नारायण प्रसाद भण्डारी
भरखरै नेपालको राजधानी कै मुटुमा एउटा गम्भीर आत्मदाहको दःुखद घटना घटेको छ । उनी कर्णाली प्रदेश मुगुबाट आफना बाल बच्चा आफनो परिवारको सपना बोकेर आफनो जन्म स्थल सगं साथी दाजु भाइ जनम जननी आमा जीवन भर सन्तानका लागि पसिना बगाएर भविष्य निर्माण गरिदिने बुबा लगायतका सबैको खुसीलाई बाध्यात्मक अवस्थामा थन्काएर गरिबीको गर्जो टार्न काठमाण्डौ छिरेका थिए । उनले जीवन निर्वाह गर्ने विकल्प एउटा मोटर साइकल लाई आत्मीय मित्रको रुपमा लिएका थिए ।उक्त मोटर साइकलको नाम पठाउको नामकंन गरेर बाटोका एक छेउमा आफनै मित्रको सहारामा यात्रुहरुको फोन र यात्राको माग गर्ने सवारहरुको पर्खाइमा कहिले घण्टौ कुर्नु पर्दथ्यो भने कहिले केही बाक्लो हुने गरी सेवा दिने मौका पाउँथे ।उनी उनका परिवार माता पिताका सपना सगं कहिलेको कठाग्रंीने जाडो कहिले हावा हुरी कहिले वर्षा झरी ओठ मुख तालु सुक्ने गरिको गर्मी संग पौठेज्वरी खेल्न बाध्य थिए । यी त प्रकृति सँगका निरन्तर हुने संघर्ष हुन तर यसरी सानो पेशा गरेर जीवन निर्वाह गर्ने माथि अमानविय दानवी राक्षषी तामसी हरुको कृत्रिम शास्ती सँगबार बार छल्नु पर्ने बच्नु पर्ने यो यिनी गणेश नेपालीको मात्र समस्या होइन ।नेपालका आम नागरिकको आत्मवृतान्त हो । कहिले काही समाचार नसुनौं भन्ने प्रकारका पीडादायी आत्म ग्लानी हुने किसिमका सुन्न बाध्य भइन्छ । अहिले नेपालमा जेनजी विद्रोह पछाडी कस्ता कस्ता घटना घटे घटनाको श्रृखला यस्ता छन ।
१) पुलिस ट्राफिक गाउँपालिका महानगरपालिका उप महानगरपालिका जस्ता ठाउँमा खटेका खटाइएकाहरु बाट भए गरेका गाडी वाला यात्रु समेतले भोग्न परेका ज्यादतीहरु मध्येको बाटोमा बसेर चेक जाचँका विकृतीहरु त्यहाँ के हुने गर्छ ?कसरी जसरी भए पनि निहु खोज्न सानो कर्मचारी खटाइन्छ । ठुलो भनाउँदो एउटा कुनामा बसेर फोन गर्ने गाडीवाला मालिक ड्राइभर सगंको छलफल नसुने जस्तो गर्ने आफनो सेटीङ वाला नाटकका पात्रले रिर्पोटीङ गर्ने यहाँ यस्तो छ भन्नु पर्ने । साबले साँचो तान या साइड लगा भन्ने आदेश दिने । त्यतिबेला यात्रुको अवस्था कस्तो बन्ला ?कल्पना गरौं । दर्जर्नौ यात्रु छन । कोही सिरीयस होला ?कसैको टिकट काटिसकेका अन्र्तराष्ट्रिय स्तरको यात्रा होला ?कसैको अफिस समय होला ?जेसुकै होस मर्ने मरोस बाँच्ने बाँचोस उनीहरु लाई दया माया केही हँुदैन । मात्र जरिवाना काटनेको बाहनामा सताउँने दुःख दिने हुन्छ । कानुन कता छ ?अवस्था के छ ?बुझने मानवियताको व्यबहार देखाउँने केही हुदैन ।मात्र उनीहरुको ध्यान पैसा बाहेक अरु केही हुदैन ।यदि कुनै विकल्पमा पैसो झरेन भने गाडी भिर कदेशा बाट घुचटेर झराइदिने सम्मका घटना नभएका होइनन ।अर्को यात्रुहरु माथिको ज्यादती गाडीमा ड्राइभर एउटा खलासी एउटा पैसा उठाउँने यो पैसा उठाउँने काममा प्राय गजेडी जडँयाहा स्कूल पढदा पढदै भागेका सडक छापमा जन्मेका यस्ता संग नत मानवियता हुन्छ । नत अनुशासन हुन्छ । नत मानवीय स्वभाब हुन्छ ।नत उस्ले समाज देखेको छ ।नत उसको बिगतको पृष्ठभूमि आगामी भविष्यको जीवनका यात्रा कुनै कसैको डर कर त्रास माया ममता सबै गुमाएका मात्र पैसा जसरी पनि थर्काएर घुर्की देखाएर यात्रु लाई तनाव दिएर झार्ने झारे बापत उसलाई तोकिएको कमिसन लिने फेरी नसामा कतै हराउँने नसा ले छोडयो पूनह उहि गतिमा यात्रुको अपमान पीडा अश्लिल व्यबहार अवैधानिक भाडा नभए यात्रु बीचमै ओरालेर यातना दिने यस्तो अवस्था यात्रुले भोग्न परेको छ । भने पुलिस ट्राफिक र अवैधानिक गाडि मालिक बिच एक प्रकारको सेटिगं हुन्छ ।त्यस्ता यात्रु बाहक महिना वारी हुन्छन ।बाटोमा चेक जाँचको सूचना १,२ किलोमिटर टाढै जानकारी हुन्छ ।गाडिको रुढ बदलिन्छ ।यो कुरा चेक जाचँ गर्ने लाई सबै थाहा हुन्छ तर सेटिगंमै हुन्छ । जस्ले पैसा दिदैन उसमाथि ऐन कानुन सास्ती पीडा अपमान जे मान्छे माथि नहुनु पर्ने हो त्यहि त्यहि हुन्छ ।यो नेपाली जनताले भोगेका तितो र सत्य अनुभब हो ।
२) डोकामा बोकेका चिजहरु बेच्नेहरु माथिको ज्यादती कहिले सामान घोप्टाइदिने कहिले जफत गरेर सेटिङमा आफनो मालीक खुशी पार्न अफिसमै पुराउने ।कहिले सामानहरु भिर कदेसा बाट र्हुराइदिने एउटा मानवले अर्को आफु जस्तै गरिब दुःखी असाह्य निसाय माथि गरिने दुव्र्यवहार एउटा २,४सयको तल माथिको एउटै रगंका थाङना लगाउँदैमा जे मन लाग्यो त्यहि गर्ने उस्तै मौका परे त्यस्तै राक्षसी मति भएकाहरु जागीरमा हाकिमको अति पृय एवं बढुवामा पर्ने दर्जनौ उदाहरण सर्व साधारण संग नभएका होइनन ?यस्तै हुक्केर होला ?एक जना गरिवले आफु अन्यायमा परे पछि पन्चायतमा न्यायालयमा न्याय माग्न गयो ।बर्षौ भयो न्याय पाउँन सकेन र चौतारीमा टाउँकोमा हात राखी भन्यो के गर्ने ? गरिबको जुनी हैन रहे छ उठेर बोलम हावाले उडाउँन्छ ।बसी र बोलम कसैले सुन्दैन बाँच्नु भन्दा मर्नु बेश भन्दै बिलाना गरेका घटना दर्जनौ सुनीदै आइयो ।यो भन्दा झनै पिडा त अदालतमा हुन्छ ।नत न्याय नत छिटो छरितो नत गरिबको कुरा सुनुवाइ मात्र कागजी घोडा चढनेहरु पार्टीको सिफरीसमा आएका झोले महाराजहरु एउटा गरिब माथि मिटर व्याजको प्रकृतिकेहो लाखांै करोडौंको मुद्धा हुन्छ । सोधनी गरेर न्याय अन्याय छुटाउँने कुर्सिमा बस्नेले ऋण दिनेको श्रोत ऋण लिनेको उद्धेश्य के हो ?सोध्दैन मात्र हस्ताक्षर औंठा छाप हेरिन्छ हस्ताक्षर गर्नुका कारण के हुन ?वास्तविक के हो ?छानबिन हुदैन ।दोषी चस्मा न्यायको अधिकारी बन्छ ।नत विरोध गर्न पाइन्छ ।नत वास्तविकता कसैले सुन्छ ।त्यतिबेला मान्छेको विकल्प भएको ज्यान फाल्ने बाहेक अरु केही हुन्छ ?मर्ने हरु किन मरे सुनुवाइ कहि कतै हुन्छ ?भएको रेर्कड छ ?
अहिले नेपालमा निरन्तर भैरहेका गतिविधि कस्ता छन् ? केके छन् ?सर्वप्रथम त सरकारमा पुग्नेहरुले सत्तामा पुगेको महसुस गर्दै दुइ तिहाइको दम्भ देखाए ।
१) शिक्षा क्षेत्रमा
नेपालको शिक्षा बिभेदी हुने खानेहरुको लागि निजी शिक्षा र गरिबको लागि सरकारी शिक्षा भनेको बजेट पार्ने कमिसनमा काम गर्ने बेफजुल्का खर्च देखाउँने घोटाला गर्ने ।पहुचवाला पार्टीको सिफारीसमा विव्यस, प्रअ, शिक्षक, नियुक्ति सरुवा बढुवा हुने ।देखाउँने दाँत र भित्र लुकाएर हर्सुने दाँत दुइवटा हुन्छन् । निजी बोर्डिङ भनेका व्यापारी शैक्षिक माफिया हरुको अखडा हो । सरकारी विद्यालयमा पढाउँने डोनेसन निजीमा गर्ने । सरकारीमा राजनीति गर्ने निजीमा कमाइ खाने भाँडो बनाउँने अति ठूलो खाडलको बिचमा नेपालको शिक्षा चलेको छ ।यो शिक्षाले विदेश पलायन हुने सिकाउँछ । युवा पलायन हुने सिकाउँछ । हाल सम्म रोजगार मूलक व्यवहार मुखी प्राविधिक इलममुखी सीपमुखि शिक्षा भजाइखाने विज्ञापन कागजी बोर्डमा टास्ने मात्र हो ।
स्वास्थ्य क्षेत्रमा
डक्टर हरु सगं समय हुदैन । डक्टर भन्ने प्याकको प्याक हुन्छन । दलाली ब्यापारीहरु औषधीको पसल थापेर बस्छन । बाहिर प्रचारमा ठूलो अस्पतालमा कार्यरत अनुभवी नेलालकै विज्ञ भनेर विज्ञापन टाँस हुन्छ । जब ढडियामा माछो पर्छ । उम्कन सक्ने विकल्प हुँदैन कति दिन नर्मलमा कति दिन आस्युमा भित्र बाट औेषधीको पर्चा आको आइ औषधी बोक्ने ले बोकेको बोकै कहाँ जान्छ ?केमा जान्छ ?कता जान्छ ?बिरामी र औषधी गर्नेको हालत हुन्छ ।त्यसपछि विकल्प नभए अस्पतालको विल तिर्न नसके के हुन्छ ?रोजाइमा आत्म दाहा आत्म हत्या । मरि सके पछि छानविन समिति सबै स्वाहा अवस्था यहि हो ।
अन्तिममा भन्नु पर्दा गणेश नेपालीको आत्मदाहको घटना यो त पात्र मात्र हो । आम नेपालीको अवस्था आत्म हत्या, आत्मदाहको बाटो रोज्न बाध्य पार्ने को हो ? नेपालको कानुन नेपालको कुशासन महगीं, भ्रष्टाचार, अयोग्यको भ्रष्टाचारी विवेकहिनहरुको हातमा देश । चारैतिरको बेरोजगारी अन्याय अत्याचारले सिमा नाघ्यो ।कानुन अन्धो बन्यो ।भ्रष्टाचारको खेती मौलायो । मान्छेमा मानवता हरायो । हत्या हिम्साले समाज आक्रान्त बनायो ।अपराधीहरुको राज भयो ।कानुन पैसामा बदलियो । मान्छेको जीवन बाटोमा हिडने कुकुर सरी भयो । चारैतिर बेरोजगार बाहेक केही भएन । मान्छेको तस्करी अवैध बेच बिखन हुदै गयो ।त्यसपछि अन्याय अत्याचारले थिलोथिलो परेकाहरुको रोजाइ के हुन्छ ?आफनो जीवन फाल्ने बाहेक अन्य विकल्प भेटिन्न ।जीवन फालेको पनि अर्थ छैन ।यस्तै यस्तैमा गुज्रीएको छ देश यस्तै कथा ब्यथाका बीच गण्ेश नेपाली नेपालको राजधानीको मुटुमै अस्ताउँन बाध्य भए । श्रद्धान्जली गणेश नेपाली प्रति परिवार जनमा धैर्यधारणको अपेक्षा गर्दै अपराधीलाई कारवाहीको माग गर्दै फेरी यस्तो दुःखद पीडा दर्दनाकका पीडा कसैलाइ भोग्न नपरोस भन्दै धन्यवाद ।
राजधानीकै मुटुमा अस्ताए गणेश नेपाली
Comments

