कविताः भुन्टी नानी

कृष्णभक्त महर्जन

भुन्टी नानी
अनुहार हेर
भरखरको छ
केही सुनाउने जस्तो
केही देखाउने जस्तो
हसिलो छ
तर्काना वितर्कनामा
बोली फुटदैन
रेशा चल्मलाउने
जुन दृश्य देखाउँदा
लाग्छ खेलमा तरगिंत छ
अनुहारले
केही चाहे जस्तो
केही खोजे जस्तो
केही सुनाउन लागे जस्तो
लाग्छ अनुहारमा केही तरगित छ
देख्नु हुदैन रुन्छ
आँखा उघार्नु पाउदैन आँसु झार्छ
भुइँमा लडिवुडी खेल्छ
किन विचारले नजिकिए
कुन विचारमा नाता गासे
लाग्छ ती भद्रतामा तरगित छ
सबै दृश्यका भावहरु
वर्गिय कर्तव्य पालनाको
सद्भाव स्वतन्त्रता खोज्ने
पराधिन
दासतामा बन्चितले
लाग्छ पालनामा तरगित छ
न त
फरियाको नाता छ
न त
दौराको नाता छ
धैर्यताको वाधमा
नया नया तगारो चिर्नेमा
लाग्छ सघर्षको इतिहासमा तरगित छ
भुन्टी नानी ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित