लुकाइएका घटना

मेघराज भट्टराई •• बेला–बेलामा नेपालका राजनीतिक पार्टीका नेता जो मन्त्री भएका र सोही पदमा आसिन भएका व्यक्तिहरूको अभिव्यक्ति आउने गर्दछ– हामी केवल ‘पपेट’ मात्र रहेछौँ । यो अभिव्यक्ति पहिले पनि आएका थिए र आज पनि आएको छ । हालै नेपाल सरकारका पर्यटनमन्त्री सुदन किराँतीले बोलेका छन् । उनी जनजातिको छोरा भएर पनि होला अलिकति हिम्मत गरेर सार्वजनिक ठाउँमा बोल्ने आँट गरेका छन् ।

गाइँगुइँ कुरा चल्ने गर्दछ– राजा महेन्द्र कालगतिले मरेका होइनन् । उनी मारिएको कारणबारे स्पष्ट तथ्य कसैसँग छैन । मदन भण्डारी र जीवराज आश्रितको हत्याको पछाडि को थियो कोही भन्न चाहँदैन । यो घटना भएको पनि आज ३० वर्ष भएछ । जापानी टोयोटा गाडी, अटोलक सिटबेल्ट बाँधेको मान्छे गाडीभन्दा २८ किलोमिटर टाढा कसरी पुग्यो ? शरीरमा कुनै घाउ नदेखिनु, फोक्सोमा पानी नहुनु यो दुर्घटना त हुँदै होइन । यदी यो गाडी दुर्घटना भएर त्रिशुलीमा खसेको भए पानीमा डुबेर मृत्यु हुने कुरा मान्न सकिन्छ । जब पानीमा डुबेर मृत्यु हुन्छ फोक्सोमा पानी भरिन्छ । यो विज्ञानको नियम पनि हो अक्सिजन लिन नसकेर पानी श्वास नलीमार्फत फोक्सोमा भरिएर मानिसको मृत्यु हुने गर्दछ । तर, पोस्टमार्टम रिपोर्ट अनुसार मदन भण्डारीको फोक्सोमा पानी थिएन । घटना दुर्घटना नभई हत्या भएकै अनुमान लगाउन गाह्रो छैन ।

यत्रो हत्या भयो । उनकी श्रीमती विद्यादेवी भण्डारी यहाँ दुई कार्यकाल राष्ट्रपति भइन् । स्वयम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली प्रधानमन्त्री भए, उनीहरूले रक्षा मन्त्रालय गृह मन्त्रालय आफ्नै हातमा राखे । तर, तीन दशकसम्म यो हत्याको छानविन किन गर्न सकेनन् ? किन गरिएन ? यो हत्या कसले कुन स्वार्थको लागि गरेको थियो ? जब कि उनकै नामबाट देशको सर्वोच्च पदमा पुगेर पनि यो रहस्यको पर्दा उघ्रिन किन सकेन ? जीवित सबुत प्रमाण अमर लामा थिए, उनको पनि २०६० सालमा हत्या किन र कसले गरायो ?

यस्तै, रहस्यमय घटना हो दरबार हत्याकाण्ड । जहाँ एक पटकमा १२ सय जना सेनाले नारायणहिटी दरबार परिसरभित्र डिउटीमा तैनाथ गरिन्थ्यो । यस्तो सेनाले घेरेको ठाउँमा कसरी, कसले, कुन स्वार्थको लागि विरेन्द्रको वंश नाश गर्‍यो ? यत्रो नरसंहार हुँदासम्म यहाँको सेनाले के हेरेर बस्यो ? आˆनो प्रमाधिपतिको हत्या हुँदासम्म सेनाले किन फाएर खोलेन ? यति नजिकको टिचिË हस्पिटलमा नलगेर आर्मी हस्पिटलमा किन लगियो ? यति ठूलो घटना घट्यो नेपालका सञ्चार माध्यमबाट कुनै सूचना किन आएन ? भारतीय रेडियो दुरसञ्चारबाट मध्यरातमा शाही परिवारको हत्याको खबर फैलियो कसरी ? यो देशको प्रधानमन्त्रीलाई कुनै जानकारी नै छैन । सेना प्रमुखले भन्छ–दरबारको सुरक्षा नेपाली सेनाको होइन ।

२०५८ साल जेठ १९ गतेको दरबार हत्या काण्डको पनि २२ वर्ष हुन लाग्यो । दीपेन्द्र शाहको नाममा सम्पूर्ण हत्याको जिम्मेवारी थोपरेर तत्कालीन सेनापतिदेखि राज्यका सम्पूर्ण अङ्गले आफुलाई बचाउ गरे । आज पनि यो घटना रहस्यमय बनेर प्रत्येक नेपालीलाई सताइरहेको छ । राष्ट्रको प्रमुखको सम्पूर्ण परिवार मारिँदासम्म छानविन हुन सक्दैन । खाली कर्मकाण्डी खेल गरेर पैसा हजम गर्ने विदेशीका पपेट मात्र भए, यो देशका राज्य सत्तामा बसेका राजनीतिक नेताहरू । सुशिल कोइरालाको पनि मृत्यु रहस्यमय नै छ । नेपालमा संविधानका बुँदामा कुनै अमुक देशको मुद्दा नराखेको कारण हत्या भएको कुरा बजारमा हुने गरेको थियो । उहाँको टाउकोमा चोट थियो भनिन्छ । तर, अस्पताल लगिएन किन ?

यहाँ साधारण नागरिकको कुरा त गरी साध्य नै छैन । जमिम शाहलाई कसले मार्‍यो ? आज पनि राज्यले भन्न सकेको छैन । मिर्जा दिलशाद बेगको हत्याको पनि रहस्य खुलेको छैन । यो राष्ट्रको लागि जसले राम्रो सोंचेर काम गर्न थाल्छ, उसको हत्या निश्चित छ । हालै डा. अमरेश कुमार सिंहले नेपालका विभिन्न टेलिभिजन अन्तवार्तामार्फत् मेरो हत्या हुनसक्छ भनेका छन् । उनको हत्या कुन शक्तिले गर्ला ? उनले बोलेका कुरा राष्ट्रको पक्षमा छन् भने नेपाली जनताले उनको हत्या गर्दैनन् । भनेपछि उनको ईशारा कता ?

यो देशमा अरु कति देशभक्त नागरिकहरूले आˆनो प्राणको आहुति दिनुपर्ने हो ? हामी कसको पपेट रहेछौँ ? मन्त्री सुदन किराँतीले भनेको कुरा रहस्यमय छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित