काठमाडौं । भोलि जुलाई ९ तारिखमा इरानका तत्कालीन सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईको े अन्तिम दाहसंस्कार सम्पन्न हुँदैछ । अन्तिम दाहसंस्कारमा लाखौं जनता र १०० भन्दा बढी देशका कुटनीतिज्ञहरु सहभागी हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरानस्थित एउटा भूमिगत क्षेत्रमा सिधा आक्रमण गरी खामेनेईको हत्या गरेका थिए । उक्त घटना भएको चार महिनाभन्दा बढी भइसकेको छ । तर, हालसम्म न खामेनेईको शवयात्रा निकालिएको छ, न त उनको दाहसंस्कार नै ।
इरानी प्रशासनले हालै उनको अन्तिम यात्राका लागि जुलाई ४ देखि ९ सम्मको कार्यतालिका तय गरेको छ । खामेनेईको अन्तिम संस्कार गर्न ढिलाइ हुनुको मुख्य कारण अमेरिका–इजरायलसँगको युद्ध, सुरक्षा चिन्ता, कूटनीतिक रणनीति र धार्मिक महत्त्वलाई मानिएको छ । यो ढिलाइ प्रत्यक्ष रूपमा युद्ध, युद्धविराम र त्यसपछिको वार्ता प्रक्रियासँग जोडिएको थियो । इरानी प्रशासनले यति ठूलो सार्वजनिक कार्यक्रमलाई शत्रुहरूका लागि आक्रमण गर्ने अवसरका रूपमा हेरिरहेको थियो । त्यसैले तनाव कम नभएसम्म प्रमुख व्यक्तिहरू र लाखौँ मानिसको भीड एकै ठाउँमा जम्मा गर्ने जोखिम इरानले लिन चाहेन ।
विज्ञहरूका अनुसार, यो ढिलाइ सुरक्षाका कारण मात्र नभई इरानले आफूलाई ‘विजयी’ अवस्थाबाट सन्देश दिन चाहेकाले पनि भएको हो । अमेरिकासँग शान्ति सम्झौताका नजिक पुगेपछि इरान खामेनेईलाई एक पीडितका रूपमा होइन, बरु विजेताका रूपमा हेर्न चाहन्छ ।
जानकारहरूका अनुसार, इरान सन् १९८९ मा अयातुल्लाह खामेनेई र २०२० मा अमेरिकी आक्रमणमा मारिएका जनरल कासिम सुलेमानीको अन्तिम संस्कारका क्रममा भएको भागदौड दोहोरिन नदिने प्रयासमा छ । इरानका विभिन्न सहरमा लाखौँ शोकाकुल मानिसको भीडलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न अभूतपूर्व बन्दोबस्ती र सुरक्षा तयारी आवश्यक पर्ने भएकाले विशेष संयन्त्र गठन गरिएको छ ।
पूर्वसर्वोच्च नेता खामेनेईको अन्तिम यात्रा जुलाई ४ मा मा इरानको राजधानी तेहरानबाट सुरु भइसकेको छ । । यसको सुरुआत तेहरानस्थित इमाम खुमैनी मुसल्लामा आयोजना हुने बिदाइ समारोहबाट भयो । अधिकारीहरूले यो अन्तिम यात्रा इस्लामिक गणतन्त्र इरानको इतिहासकै सबैभन्दा ठूलो सार्वजनिक सभामध्ये एक बताएका छन् ।

