AI कृत्रिम बौद्धिकता र मानव

अपत्य शर्मा ••
आज भोलि कृत्रिम बौद्धिकता (AI) को चर्चा र प्रयोग विशेष रुपमा भइरहेछ । कृत्रिम बौद्धिकता अर्थात् नक्कली बौद्धिकताले गर्दा हरेक क्षेत्रमा यसको प्रभाव बढिरहेछ । यसलाई उन्नाइसौँ शताब्दीको औद्योगिक क्रान्तिले मानव श्रम र पशुशक्तिलाई प्रतिस्थापन गर्‍यो । बिसौँ शताब्दीको थालनीसम्म पनि मजदुरहरूले कडा शारीरिक श्रम गर्नु पथ्र्यो अर्थात् गह्रौँ माल सामान उचाल्न आफ्नो ठूलो मात्रामा बल खर्च गर्दथे र बिसौँ शताब्दीमा मात्र उनीहरूले गह्रौँ माल सामान उचाल्ने सीमित क्षेत्र माथि बाँकी रहेका थिए । अहिलेको एक्काइसौँ शताब्दीमा आएर मोनिटरहरूद्वारा रोबोट संचालन गरेर गह्रौ बल लगाउने कामहरू रोबोटद्वारा गरिन्छ । यसकारण पुँजीवादी अर्थशास्त्रीहरूले के दावी गर्दैछन् भने कृत्रिम बौद्धिताले शारीरिक श्रमको मात्र उन्मूलन होइन मानसिक श्रमको पनि उन्मुलन हुँदै गएको छ भन्दै मानिसले कामको खोजी पनि कृत्रिम बौद्धिकताले गर्छ र फुर्सदिला भएर क्रस वर्ड खेलेर बस्छन् भनिरहेछन् ।

कृत्रिम बौद्धिकताले गर्दा शुन्य उत्पादन लागतमा माल उत्पादन भएपछि शोषण, उत्पीडन र मानव दासताको पनि स्वत: अन्त्य हुनेछ । सूचना प्रवधिको तीव्र विकासले गर्दा अब शान्तिपूर्ण रुपमा समाजवाद र साम्यवादी व्यवस्था आउँछ भन्दै छन् । यस्तो सोंच र विचार प्रवाहले वर्गसङ्घर्ष, सर्वहारावर्ग सत्ता समाजवाद र साम्यवादी सिद्धान्तलाई लत्याउँछ । मानव श्रमशक्ति, मानव सिर्जनशीलता र मानव सर्वोच्चतालाई नकारेर यान्त्रिक सर्वोच्चतालाई प्रधानता दिनु गैर द्वन्द्वात्मकता हो । कृत्रिम बौद्धिकताको सिर्जना नै मानिसले गरेको हुनाले मानवले नै कृत्रिम बौद्धिकताको प्रयोग र विकास गर्ने हुनाले कृत्रिम बौद्धिकताले मानवमाथि आधिपत्य जमाउने कुरा हाँस्यास्पद देखिन्छ ।

कृत्रिम यन्त्र मानव र सक्कली मानवका बीचमा आकाश पातालको असमानता पाइन्छ । (१) यन्त्र मानवमा मानिसले जे जति बौद्धिकता दिएको छ त्यो भन्दा बढी उसले व्यक्त गर्न र सक्रिय हुन सक्दैन । (२) यो नीर्जिव भएकाले नयाँ समस्या वा नयाँ कुरा बुझ्न सक्दैन (३) हयुमानोयड रोबोट विना व्याट्रि चन्दैन । (४) रोबोटमा मान्छेमा जस्तो इच्छा महत्त्वकांक्षा केही पनि हुँदैन (५) मानिसको जस्तो संवेदनशीलता हुँदैन किनभने मान्छेको कुनै पनि अङ्ग प्रत्यअङ्गमा सानो सियोले घोच्दा वा चिमोट्दा प्रतिक्रिया मान्छेले जनाउँछ । (६) यन्त्र मानवमा मन भन्ने तत्त्व नै हुँदैन । (७) यन्त्र मानवले विश्वमा शासन गर्छ भन्ने दावी हुन थालेका छन् । नीर्जिव यन्त्र मानवले मानवमाथि हैकम चलाउन सक्दैन । किनभने रोबोटको निर्माता मानिस हो । तर कृत्रिम बौद्धिकताले मानवको सिर्जनशील शक्तिलाई भुत्ते बनाउँछ । मानव मस्तिष्कलाई जति निस्क्रिय बनायो त्यति त्यसले आफ्नो सिर्जनशीलतालाई गुमाउँदै जान्छ र यन्त्र मानवको दास जस्तै हुन्छ । अर्को शब्दमा भन्दा कठपुतली जस्तै हुने सम्भावना बढ्दै गएको छ । जसरी उकाली ओराली गर्ने पहाडका मानिसका खुट्टाका अौँलाहरू र विशेष रुपले हातले काम गर्नेहरूका हातखुट्टाका अौँलाहरू र सम्म तराई मधेशमा वा शहरका मानिसहरूका हात खुट्टाका अौँलाहरूबाटै मैदानका र पहाडका मानिस चिन्न सकिन्छ । ह्वाइटकलर र ब्लु कलर श्रमिकका बीचको अन्तर पनि छुटिन्छ । सुलुत्त परेका हात खुट्टा र अौँलाहरू मोटा, भद्दा र साह्रा हुन्छन् ।

रोबोट शब्दको पूरा नाम रान्डोम अप्टिकल बाइनरी ओस्सिलेटिङ टेक्नोलोजी हो । यो शब्द अङ्ग्रेजी नभएर चेक र स्लोभाक शब्दबाट आएको हो । रोबोटको निर्माण धातुहरू, प्लाष्टिकहरू र अरु पदार्थहरूले बनेको हुन्छ । रोबोट बन्नु भन्दा पहिले त्यसको आधार रोबोटिक्सका जन्मदाता अमेरिकी भौतिकशास्त्री, इन्जिनियर र व्यापारी जोसेफ इन्जेल्वर्गर हुन् । यहाँ के प्रश्न उठ्छ भने रोबोटिक्स र रोबोटमा के अन्तर छ, के फरक छ भने रोबोट कार्यक्रमले भरिएको मेसिन हो र तोकिएका काम फत्ते गर्छ अर्थात् जे जे कामहरू निर्देश गरिएको छ त्यै त्यसै काम मात्र पूरा गर्छ । जब कि रोबोटिक्सले रोबोटलाई विकास गर्ने कामका बारेमा केन्द्रित भएर रोबोटका डिजाइन इन्जिनीयरिङ र संचालनको बारेमा बताउँछ । रोबोटिक्सले विगत ५० वर्षमा उल्लेख्य रुपमा विकास गरेको छ । पहिलो रोबोट सन् १९५४ मा जर्ज डेभोलले संचालन गरेका हुन् । जुन पछि गएर रोबोटिक्स उद्योगको आधार बन्यो । विश्वमा अहिलेसम्म ३० लाख औद्योगिक रोबोटहरू छन् । प्रत्येक वर्ष विश्वमा चार लाख नयाँ रोबोटहरू बन्छन् ।

रोबोटहरूले सर्वहारावर्गको रोजीरोटी खोस्दै गएको छ भने बुद्धिजीवीहरूको मस्तिष्कलाई मात्र निस्क्रिय बनाएको छैन आम जनसाधारणमा पनि पङ्गुपनलाई प्रश्रय दिएको छ । कृत्रिम बौद्धिकताले जालसाजी ठगीलाई पनि बढाउँदै अपराधिक गतिविधिलाई पनि बढाउँदै लगेको छ ।

कृत्रिम बुद्धिले मानव समाजलाई शासन गर्छ, रोवोटले रोबोट जन्माउँछ । जस्ता कुराहरू तर्कसङ्गत र तथ्य विशेषता सङ्गत देखिंदैन । किनभने नीर्जिवले सजीवले जस्तो क्रिया प्रतिक्रिया, चयापचय केही पनि गर्दैन । सजीव मानव शरीर र मानव मस्तिष्कको संरचना नै ज्यादै क्लिष्ट संरचना हो । मानव मस्तिष्कको संरचनासँग कृत्रिम बुद्धि रोबोटको मस्तिष्क संरचनासँग तुलना नै गर्न सकिदैन । मानव मस्तिष्कमा डोपामिन (Dopamine) भन्ने रसायन हुन्छ जसले मानिसको हरेक सोच, अनुभव, कार्य कुशलता माथि प्रभाव पार्र्छ र शारीरिक गतिविधिहरू गर्न पनि मद्दत गर्छ । अर्को शब्दमा भन्दा डोपामिन न्यूरो ट्रान्समिटर हो । डोपामिनले सम्पूर्ण रोगलाई निको पार्न सक्ने क्षमता राख्छ । यदि मानिस अट्टाहास गरेर हास्ने गर्छ र सधै हसिलो रसिलो रहन्छ भने डोपामिनले शरीरमा कुनै रोग लाग्नबाट पनि जोगाउँछ । मानव मस्तिष्कमा डोपामिन भएजस्तै सेरोटोनिल (क्भचयतयलष्ल) भन्ने रसायन पनि हुन्छ । जसले मस्तिष्कमा नर्भसेलद्वारा सम्पूर्ण शरीरमा सन्देश प्रवाह गर्छ । सेराटोनिनले मानव शरीरमा ज्यादै महत्त्वपूर्ण भूमिका खेल्छ । जसले निन्द्रा, पाचनक्रिया, अनिन्द्रा, शरीरका घाउहरू निको पार्ने हाडलाई निरोग गर्ने रगत जम्ने र यौनिक इच्छा आदिलाई ठीक गर्दछ । अर्को शब्दमा भन्दा सेराटोनिनले शरीरका सम्पूर्ण रोगहरूलाई निको पार्ने क्षमता राख्छ ।

सेराटोनिन र डोपामिन दुवैले उस्तै काम गर्छन् अर्थात् दुवैको रसायनहरूले हार्मोनको जस्तै काम गर्छन र शरीरका विभिन्न क्रिया कलापहरू जस्तै शरीरको बृद्धि, मोटाबोलिजम, जोश, जाँगर र निन्द्रालाई पनि असर गर्दछन् । स्मरणीय छ: सेराटोनिन, डोपामिन, अक्सिटोमिन र इन्डोर्फिन तत्त्वहरूलाई सुखी हार्मोन भनिन्छ जसले मानिसमा सकारात्मक सोंचहरू जस्तै रमाइलो, आनन्दी र प्रेम सौहाद्र्रतालाई बढाउँछ । हार्मोन्स र न्यूरो ट्रान्समिटरहरू धेरै अत्यावश्यक क्रियाकलाप जस्तै मुटुको गति, पाचन र भावनामा पनि संलग्न हुन्छन् । प्रेमले सेराटोनिनलाई असर गर्दछ । चाखलाग्दो महत्त्वपूर्ण कुरो के हो भने प्रेमको असर सेराटोनिन ठूलो मात्रामा लिङ्गमा भर पर्छ । लोग्ने मानिसमा सेराटोनिनको स्तर घट्छ जब प्रेमलीला हुन्छ र स्वास्नी मानिसमा चाहिं सेराटोनिन उल्लेख्य रुपले बढ्छ भन्ने वैज्ञानिकहरूले प्रमाणित गरेका छन् ।

सेराटोनिन, डोपामिन, इन्डोर्फिन र अक्सिटोसिनले आनन्द र रमाइलोलाई बढाउँछन् र (डिप्रेसन) अवसाद र चिन्तालाई घटाउँछ । किन भने सेरोटिन डोपामिनले असल हार्मोनलाई प्राकृतिक रुपले सामान्य गतिविधिलाई बढाउँछ ।

प्राकृतिक रुपले सेराटोनिन बढाउने खाद्य पदार्थहरू: कुखुरा र टर्की, फुल र प्रोटिन, माछा, भटमासको टोफु, दुध, चिज, डेरी उत्पादन, बदाम र बिउँहरू, भइँकटहर, पालुङ्गो र काले र कालापात भएका सागपात आदि ।

सेराटोनिन, डोपामिन, अक्सिसटोसिन र इन्डोर्फिनका बारेमा कितावहरू लेखिएका छन् । यी मस्तिष्कका तत्त्वहरूको बृद्धि गर्ने तरिका प्रयोग गरेर दुसाध्य निको नहुने रोगहरूलार्ई निको पार्न सकिन्छ भनेर प्रमाणित भएको बताइन्छ ।

यति लामो विवरणले के प्रष्ट हुन्छ भने कृत्रिम बौद्धिकता (रोबोट) मानव मस्तिष्कको दाँजोमा कहिल्यै पनि श्रेष्ठ उच्च अकल्पनीय दक्ष क्षमताको हुन सक्दैन । जसरी सर्वहारावर्गको शारीरिक मानसिक श्रम शोषण, उत्पीडन, दमन र अपमान र पुँजीको दासतामा अडेको पुँजीपतिको स्वर्ग सर्वहारा । वर्गको सर्वहारा समाजवाद र साम्यवाद भन्दा श्रेष्ठ कहिल्यै पनि हुन सक्दैन । चाहे धुर्त, पतित, नीच, पाखण्डी, व्यक्तिवादी पुँजीवादी लेखक, दार्र्शनिक, अर्थशास्त्रीहरूले प्रजातान्त्रिक समाजवाद, लोककल्याणकारी राज्यसत्ताको जतिसुकै ढोल बजाए पनि नाङ्गो रक्तरंजित अपराधी युद्ध पिपासु अनुहार देखिइरहेछ । जब नरभक्षी पुँजीवादी तथा साम्राज्यवादीका भूस्वर्गमाथि अजेय सर्वहारा वर्गले धावा गरेर आफ्नो सत्ता कायम गर्छ तब वास्तविक मानव भूस्वर्गमा परिणत हुने दिशामा अगाडि बढ्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित