९९० को दशकको मध्यसम्ममा राजनीतिक इस्लामले रेफाह पार्टी मार्फत समर्थन प्राप्त गर्यो जसले धर्मनिरपेक्ष सैन्य नियन्त्रणलाई चुनौती दियो । सन् १९९७ को एमजीके घोषणाले अब्दुल्लाह ओकलाना, पीकेके र कुर्द, अलेवी र श्रमिकहरूका जायज मागहरूलाई लक्षित गर्यो । रेफाह पार्टी विखण्डित भयो जसले गर्दा एर्दोगान, गुल, अरिन्च र सेनरलाई लोकतान्त्रिकरण, युरोपेली संघमा संलग्नता र पुंजीवादी गठबन्धनमा जोड दिँदै एकेपी पार्टी गठन गर्न अग्रसर तुल्यायो ।
सन् २००२ को चुनाव जित्नका लागि एकेपीले फासीवादी औपनिवेशिक तानाशाहीको संकट, घट्दो सैन्य समर्थन र आर्थिक असन्तुष्टिलाई उपयोग गर्यो र लोकप्रिय आन्दोलनहरू संगको रणनीतिक संलग्नता मार्फत इस्लामवादी शक्तिको सुदृढीकरण गर्यो । तर सन् २०१३ को गेजी–जुन विद्रोह सन् २०१४ को कोबानी विद्रोह, रोजावा क्रान्ति र सन् २०१५ को एचडीपीको चुनावी विजय जस्ता कुराहरुले फासीवाद–विरोधी शक्तिहरूलाई बलियो बनायो जसले गर्दा एर्दोगानलाई फासीवादी शासनको रूपान्तरणलाई तिब्र बनाउन दबाब दियो । सन् २०१५ मा सुरुचमा समाजवादी र फासीवाद–विरोधीहरूमाथि एमआईटी–आईएसआईएस द्वारा गरिएको नरसंहारले दरबारको कूलाई इंगित गर्यो । सन् २०१६ मा पूर्व साझेदारहरूद्वारा भएको कू प्रयासले अमेरिका समर्थित गुलेन संजाललाई पराजित गर्दै एर्दोगानको शक्तिलाई सुदृढ तुल्यायो ।
यो जुलाई १५ को सैन्य ’कु’ कमान्डको श्रृंखलाभन्दा बाहिरको एक समूहद्वारा नेतृत्व गरिएको फासीवादी र इस्लामवादी थियो । दरबारको समूहले असफल ’कु’ लाई एमजीके सैन्य पदानुक्रमलाई पुनर्संरचना गर्न, प्रहरी, गुप्तचर, न्यायपालिका र नागरिक संस्थाहरूलाई केन्द्रीकृत गर्न, संसदीय कार्यहरूलाई सीमित गर्न, सेनापतिहरूको पार्टीलाई नागरिक नेतृत्वको इस्लामवादी फासीवादी शासनले प्रतिस्थापन गर्न, केमालवादी विचारधारालाई हटाउन र फासीवादी इस्लामवादी विचारधारालाई विजयी घोषणा गर्न प्रयोग गर्यो । सन् २०१७ को जनमतसंग्रह र सन् २०१८ को चुनावमार्फत एर्दोगानले आफ्नो तानाशाहीलाई औपचारिकता दिए र राष्ट्रपति प्रणालीलाई एक फासीवादी मुखियातन्त्रको रूपमा स्थापना गरे। यो शासनले राज्यलाई आतंक, उपनिवेशवादी युद्ध र क्षेत्रीय विस्तारको केन्द्रको रूपमा पुनर्गठन गर्यो जसले गर्दा राजनीतिक स्वतन्त्रता, कुर्दहरुको मुक्ति, महिलहरुको स्वतन्त्रता र श्रमिकहरुको मर्यादालाई निशाना बनायो । सीएचपी को नेतृत्वमा रहेको बुर्जुवा विपक्षीलाई समेत सीएचपीका राष्ट्रपतीय उम्मेदवारको गिरफ्तारी जस्ता प्रमुख फासीवादी हस्तक्षेपहरूको निशानामा पारिएको छ । कुर्दिस्तानमा चुनाव स्थगित गरियो, जनप्रिनिधिहरुलाई बर्खास्त गरियो र संचालकहरु नियुक्त गरियो भने क्रान्तिकारी पार्टीहरूलाई निशाना बनाइयो र बुर्जुवा विपक्षीलाई तर्साइयो, पीकेको संगको वार्ता जारी रहे तापनि कुनै महत्वपूर्ण कदमहरू चालिएनन् । फासीवादी प्रमुख एर्दोगानले फासीवादी शासनलाई एक क्षेत्रीय प्रति–क्रान्तिकारी केन्द्रको रूपमा सुदृढ पारे ।
आजका फासीवाद–विरोधी कार्यहरू
पुंजीवादको अस्तित्वगत संकट अन्तर्गत उत्पीडितहरू चरमपन्थतर्फ उन्मुख भएका छन् । फासीवाद–फासीवाद–विरोधी ध्रुवीकरण तीव्र हुनेछ । फासीवाद–विरोधी शक्तिहरूले विविध आन्दोलनहरूलाई एकताबद्ध बनाउंछन् र पुंजीवाद–विरोधी विचारलाई बढ्ता अंगाल्ने पुग्छन्। पुंजीवादको संकटले सर्वहारावर्ग र युवाहरूको प्रतिरोधलाई बढाउंछ जसले गर्दा क्रान्तिकारी विचारहरूका लागि मनको ढोका खोल्दछ । यसलाई बुझ्ने क्रान्तिकारी शक्तिहरूले क्रान्तिकारी विचार र संगठनहरूलाई बलियो बनाउन सक्छन् किनभने पुंजीवादको संकटले युद्ध, विद्रोह र क्रान्तिकारी कार्वाहीको सम्भावना बढाउंदछ । बढ्दो लागत र युद्धको विनाशले विद्रोहलाई अगाडि बढाउनेछ जसले गर्दा पुंजीवाद स्वयम्लाई निशाना बनाउनै पर्दछ ।
माक्र्सवादी–लेनिनवादी, माक्र्सवादी–लेनिनवादी–माओवादी र कम्युनिष्ट आन्दोलनहरूका लागि फासीवाद–विरोधी आन्दोलनहरूलाई पुंजीवाद–विरोधी चरित्रले सुदृढ पार्नु एक महत्त्वपूर्ण कार्य हुन जान्छ । त्यसका साथसाथै फासीवादी शासन र उपनिवेशवादी दमन अन्तर्गत उनीहरूको गोप्य संगठन र सशस्त्र संघर्ष अपरिहार्य हुन्छन् । राज्य आतंक, विशेष युद्ध र कानुनी प्रतिबन्धहरूले गर्दा क्रान्तिकारी आन्दोलनहरूलाई दमन गर्ने भएकाले राजनीतिक संघर्ष स्वतन्त्र रूपमा हुन सक्दैन । अग्रदस्ता र जनसमुदायले दमनका बाबजुद प्रतिरोधलाई दिगो बनाउंदै क्रान्तिकारी रणनीति, “स्वतन्त्र“ संगठन, सशस्त्र संघर्ष र परिचालन मार्फत प्रतिरोध गर्नुपर्छ।
तर अवस्थाहरु तीव्र गतिमा धारिलो बन्दैछन् ।
फासीवादी नियन्त्रणले क्रान्तिकारी आन्दोलनहरूलाई निगरानी गर्न, धम्क्याउन र निष्क्रिय पार्न बढ्दो रूपमा निगरानी र डिजिटल दमनमा भर पर्दै गर्दा र युद्ध रूपान्तरण भएकाले, शक्तिहरूको अनुकूलन आवश्यक पर्दछ । साम्राज्यवादीहरूद्वारा कृत्रिम बुद्धिमत्तालाई विनाशकारी क्षमताको रूपमा प्रयोग गरिँदैछ र विश्वभरका क्रान्तिकारी तथा प्रतिरोधी शक्तिहरू विरुद्ध विश्वका पुंजीपतिवर्ग संगको समन्वयमा तैनाथ गरिँदैछ ।
क्रान्तिकारीहरूले संघर्षका यी अवस्थाहरू अनुरूपका विधिहरू, रुपहरु विकास गर्नु पर्दछ जसले फासीवाद र प्रतिक्रान्ति विरुद्धको स्वतन्त्रता सङ्घर्षको ऐतिहासिक अनुभवलाई रचनात्मक रूपमा संग्रहित गर्नेछ ।
साम्राज्यवादी युद्धहरूको खतरा र फासीवादको उदयको सामना गर्दा अन्तर्राष्ट्रिय एक्यवद्धता, समन्वय, अनुभव र क्षमताहरूको आदानप्रदान, सम्बन्धहरूको सुदृढीकरण, सीमापार क्रान्तिकारी भातृत्व र क्रान्तिकारी अन्तर्राष्ट्रियवाद अझ बढी अत्यावश्यक बन्दछन् ।
२१ औं शताब्दीमा नव उपनिवेशहरुमा फासीवाद र साम्राज्यवाद
Comments

