एकदेव आले स्मृति प्रतिष्ठानद्वारा ४८ औँ पुष्पलाल स्मृति दिवस मनाइयो

दमौली । एकदेव आले स्मृति प्रतिष्ठानद्वारा ४८ औँ पुष्पलाल स्मृति दिवस मनाइएको छ। “कमरेड पुष्पलाल र नेपालको वाम आन्दोलन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्दै प्रतिष्ठानले पुष्पलाल स्मृति दिवस मनाएको हो। दमौलीबाट पुष्पलाल श्रेष्ठले बताएअनुसार उक्त कार्यक्रममा दुई खालका विचारहरू आएका थिए। एक,संसदीय व्यवस्था हुँदै समाजवादमा जानुपर्छ भन्ने र अर्को तर्फ वर्ग संघर्षबाट नै नयाँ जनवादमा जानुपर्छ भन्ने । श्रेष्ठले बताए अनुसार नेपाली कम्युनिस्ट पार्टी अर्थात पूर्व माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले पनि नयाँ जनवादको कार्यक्रम अझै पूरा नभएको विचार प्रकट गरेका थिए। नयाँ जनवादबाट मात्रै जनताको समस्या समाधान हुने कुरा जीवनभरी नै पुष्पलालको अडान थियो ।

अन्तरक्रिया कार्यक्रमको सञ्चालन नेत्ररानाभाट (महसचिब, एकदेव आले स्मृति प्रतिष्ठान) र अध्यक्षता मनुमाया श्रेष्ठ( अध्यक्ष,एकदेव आले स्मृति प्रतिष्ठान) ले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य माधव अधिकारी (उपाध्यक्ष,एकदेव आले स्मृति प्रतिष्ठान) ले राख्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि हरि बहादुर चुमान संरक्षक,एकदेव आले स्मृति प्रतिष्ठान तथा नेकपाका के.स. एबम् गण्डकी प्रदेश साँसद) , हुनुहुन्थ्यो । अतिथिहरु एकबहादुर राना (एमाले पूर्ब के.स), राजेन्द्रकेशरी न्यौपानें (पूर्ब संयोजक,एकदेव आले स्मृति प्रतिष्ठान), प्रतापलाल श्रेष्ठ (संरक्षक,एकदेव आले स्मृति प्रतिष्ठान), पुष्पलाल श्रेष्ठ (नेकपा (मशाल), लक्ष्मण अधिकारी (नेमकिपा तनहूं, संयोजक), कृष्ण वाग्ले रुपेश, श्रीप्रसाद श्रेष्ठ (म्याग्दे गा.पा. अध्यक्ष), अतिन्द्र न्यौपाने (सल्लाहका,रएकदेव आले स्मृति प्रतिष्ठान) र श्रीराम कार्की( पूर्ब अध्यक्ष,एकदेव आले स्मृति प्रतिष्ठान) हुनुहुन्थ्यो । । सहभागी सबैलाई धन्यवाद ज्ञापन शिव सदाशंकर (सचिव,एकदेव आले स्मृति प्रतिष्ठान) ले व्यक्त गर्नु भएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित