जनवादी केन्द्रीयताको प्रयोगको प्रश्न

टेकहरी न्यौपाने
एउटा जीवित र गतिशील पार्टीमा बहस, विवाद र मतभेदहरु भइरहने कुरा हुन । जब त्यो मतभेदले सैद्धान्तिक र राजनैतिक रुप लिन्छ, त्यतिबेला त्यो दुई लाइन संघर्षको रुपमा विकास गर्छ । हामी माक्र्सवादी–लेनिनवादीहरु सैद्धान्तिक तथा वैचारिक द्वन्द्वबाट कहिलै भाग्नु हुँदैन ।नत त्यो द्वन्द्वलाई समाप्त पार्न दमनको साहारा लिनु उचित हुन्छ । त्यसको वैज्ञानिक ढंगले व्यवस्थापन गर्न सक्नुपर्छ । तर जब अराजनैतिक प्रकारले दमनको साहारा लिन थालिन्छ, त्यसले शत्रुतापूर्ण स्थिति निम्त्याउन सक्छ । त्यसकारण मतभेद सुरु भएपछि त्यसलाई मैत्रीपूर्ण तरिकाले समाधान गर्नुपर्ने हुन्छ । कम्युनिस्ट पार्टीभित्र मतभेदलाई जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा समाधान गर्ने वैज्ञानिक विधिहरु छन् । तर पार्टी नेतृतव सामन्ती वा अधिनायकवादी चिन्तनबाट ग्रसित भयो भने त्यतिबेला जोर जवरजस्ती तल्ला कमिटी वा सदस्यलाई निर्देशन लाद्न थालिन्छ । त्यसपछि त्यसको परिणाम पार्टी फुटमा गएर टुंगिन्छ । द्वन्द्ववादको नियमले कुनैपनि वस्तु द्वन्द्व रहीतहुन सक्दैन पार्टी फुटे पनि नयाँ बनेका समूहहरुमा पुनः द्वन्द्व सुरु हुन्छ । त्यसको वैज्ञानिक समाधान नहुँदा फेरि पनि पार्टी फुट्छ। यो सिलसिला अन्तहीन सिलसिला बन्दछ। त्यसप्रकारको पार्टीले क्रान्ति र परिवर्तन गर्न सक्दैन । यो सिलसिला निरन्तर जारी रहन्छ ।

पार्टी बनाउने फुट्ने फेरि बनाउने फुट्ने भइनै रहन्छ । त्यसकारण मतभेदलाई समाधान गर्ने तरिका वैज्ञानिक समाधान हुनुपर्दछ। कम्युनिस्ट पार्टी विगतदेखि वर्तमानसम्म दर्जनौं पटक फुटेको छ । कैयौं फुटहरु आवश्यक थिएन भन्ने कुरा वर्तमान नेतृत्वमा रहेका व्यक्तिहरुले पनि स्वीकार गरेकै कुरा हो कैयौं फुटहरु राजनैतिक लाइनका कारणले भन्दा पनि व्यक्तिगत द्वैषका कारणले भएको छ ।मतभेदहरु दुई लाइनका रुपमा देखा परे पनि त्यसलाई हल गर्न सकिन्छ । फुट आवश्यक छैन । तर कम्युनिस्ट पार्टी सामान्य व्यक्तिगत कारणले फुटेको इतिहास पनि जगजाहेर छ । यति हुँदापनि कम्युनिस्ट पार्टीहरुले इतिहासबाट पाठ सिक्ने काम गरेन । फलस्वरुप अहिले पनि पार्टीहरुले टुटफुटको सामना गरिरहेको अवस्था छ । पद प्रतिष्ठा, गुटगत राजनीति व्यक्तिगत लाभ आर्थिक चलखेल कम्युनिस्ट पार्टीमा निषेद छ । तर त्यस्ता निषेद गरेका अनुशासन भित्र नपर्ने पार्टीको सिद्धान्त भित्र नपर्ने काम कार्यहरु जब कम्युनिस्ट पार्टीले गर्न थाल्छ । त्यसबाट झनै कम्युनिष्ट पार्टीमा गुटबन्दी, अराजकता, लोभ लालचले घर बनाउन थाल्छ । जब एकचोटी यस्ता कार्यहरुमा पार्टी जोडिन पुग्छ । अनि झनपछि झन यिनी चिजहरु व्यक्तिगत इच्छाशक्तिमा दरिलो किसिमले जरा गाड्दै जान पुग्छ । त्यसबाट मुक्त हुन निकै गाह्रो हुन्छ । अनि त्यस्ता प्रवृत्तिले पार्टीलाई निकै घाटा पुराएको हुन्छ । पार्टी फुटको संघारबाट कहिलै पनि जोगिन सक्दैन ।

कैयौं वर्षदेखि दुःख, कष्ट, यातनाहरुको सामना गरेर पार्टीमा काम गरिरहेको नेता कार्यकर्ता कहाँ गएर फसिन्छ भने आर्थिकमा गएर फसिन्छ, आर्थिक स्यानो होस् वा ठूलो होस् त्यो आर्थिकले उसले जीवनभर गरेको त्याग तपस्या बलिदानीका पाटाहरु केही छिनमा नै समाप्त भएर जान्छन् । नेता, कार्यकर्ताप्रतिको विश्वास रहँदैन उसलाई कसैले पत्याउँदैनन् । नेताहरुबाट कार्यकर्ताले राखेको अपेक्षा हटेर जान्छ । जव नेताहरुबाट भरोसा हट्छ । त्यसले कार्यकर्तामा निरासा उत्पन्न गराउँछ । त्यो निरासाले यति नोक्सान गरेको हुन्छ कि नेताले अहिलेसम्म गरेको योगदान छिनमै सकिएर जान्छ । नेताप्रतिको कार्यकर्ताले गरेको विश्वास र हेराईको दृष्टिकोणमा बदलाभ आउँछ त्यसले नेतालाई मात्र हैन कार्यकर्तालाई पनि सकाउँछु । त्यस्ले पार्टीलाई ठूलो क्षति पुराउँछ । नेताको विरुद्धमा कार्यकर्ताहरु कानेखुशी र व्यगवाइटिङ गर्दै हिंड्न थाल्छन् । त्यसले नेताको छविलाई धुमिल बनाउँछ तव नेता र कार्यकर्तामा खाडल पर्छन् । तब पार्टीमा विश्वासको वातावरण बन्न सक्दैन नेताले एकजना कार्यकर्ताको कुरा न हो । त्यसले कुनै अर्थ राख्दैन उसैको राजनीति सकिने हो ऊ स्वयं सकिने हो भन्ने किसिमको गैर जिम्मेवारी व्यवहार र वचनले पार्टीमा झनै ठूलो नोक्सान पुग्दछ ।

नेताले आफू अनुकूलताका निर्णय गर्न थाल्यो भने त्यहाँ अराजकता ल्याउँछ । अराजकताले सिंगो पार्टी संगठनलाई नोक्सान पु¥याउँछ । नेताले कार्यकर्ताको विगतदेखि वर्तमानसम्मको उसको पृष्ठभूमि बुझ्नु पर्दछ। कार्यकर्ताहरुलाई समालेर वैज्ञानिक पद्धतिमा हिंडाई राख्नुपर्ने हुन्छ। भाषण गर्ने स्कूलिङ गर्ने पार्टी कलासहरु चलाउने तर व्यवहारमा भने मनपरी गर्ने गर्न थाल्यो भने नेताप्रतिको विश्वस्त हटेर जान्छ नै कार्यकर्ता र नेताबीचमा वैमानस्यताले वास गर्दछ । अनि नेताले कार्यकर्ता प्रति विश्वास नगर्ने कार्यकर्ताले नेताको विश्वास नगर्ने वातावरण बन्दछ अनि जनताबीचमा जाने सबै ढोकाहरु बन्द हुन्छन् । यस्तो स्थितिले पार्टीलाई ठूलो नोक्सान पु¥याउँछ । फेरि त्यसलाई परीपूर्ति गर्न निकै संघर्ष र मेहनत गर्नुपर्ने हुन्छ । यस्तो प्रवृत्तिले प्रतिक्रियावादीलाई फाइदा र कम्युनिस्ट पार्टीलाई नोक्सान गर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित