क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा लिलाबहादुर पुन ‘लालध्वज’ प्रति श्रद्धान्जली अर्पण

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले लिलाबहादुर पुन ‘लालध्वज’ प्रति श्रद्धान्जली अर्पण गरेको छ । २०८३ असोज २१ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । शोक वक्तव्यमा भनिएको छ –

“क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य लिलाबहादुर पुन ‘लालध्वज’को आज बिहान ५ बजे भारतको लखनऊबाट उपचार गरेर ल्याउँ‌दा ल्याउदै निधन भएको दुःखद खबरले हाम्रो पार्टीलाई मर्माहत तुल्याएको छ । उहाँ अर्वुद रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको जन्म २०३२ जेठ ९ गते आमा रूपकली पुन र बुवा विर्खबहादुर पुनबाट प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका–२ नुसमा भएको थियो भने हाल उहाँ घोराही उपमहानगरपालिका–१४ सभागृह टोल नजिक रहनुभएको थियो । अब उहाँको परिवारका सदस्यहरुमा आमा रुपकली पुन, जीवनसाथी जीवा पुन, छोरा तेजेन्द्र पुन, छोरी पवित्रा पुन, बुहारी पुनम घर्ती हुनुहुन्छ ।
कमरेड लालध्वजको यो असामयिक निधनबाट हाम्रो पार्टी र नेपाली सर्वहारा वर्ग तथा उत्पीडित जनताले एकजना होनहार क्रान्तिकारी नेता गुमाउन पुगेको छ । हाम्रो पार्टी उहाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै उहाँका परिवारजनहरू र प्रियजनहरूमा गहिरो समवेदना प्रकट गर्दछ । यस‌को साथै उहाँले हिड्‌नु‌भएको नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा संक्रमण गर्ने बाटोमा निरन्तर अघि बढ्‌ने प्रतिबद्धता जाहेर गर्दछ र साम्यवादको शिखरमा पुग्न दृढता व्यक्त गर्दछ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित