२२ असोज, काठमाडौं । आज अक्टोबरको दोस्रो हप्ता विहिबार ८ तारिख हो । आज ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदैछ । हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ ।
मानव जीवनमा आँखाको ठूूलो महत्व छ । आँखाले प्रकाश ग्रहण गरी वरिपरिका वस्तुहरू देख्न र पहिचान गर्न मद्दत गर्छ।पढ्न, लेख्न, हिँड्न, सवारी चलाउन, काम गर्न तथा विभिन्न वस्तु प्रयोग गर्न आँखाको आवश्यकता पर्छ । कुनै वस्तु कति टाढा वा नजिक छ भन्ने अनुमान गर्न आँखाले महत्वपूर्ण भूमिका खेल्छ।विभिन्न रंग, आकार, आकृति र वस्तुहरूबीचको भिन्नता पहिचान गर्न आँखाले सहयोग गर्छ। बाटोमा हिँड्दा, सवारी साधन चलाउँदा वा काम गर्दा अगाडि रहेका अवरोध तथा सम्भावित खतराहरू देख्न आँखाले मद्दत गर्छ ।आँखाको हाउभाउबाट खुशी, दुःख, आश्चर्य, डरजस्ता भावनाहरू पनि व्यक्त गर्न सकिन्छ ।आँखाले प्राप्त गरेको दृश्यसम्बन्धी सूचना स्नायु प्रणालीमार्फत मस्तिष्कमा पुग्छ र मस्तिष्कले त्यसको अर्थ लगाउँछ।आँखाले मानिसलाई संसारलाई देख्न, बुझ्न र त्यससँग प्रभावकारी रूपमा अन्तरक्रिया गर्न सक्षम बनाउँछ। त्यसैले आँखाको स्वास्थ्यको संरक्षण गर्नु मानव जीवनका लागि अत्यन्त आवश्यक छ।
यो दिवस सन्२००० बाट मनाउन थालिएको थियो । सुरुमा लाइन्स् क्लबले यसलाई मनाउन पहल गरी सयुक्त राष्ट्रसंघबाट दिवसको घोषणा गराइएको थियो ।

