काठमाडौँ जेठ ६ । जी-७ बैठक रुस विरुद्ध केन्द्रित भएको छ । शुक्रबारदेखि जापानको हिरोशिमाको शान्ति स्मारक पार्कमा बसिरहेको बैठकमा सबै देशका प्रतिनिधि रुस विरुद्ध केन्द्रित भएका छन् ।
बैठकमा रुसलाई एक्ल्याउन आर्थिक नाकाबन्दी लगाउने यु क्रेनलाई आधुनिक हतियार उपलब्ध गराएर रुसलाई हराउनु पर्ने कुरामा जोड दिएका छन् । बैठक तीन दिनसम्म चल्ने छ ।
बैठक सकिनु पूर्व नै शुक्रबार वक्तव्य प्रकाशित गर्दै जि सेभेनका सबै देश रुसको गैरन्यायिक, गैरकानुनी असंयमित आक्रमणका विरुद्ध एक हुने जनाएका छन् । उनीहरूले रुसलाई औधोगिक उपकरण निर्यातमा रोक, धातु तथा हिरा आयात निर्यातमा रोक लगाउने बताएका छन् ।
जी-७ को बैठकमा अमेरिकाका राष्ट्रपति जो बाईडेन, जर्मनीका चान्सलर ओ स्कोल्ज, बेलायतका प्रधानमन्त्री रिसि सुनक, युरोपियन आयोगका अध्यक्ष ऊरसुला भोन डेर लेशन, युरोपियन काउन्सिल अध्यक्ष चाल्स मिकेल, इटालिका प्रधानमन्त्री गियोगगिया मिलोति, क्यानडाका प्रधानमन्त्री जस्टिन टुडेउ, फ्रान्सका इमानुयल, म्याकोन् र जापानको प्रधानमन्त्री फुमियो किसिडा सहभागी छन् ।
जी—७ मा फ्रान्स, जर्मनी, अमेरिका, बेलायत, जापान, इटाली र क्यानडा रहेका छन् ।

