हस्तबहादुर के.सी.
माक्र्सवाद भनेको के हो ? यसको विकास प्रक्रिया के–कस्ता चरणहरू पार गर्दै अगाडि बढिहरहेको छ । माक्र्सवादको ऐतिहासिक कार्यभार के हो ? आजको युगमा माक्र्सवादको आवश्यकता कति बढिरहेको छ ? यसको विकास, प्रयोग र रक्षा कसरी गर्न सकिन्छ ? भन्ने विषयमा यस दार्शनिक आलेखमा प्रकाश पार्ने प्रयत्न गएिको छ ।
सन् १८४७ नोभेम्बरमा लन्डनमा कम्युनिस्ट लिगको दोस्रो कंग्रेसको आयोजना गरिएको थियो । उक्त कंग्रेसमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स सहभागी हुनुभएको थियो । कम्युनिस्ट लिगको उक्त दोस्रो कंग्रेसले माक्र्स र एङ्गेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मा दिएको थियो । माक्र्स र एङ्गेल्सले एक वर्ष लगाएर कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्नुभयो र सन् १८४८ फेब्रुअरी १२ का दिन विश्वविख्यात कम्युनिस्ट घोषणापत्र जारी गर्नुभयो जो समग्रमा माक्र्सवादका रुपमा प्रतिपादित हुन पुग्यो र माक्र्सवाद विश्व सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र बन्न पुग्यो ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । अर्थात यसका दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद गरी तीन सङ्घटक अङ्ग रहेका छन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।” त्यस्तै प्रकृति, समाज, राज्य व्यवस्था आदिबारे कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले महान्् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पुँजीपति वर्गको राज्य व्यवस्थालाई ध्वस्त पारी त्यस ठाउँमा सर्वहारा श्रमजीविवर्गको राज्य व्यवस्था स्थापना गर्ने सही तथा क्रान्तिकारी बाटो देखाउँछ । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो ।
माक्र्सवादी चरण
माक्र्सवादको अहिले माक्र्सवाद–लेनिनवाद–माओवादमा गरी तीन गुणात्मक चरणमा विकसित भइसकेको छ । माक्र्सवादको बारेमा माथि नै बताइएको छ । लेनिनको भनाइ अनुसार माक्र्सवाद भनेको माक्र्सका विचार उनका शिक्षाको व्यवस्थित शृङ्खला हो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादका तीन सङ्घटक तत्वहरूको संश्लेषणबाट भएको छ । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्छ । यसले चेतनालाई वस्तुजगत्को आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । माक्र्सवादी दर्शनको पद्धति द्वन्द्वात्मक हो । माक्र्सको राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद वर्गसङ्घर्ष, इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताद्वारा निर्मित भएको हो ।
लेनिनवादी चरण
माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बिचबाट लेनिनवादको जन्म भएको हो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई अगाडि बढाउनुपर्ने आवश्यकताको परिपूर्ति लेनिनवादबाट भयो ।” लेनिनले सुरूमा सन् १९१७ मा महान्् अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गरेर माक्र्सवादको सफल प्रयोग गर्नुभयो । यसैक्रममा लेनिनले सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभयो । लेनिनवादका बारेमा स्टालिन भन्नुहुन्छ– ‘लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । अझ खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति विशेषतः सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त र कार्यनीति हो ।
लेनिनवादका शिक्षाका बारेमा माओले भन्नुहुन्छ– “लेनिनवादको सिद्धान्तले माक्र्सवादको विकास गरेको छ । यो कुन कुराको सन्दर्भमा भएको छ भने प्रथमतः विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा द्वन्द्वात्मक क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सर्वहारावर्गको राजनीतिक पार्टीका प्रश्नहरूमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरू रहेका छन् । अन्ततः माक्र्सवादी–लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने वर्गदुश्मन तथा संशोधनवादका विरूद्ध वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्षका समस्याहरूको समाधान गर्दै समाजवादको स्थापना तथा निर्माण गर्नेक्रममा लेनिनको भूमिका अद्वितीय रहेको छ ।”
माओवादी चरण
माक्र्सवाद लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त, अविकसित देशहरूमा क्रान्तिका समस्याहरूको समाधान गरिनुपर्ने, सन् १९५३ मा स्टालिनको मृत्यु पश्चात रूस एवम्् पूर्वी यूरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनस्र्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाइँँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भयो । माओवाद भनेका मुख्यतः महान् सर्वहारा सांस्कृतिक क्रान्ति अथवा सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त हो ।
द्वन्द्वात्मक भौतिकवादको सारतत्वको रुपमा अन्तर्विरोधको नियम, विपरीतहरूको एकताको नियमको उद्घाटन र व्याख्या एकको दुईमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध व्याख्या र प्रयोग ज्ञान–सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रुपान्तरणको दुई छलाङ्को सिद्धान्तको विकास र व्याख्या, आधार र उपरीसंरचना, उत्पादक शक्ति र उत्पादन सम्बन्ध, सिद्धान्त र व्यवहारबीचको द्वन्द्वात्मक सम्बन्धको व्याख्या, विवेचना र परिमार्जन, नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध, नोकरशाही पुँजीवाद, सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त तथा महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्तको प्रतिपादन तथा प्रयोग, वर्ग सङ्घर्षलाई मुख्य कडी मान्ने, दर्शनलाई जनसमुदायमा पु¥याउनुपर्ने कुरामा जोड, विश्वदृष्टिकोण र कार्यदिशा बिचको अन्तर्सम्बन्धको प्रस्तुति, वर्गसङ्घर्ष तथा दुईलाइन सङ्घर्षको समस्याहरूको समाधानका लागि रणनीति तथा तथा कार्यनीतिको विकास र संशोधनवादका विरूद्ध निर्मम सङ्घर्ष आदिमा माओको योगदान अद्वितीय रहेको छ । अतः माक्र्सवाद–लेनिनवाद–माओवाद आज विश्वसर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र र पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आप्mनो पथप्रर्दशक सिद्धान्त स्वीकार नगर्नेहरू सच्चा क्रान्तिकारी कम्युनिस्ट नै बन्न सक्दैनन् । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आप्mनो पार्टीको मार्गदर्शक सिद्धान्त र पथप्रर्दशक सिद्धान्त नबनाउने पार्टीहरू क्रान्तिकारी पार्टी बन्नै सक्दैनन् ।
माओले दर्शनको फाँटमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । उहाँले ‘व्यवहारबारे’, ‘अन्तविरोधबारे’, ‘जनताको बीचका अन्तविरोधहरूको सही सञ्चालन’ ‘सही विचार कहाँबाट आउछन्’ जस्ता महत्वपूर्ण रचनाहरू रच्नु भई दर्शनलाई नयाँ उचाई प्रदान गर्नु भएको छ । साथै माओले दर्शनको विकास प्रतिक्रियावाद तथा संशोधनवादका विरूद्धको संघर्ष र जनवादी तथा समाजवादी क्रान्तिको सन्दर्भमा आधारित रहेको हुन्छ भन्नु भएको छ ।आदर्शवाद तथा अधिभूतवाद र जडसूत्रवाद तथा अनुभववादको विरोध गर्दै माओले ज्ञान–सिद्धान्तको क्षेत्रमा भौतिकवादी द्वन्द्ववादलाई माथि उठाउन महत्वपूर्ण योगदान पु¥याउनु भएको छ ।
कार्ल माक्र्स (१८१८ – १८८३) र फ्रेडरिक एंगेल्स (१८२० – १८९५) माक्र्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । १९औं शताब्दीको पूर्वाद्र्धमा जब पुँजीवादी समाजमा पुँजीपति र सर्वहारावर्ग बीचमा वर्गसंघर्षको अवस्था, प्रकृति विज्ञानका नयाँ खोजहरू र जर्मनशास्त्रीय दर्शन, इङ्गल्यान्डको राजनीतिक अर्थशास्त्र र फ्रान्सको समाजवाद, माक्र्सवादको जन्मका भौतिक तथा सैद्धान्तिक आधार बन्न पुग्दछन् । खासमा पुँजीवादी दर्शनमा काण्टदेखि लिएर हेगेल एवं फायरबाखसम्म आउँदा दर्शनमा जुन समस्या पैदा भएका थिए, माक्र्स र एंगेल्सले तिनको समाधान वैज्ञानिक ढङ्गले गर्नुभयो । माक्र्सवादी दर्शनको नाम द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो । माक्र्सवाद सर्वहारावर्गको समग्र विचारधारा हो । दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीन तत्व मिलेर माक्र्सवाद बन्दछ । वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व, साम्यवाद माक्र्सवादको इतिहास मीमांसाका मूल विषय हुन् ।
दर्शनशास्त्रको वैज्ञानिक अध्ययनका लागि मौलिक प्रश्नको समस्या सही ढङ्गले हल गर्न, द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु समाजवादको विचारधारालाई केन्द्रविन्दुमा राखी भौतिकवादको सिद्धान्त र द्वन्द्ववादको पद्धति अवलम्बन गरी नयाँ दार्शनिक प्रणालीको निर्माण गर्नु माक्र्सवादी दर्शनका मूलभूत विशेषता हुन् ।
माथि नै विश्लेषण गरिएको छ कि माक्सवाद विश्वसर्वहारा क्रान्तिको विज्ञान हो । यसले माक्र्सवादको विकासको चरण पार गर्दै लेनिनवाद हुँदै माओवादसम्म विचारको विकास गरिसकेको छ । र, आज साम्यवाद र विश्व सर्वहारा क्रान्तिको पथप्रदर्शक मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ । आज माक्र्सवादको प्रतिपादन भएको १७८ पार भइसकेको छ । यस लामो ऐतिहासिक अवधिमा माक्र्सवादको अवसरवाद, अराजकतावाद, संशोधनवाद र सबै खाले प्रतिक्रियावादका विरुद्ध भीषण वैचारिक संघर्ष गर्दै यहाँ आइपुगेको छ । यसबीचमा पेरिस कम्युन, महान् अक्टुबर समाजवादी क्रान्ति, महान् चिनियाँ नयाँ जनवादी क्रान्ति कोरियन तथा भियतनामी क्रान्ति हुँदै क्युबाली क्रान्तिहरू सफलतापूर्वक सम्पन्न भएर विश्व जनसंख्याको आधा संख्या भन्दा बढी जनता माक्र्सवादको झन्डामुनि (कम्युनिस्ट) शासनमुनि गोलबन्द भइसकेका थिए । तर पेरिस कम्युन हुँदै रुस, चीन, कोरिया, भियतनाम लगायत संसारभर सञ्चालन भएका समाजवादी देशहरूमा प्रतिक्रान्ति भएपश्चात् विश्व समाजवादी शिविर आज रक्षात्मक अवस्थामा पुगेको छ । यति भएर पनि आजको साम्राज्यवाद र विश्व सर्वहारा वर्गबीच भीषण वर्गसंघर्ष भइरहेको वर्तमान युगमा माक्र्सवाद (मालेमावाद) को आवश्यकता, औचित्यता र सान्दर्भिकता झनै बढेर गएको छ । किन आज माक्र्सवादलाई विज्ञानका क्षेत्रमा भएको प्रचुर विकासलाई जोडेर माक्र्सवादको विकास, प्रयोग र रक्षा गर्नुपर्ने भएकोले माक्र्सवादको आवश्यकता झनै बढेर गएको छ ।
माक्र्सवाद एक गतिशील विज्ञान भएकोले परिवर्तित समयको गतिशीलतासँग आ–आफ्ना देशको वस्तुगत परिस्थिति र आत्मगत शक्तिका आधारमा लागु गरेर मात्र माक्र्सवादको विकास, रक्षा र प्रयोग गर्न सकिन्छ । किनकि माक्र्सवादको ऐतिहासिक कार्यभार वर्गविहीन, राज्यविहीन, मान्छेले मान्छेमाथि गरिने सबै खाले शोषण र उत्पीडनको अन्त्य गरिएको समानतामूलक नौलो संसारको रुपमा रहेको वैज्ञानिक साम्यवादको निर्णय गर्नु रहेको छ । यसको कार्यकारी ऐतिहासिक दायित्व विश्व सर्वहारावर्गले अनिवार्य रुपमा पूरा गर्नुपर्ने छ । वैज्ञानिक साम्यवादको निर्माण अवश्यम्भावी छ ।
Comments

