‘साहित्य र राजनीति’पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौं । मित्रलाल पज्ञानीद्वारा रचित ‘साहित्य र राजनीति’ पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको चन्द्रागिरी कक्षमा सिर्जना र संवाद कार्यक्रमको १९औं श्रृङखला अन्तर्गत २०८३ असोज १० गते पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख परिचर्चाकार प्रा.डा.नन्दिस अधिकारी हुनुहुन्थ्यो भने परिचर्चाकारहरु समालोचक डा. छायाँदत्त न्यौपाने, अमृता शर्मा र प्राज्ञ लोक बहादुर थापा लगायत रहनु भएको थियो । भुँडी पुराण प्रकाशन गृहका केशव पराजुलीले समीक्षामूलक धारणा राख्नुभएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सिताराम तामाङले पुस्तकमाथि महत्वपूर्ण सुझाव दिनुहुँदै माक्र्सवादी आन्दोलन रुपान्तरणको लागि भएको धारणा राख्नु भयो । कार्यक्रममा परिचर्चाकारहरुले पुस्तक वैचारिक रुपले कुनै खोट देखाउन नसकिने खालको रहेको र पुस्तक पठनीय तथा संग्रहनीय रहेको औंल्याउनु भयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङद्वारा प्रा.डा. जगदशचन्द्र भण्डारीद्वारा रचित ‘तानाशाह कविता लेख्छ’ नामक कविता संग्रहको सार्वजनिकीकरण समेत गर्नुभयो ।
लेखक मित्रलाल पंज्ञानीले परिचर्चा गर्नुको उद्देश्य प्रसंशै प्रसंशाकालागि मात्रै नभएको बताउनु भयो । लेखक पंज्ञानीले पुस्तक रचनाको उद्देश्य व्यक्तिगत विषय नभएर विचार निर्माण तथा रुपान्तरणकोलागि भएको औंल्याउँदै महत्वपूर्ण सुभावहरुलाई आफुले सदैव मनन गर्ने धारणा राख्नु भयो । प्रतिष्ठानका अध्यक्ष हिरामणी दुःखीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इच्छुक सांकृतिक प्रतिष्ठानको सदस्य समेत रहनुभएकी सिर्जना र संवाद कार्यक्रमका संयोजक गौरी देवकोटाले गर्नुभएको थियो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित