कविता ः हावा बिक्दैन

किसनबहादुर वि.क.
हावा बिक्दैन
हावा बिक्दैन
जमिन बिक्छ,
आकाश बिक्दैन।

तर अब त चन्द्रमामा समेत जग्गा बेच्न थालिएको छ,
भोलि सूर्यको तापसमेत बेच्न थालिने हो कि भन्ने डर लाग्छ।
जताततै स्वार्थ बिकिरहेको छ।
कहीं स्वभिमान पनि बेचिन थाल्ने हो कि भन्ने चिन्ता छ।

आज भ्रष्टाचार र घुसखोरीले हरेक क्षेत्रलाई गाँजेको छ
यही अवस्था रहिरह्यो भने भोलि देशकै अस्तित्व बिक्रीमा राखिने हो कि भन्ने भय छ।
अब संसदसमेत खुलेआम किनबेचको विषय बन्न थालेपछि,
भोलि संसद भवन नै बेचिने हो कि भन्ने डर लाग्छ।
मान्छे मरेपछि पनि उसका आँखा खुलै हुन्छन्,
तर यहाँ त यस्तो अवस्था आउला कि
भोलि लाशलाई ओढाउने कफनसमेत बेचिने हो कि भन्ने चिन्ता हुन्छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित