घोराही । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य लिलाबहादुर पुन (लालध्वज)को दाहसंस्कार घोराहीको संखे पिपलघाटमा गरिएको छ। भाद्र २१ गते दिउँसो पुनको दाहसंस्कार गरिएको हो। दाहसंस्कारस्थलमा एक श्रद्धाञ्जली कार्यक्रम समेत गरिएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य तथा ४ नम्बर ब्युरो इन्चार्ज समिरले लालध्वजपुनको पार्थिव शरीरमाथि झण्डा ओडाएर सम्मान गर्नुभएको थियो। छोटो श्रद्धाञ्जली कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला सेक्रेटरी मोतिराम खड्काले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य समिर र राष्ट्रिय जनमोर्चाका रामबहादुर जीएमले श्रद्धाञ्जली मन्तव्य समेत राख्नुभएको थियो।

