बार्तोमेइ कुब्कोव्स्कीले बाल्टिक सागरमा करिब १६० किलोमिटर लगातार पौडी खेलेर नयाँ इतिहास रचे


काठमाडौं । पोल्यान्डका चर्चित लामो दूरीका पौडीबाज बार्तोमेइ कुब्कोव्स्कीले स्वीडेनबाट पोल्यान्डसम्म बाल्टिक सागर करिब १६० किलोमिटर लगातार पौडी खेलेर पार गर्दै नयाँ इतिहास रचेका छन्।उनले यो चुनौती ५५ घण्टामा पूरा गरेका हुन्। यो उनको पाँचौँ प्रयास थियो। यसअघि गरेका चार प्रयास सफल हुन सकेका थिएनन्। यसपटक भने उनले आधिकारिक मान्यताका लागि आवश्यक सबै सर्त पूरा गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन्। यो उपलब्धिलाई आधिकारिक रूपमा मान्यता दिन उनले यात्रा अवधिभर पानीबाट बाहिर ननिस्कने र कुनै पनि अवस्थामा डुंगाको सहयोग नलिने नियम कडाइका साथ पालना गरेका थिए।सफलतापछि कुब्कोव्स्कीले आफ्नो यो साहसिक अभियान क्यान्सर पीडितहरूलाई समर्पित गरेको बताएका छन्। उनी यसअघि २४ घण्टा लगातार पौडी खेलेर विश्व कीर्तिमान कायम गरिसकेका खेलाडीसमेत हुन्। उनको यो अद्भुत उपलब्धिले विश्वभरका साहसिक खेलप्रेमीलाई प्रेरणा दिएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित