गणेश वि.क.
लाहुरेहुन नजाउँ दाई अब
त खेरगयो नेपाली रगत ।
खानालाउँन केही छैन पसिनाको धारा
केको डर यसै भयो हामी सर्वहारा ।
लाहुरेहुन नजाउँ दाई अबत
खेरगयो नेपाली रगत ।
विदेशतिर लाग्यौ हामी धन कमाउने लहरमा
रोजिरोटी केही मिल्दैन हाम्रो नेपाल देशमा ।
लाहुरेहुन नजाउ दाई अबत
खेरगयो नेपाली रगत ।
गरिबको खुन पियो शामन्त र शोषकले
देशको सखाप पारिसक्यो दलाल पुजिपतिले ।
लाहुरेहुन नजाउ दाईअबत
खेरगयो नेपाली रगत ।
देश र जनताको लागि लड्नु पर्योआज
कहिले आउला नेपालमा गरिबको सरकार ?
लाहुउरे हुन नजाउ दाईअबत
खेरगयो नेपाली रगत ।
विदेशको गल्ली गल्ली नेपाली दाजुभाई
एकताको झण्डामुनी जुटाउ सबैलाई ।
लाहुरेहुन नजाउँदाई अबत
खेरगयो नेपाली रगत ।
Comments

