झलनाथ खनालको सक्रियताले नेपाली कम्युनिष्ट पार्टीमा त्रास प्रवाह

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टी भित्र वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको सक्रियता र ‘समाजवादी जागरण अभियान’ लाई लिएर विभिन्न चर्चा र बहस चलिरहेका छन्। झलनाथ खनालले कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठन र एकताको आधार तयार गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान ‘ घोषणा गरेका छन्। केही सञ्चारमाध्यमले उनले पार्टी छाडेको वा नयाँ पार्टी खोल्ने सम्भावनाबारे चर्चा गरे पनि खनाल स्वयंले आफूले नेकपा नछोडेको र पार्टीभित्रै रहेर वैचारिक बहस तथा जागरण अभियान चलाइरहेको बताएका छन्। खनालले पुराना दलहरूले विचार र दृष्टिकोण नवीकरण गर्नुपर्ने तथा कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादविरुद्ध वैकल्पिक समाजवादको बहस आवश्यक रहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीको आधिकारिक कार्यक्रममा कमै देखिने र प्राय: पार्टीका असन्तुष्ट व्यक्ति, समूहहरु तथा पार्टीबाट बहिर्गमित व्यक्तिहरुसित भेटघाट बधाएकोले गर्दा झलनाथ खनालको यो सक्रियताले नेपाली कम्युनिष्ट पार्टीमा पार्टी विभाजित हुने हो कि भन्ने त्रास प्रवाह भइरहेकोछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित