नेकपा (मशाल) गठन : भ्रम र वास्तविकता–३

ओमबहादुर के.सी. ••
गताङ्कको बाँकी
मसाल नेतृत्वले हाँक साप्ताहिक बन्द गरेपछि केही साथीहरूको पहलमा हाँकलाई निरन्तरता दिने काम भयो । त्यस पछि पार्टीमा अन्तर्विरोध अरु पेचिलो भयो । त्यतिबेलासम्म हामी समेत र तल काम गर्ने अल्पमत पक्षका साथीहरू पार्टी नेतृत्वले सबै विचारलाई मिलाएर लैजान्छ र योग्यता अनुसारको जिम्मा दिंदै जान्छ । हामीले हाम्रा विचारहरू अनुशासित तरिकाले आˆनो ठाउँमा राख्दै जिम्मेवारीहरू पूरा गर्दै जानुपर्छ भनेका थियौँ र तलबाट साथीहरूले असन्तुष्टि व्यक्त गर्दा त्यही प्रकारले सम्झाउने गरेका थियौँ । हाँकलाई बन्द गरेर सडकमा फालेपछि धेरै साथीहरू असन्तुष्ट हुनुहुन्थ्यो । एकथरी साथीहरू हाँक लुकेर पढ्ने तर पार्टीको निर्णय हो मान्नु पर्छ भन्ने गर्नु हुन्थ्यो । अर्काथरी साथीहरू खुलेर विरोध गर्ने र हाँक पढ्ने, बेच्ने, लेख लेख्ने, प्रकाशन गर्ने हुनुभयो । पार्टीले एकैपटक १९ जनालाई पार्टीबाट निस्काशन गरेको थियो । अर्काथरी साथीहरू त्यसैलाई बहाना बनाएर अल्पमत पक्षलाई सखाप पार्ने, हुर्मत लिने काममा खुलेयाम लाग्नु भयो । यसरी नेतृत्वले पार्टीलाई अघोषित रुपमा विभाजन गरायो । जब सन्तबहादुर नेपालीले सबै निस्काशित साथीहरूलाई जम्मा गरेर राष्ट्रिय जागरण अभियान गठन गर्नु भयो । उहाँले वक्तव्य मार्फत् यो पार्टी होइन यो एउटा सामाजिक संस्था हो । यसले सामाजिक काम गर्छ भने तापनि नेतृत्वले लगातार यो पार्टी हो भनेर प्रचार गर्ने उहाँहरूको हुर्मत लिने काम गर्नुभयो ।

हाँक प्रकाशित गरेको अभियोगमा सन्तबहादुर नेपाली लगायतलाई पार्टीबाट निस्काशित गरी सकेपछि उहाँले वा निस्काशित साथीहरूले अनुशासन मान्नु पर्ने बाध्यता थिएन र सामाजिक काम गर्न पनि मसाललाई सोध्न पर्ने आवश्यकता थिएन । तर मसाल नेतृत्वले सधै आˆनो दास जस्तो व्यवहार गर्न छोडेन । फरक मतलाई पार्टीको सम्पत्तिको रुपमा लिएर व्यवस्थापन गर्न सक्नु पर्ने थियो । त्यो क्षमता पार्टी नेतृत्वले राख्न सकेन । केन्द्रिय समिति देखि स्थानीय तह सम्मका अल्पमतका साथीहरूलाई अपमान गर्ने, कुनै जिम्मा नदिने काम भयो । किनभने केन्द्रिय समितिका साथीहरूले उहाँहरूले पार्टी केन्द्रमा सधै जसो पार्टी फुटाउन हुन्न । यो सबै मिलाएर जानुपर्छ यो काम नेतृत्वले गर्न पर्छ भनेर प्रस्ताव र छलफल गर्नु हुन्थ्यो । तर नेतृत्व मिलाउनु भन्दा कहिले छोडेर अलग भएको घोषणा गर्छन भनी आतुर थियो र त्यही चाहान्थ्यो । हामी सबैको चाहना पनि पार्टी बिभाजन गर्ने थिएन । त्यस्तो गर्ने कुनै योजना पनि थिएन । पार्टी नेतृत्वले भने अल्पमतका साथीहरूलाई अप्ठेरोमा मात्र प्रयोग गर्ने जस्तो गङ्गा पौडेललाई युगदर्शनको आर्थिक सङ्कलन गर्ने जिम्मा दिने तर खर्च गर्ने बेलामा कुनै वास्ता नगर्ने,आˆनो ढङ्गले खर्च गर्ने उहाँलाई सोध्न समेत नपर्ने र अपमान गर्ने काम गरियो । त्यसै कारणले उहाँले केन्द्रीय समितिमा अपमान सहन नसकेर राजीनामा दिनुभएको होला ।

जव सन्तबहादुरजीले जागरण अभियान गठन गर्नुभयो । त्यसैबाट सामाजिक कामहरू गर्ने योजना साथ निस्काशित क्रान्तिकारी साथीहरूलाई समेटेर केही काम गर्न थाल्नुभयो । अल्पमत पक्षका केही साथीहरूलाई पार्टी गठन गरेको प्रचार गरियो र गराइयो । त्यसबाट केही साथीहरू नेतृत्वसँग आत्म समर्पण गर्न पुगे वा सन्तहादुरको जागरण अभियानलाई पार्टी भनेर पार्टी फुटाएको आरोपलार्ई ठिक मानेर बहुमत पक्षको राजनीति सित आत्मसमर्पण गर्न पुगे । पार्टीबाट निस्कासन भएका साथीहरूले सामाजिक सङ्घसंस्था खोल्ने काम गर्नु भयो । माक्र्सवादी अध्ययन समूह जस्ता संस्था खोलिए । जागरण अभियानले कोरोना सङ्कट र लकडावनका बेला पनि भर्चुअल माध्यमबाट राष्ट्रियता र सामाजिक विषयमा छलफल चलायो । राष्ट्रघाती एमसीसी सम्झौताको विषयमा गरिएको कार्यक्रममा जोडिए बापत केही साथीहरूलाई स्पष्टीकरण सोध्ने काम नेतृत्वले गर्‍यो । के कुनै पनि पार्टी सदस्यले अरु पार्टीको कार्यक्रममा जानै नहुने हो ? अरुको कुरा सुन्नै नहुने हो ? सबैका कार्यक्रम, विचार हेर्नुपर्छ सुन्नुपर्छ र बल्ल आफ्नो धारणा बनाउनुपर्छ । त्यही उद्देश्यले पनि साथीहरू भर्चुअल कार्यक्रममा जोडिएका थिए । तर साथीहरूलाई त्यही बहानामा स्पष्टीकरण माग्ने, तर्साउने र भित्रभित्र गुटबन्दी गरेर बदनाम गराउने काम समेत गरियो ।

उता पार्टीको नीति यति दक्षिणपन्थी र सत्तामुखी भएको थियो की सरकारले जे भन्छ त्यही मान्नुपर्ने, सरकारलाई खुशी बनाउनुपर्ने अवस्थामा पुगेको थियो । त्यसको एउटा उदाहरण हो । कोभिड १९ को बेला भारत सरकारले नेपालीको सुरक्षा र व्यवस्था नगर्ने नेपालीहरू घर फर्कन बाध्य पार्ने १५–१६ दिन हिंडेर बोर्डरमा आएका नेपालीलार्ई सरकारले नेपाल प्रवेशमा रोक लगाएको थियो । हाम्रो पार्टीले पनि त कमसेकम श्रमजीवी, मजदुरको पक्षमा बोल्न पर्ने थियो तर उनीहरूलाई नेपाल प्रवेश गरेर उनीहरूलाई सुरक्षित अवस्थामा राख्न व्यवस्था गर्न जोड दिनुपर्नेमा सरकारको बोलीमा लय मिलाउँदै डब्लुएचओको प्रोटोकलको हवाला दिएर मजदुरहरूलाई उतै राख्नुपर्ने वक्तव्य वैधानिक मोर्चाको अध्यक्षबाट जारी भएको थियो । यसको चौतर्फी विरोध भएपछि बल्लपछि प्रवक्ताको नामबाट वक्तव्य जारी गरेर उनीहरूको उद्धार गर्नुपर्छ भनिएको थियो । यसरी जनतासँग जोडिएको सवालमा समेत पार्टी उदासीन बन्दै गएको थियो ।

त्यसैगरी पार्टीका भेलाहरूबाट पास भएका नीतिहरू, दस्तावेजहरू प्रकाशन गर्दा नेतृत्वले आफ्नो योजना अनुकूल परिवर्तन गरेर प्रकाशन गर्ने प्रक्रिया शुरु भएको थियो । २०७४ फागुनमा भएको राष्ट्रिय भेलाबाट पास भएको आफनै प्रस्तावलाई नै परिवर्तन गरेर प्रकाशन गरेको विवाद त छँदै थियो । आठौँ महाधिवेशनबाट पास भएको आफ्नै दक्षिणपन्थी कार्यदिशा भएको दस्तावेजलाई पनि थुप्रै ठाउँमा परिवर्तन गरेर प्रकाशन गरेपछि लामो मेहनत पछि क. विमल शर्माले त्यो सच्चाउन माग गर्दै केन्द्रीय कार्यालयमा पत्र पठाउनु भएको रहेछ । तर त्यसलाई सच्चाउनको बदला उहाँलाई विभिन्न आरोप लगाएर पार्टीबाट निस्काशन गर्ने काम भयो ।

हामीलाई थाहा छ कि पाचौँ महाधिवेशनका दस्तावेजमा परिवर्तन गरेर प्रकाशन गरेको विरोधमा तत्कालीन बागलुङ जिल्ला सेक्रेटरी राम सिंह श्रीस र केन्द्रमा चित्रबहादुर के.सी., भैरब रेग्मी र गोबिन्द सिंह थापाले फरक मत राख्दा पार्टीबाट निस्काशन गरिएको थियो । त्यही कारणले नेकपा (मसाल) गठन भएको थियो । आज मोहनविक्रमले त्यही पाँचौँ महाधिवेशन पछिको स्थिति पैदा गराउनुभयोे र पार्टी फुटको दिशामा लैजानुभयो ।

त्यसैगरी पार्टीभित्र विचारको बहस त भइरहन्छ । फरक विचार नभएको पार्टी जीवित हुँदैन भन्ने आफै तर फरक विचार आउँदैमा जसरी पनि सखाप पार्ने योजनामा तत्कालीन नेतृत्व र बहुमत पक्ष हात धोएर लाग्यो । त्यसैको परिणाम जनजाति मोर्चाामा सक्रिय भएर काम गरिरहनु भएका रामबहादुर बुढालाई विभिन्न आरोप लगाएर निस्काशन गरियो । उहाँले पार्टीले लिएको गलत नीतिको विरोध गर्ने र सच्चाउनको लागि प्रस्ताव लैजाने गरेकाले उहाँलाई पनि सिआइडि र जङ्गबहादुरको झुठो आरोप लगाएर निस्काशन गर्ने काम गरियो । महाधिवेशनबाट मलाई पनि केन्द्रबाट हटाइयो र केही समयपछि बुटवलमा भएको कम्युनिस्ट सङ्ग्राहलयमा काम गर्ने जिम्मा दिइएको थियो । त्यहाँ म आउँदा सङ्ग्राहलयको हिसाव कितावदेखि सबै चीज अस्तव्यस्त थियो । कैयौँ साथीहरूका नामावली नै दर्ता थिएन । हिसाव थिएन । कैयौँ साथीहरू जो आजीवन सदस्य बनेका थिए, उनीहरूले दिएको सदस्यता शुल्कको हिसाव थिएन । नाम दर्ता थिएन ।

कैयौँ सदस्यता शुुल्क नबुझाएका साथीहरूको नाम राखेर आजीवन सदस्य बनाएर रेकर्ड बनाइएको थियो । करिव १ महिना लगाएर सबै हिसाव खोजेपछि सबै व्यवस्था मिलाइयो । त्यो बेला मैले देशैभरिका साथीहरूलाई सोधेर पत्ता लगाएको थिए । त्यसपछि मलाई बुटवल भवन निर्माणको हिसाव हेर्न समेत लगाइएको थियो । त्यसलाई पनि मैले धेरै मेहनत गरेर व्यवस्थित बनाउँदै थिए । मुलुकमा कोरोनाको सङ्कटले केही समय लकडाउन भएको थियो । त्यसपछि म पुन: काममा लागेको थिएँ । मलाई त्यसबेलासम्म धेरै पटकको ताकेतापछि पार्टीमा एउटा गाउँ कमिटीको सल्लाहकारमा राखिएको थियो । मेरो त्यो बाहेक पार्टीमा अन्यत्र कतै जिम्मेवारी दिइएको थिएन । त्यहाँ ०७७ श्रावण ४ गते को बैठकमा पार्टी सर्कुलर पढेपछि आफ्ना विचार राखेका थिएँ । त्यसैबेला बैठकमा उपस्थित एक जना केन्द्रीय कमरेडले तपाईले आफ्नो विचार लेखेर केन्द्रमा पठाउनुस् र जिल्लामा पनि दिनुस केन्द्रबाट नै जबाफ आउँछ भनेपछि मैले आफ्नो विचार र पार्टीले गरेका आर्थिक अनियमितताका बारेमा लेखेर केन्द्रमा पठाएको थिएँ ।

किनभने मलाई जिम्मेवारविहिन बनाउनुपर्ने कारण पनि मैले केन्द्रमा रहँदा केन्द्रीय नेतृत्व र त्यस वरिपरि रहने व्यक्तिले गरेको आर्थिक अनियमितताको कुरा लगातार उठाइरहन्थे । त्यही कुरा लेखेर पठाएको थिएँ र त्यसमा मलाई जबाफ दिन र पार्टी समितिमा त्यसबारेमा छलफल हुनुपर्ने माग गरेको थिएँ । किनभने हामी जहाँ बस्यौँ त्यहाँको हिसाव कितावलाई व्यवस्थित बनाएका थियौँ र त्यही गराउन चाहान्थ्यौँ तर मेरो पत्रको जबाफ पार्टीले दिनु भन्दा ०७७ श्रावण २६ गते मलाई काठमाडौँ बोलाएर वैधानिक मोर्चाको केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सदस्य, सङ्ग्राहलयको जिम्मा पूर्णकालीन कार्यकर्ताबाट राजीनामा दिन लगाइयो । त्यसको कारण के हो भनी सोधनी गर्दा मलार्ई विभिन्न आरोप जस्तो कि जिम्मेवारी पूरा नगरेको, पार्टीको आर्थिक बर बुजारत नगरेको र लुजटक गरेको भनेर उल्टो आरोप लगाइयो । मैले त्यसलाई प्रतिपाद गर्दै प्रमाण पेश गर्न भन्दा प्रमाण छैन भन्नुभयो । जसरी पनि मैले राजीनामा दिनुपथ्र्यो किनभने उहाँहरूले मेरो कुरा सुन्न र निर्णयमा पुनर्विचार गर्ने पक्षमा हुनुहुँदैनथ्यो । त्यसरी मैले लेखेका विषयवस्तुहरू यहाँहरूको समक्ष विस्तृत रुपमा पछि राख्दै जानेछु । त्यसरी मलाई पनि निस्काशन गरियो ।

पार्टी फुटको दिशामा लैजाने काम मोहनजी र तत्कालीन बहुमत पक्षबाट नै भएको थियो । यसरी पार्टीमा फरक विचार आउँदा फरक विचार ल्याउनेको हुर्मत लिने पार्टीबाट निस्काशन गर्ने काम उहाँबाटै शुरुवात भयो ।

यसरी एकपछि अर्को गर्दै साथीहरूलाई निस्काशन गर्दै जाँदा निस्काशित साथीहरूको सङ्ख्या ठूलै भयो । निस्काशितहरूको बीचमा अब के गर्ने, कसो गर्ने भनेर संवाद हुन थाल्यो । हामी सबै उस्तै उस्तै पीडा बोकेका एउटै विचार भएका र पार्टीले लिएको गलत दिशाको विरोध गरेका कारण निस्काशित भएका र पार्टीको विगतको नीतिको रक्षा र विकासको लागि सङ्घर्ष गरेका साथीहरूलाई कुनै अनुशासन त लाग्दैनथ्यो । त्यसैले हामीले आपसमा सल्लाह गर्न सक्थ्यौँ । पार्टीका गोप्यताहरू नखोलेर आन्तरिक रुपमा पार्टीलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर सल्लाह गर्न थाल्यौँ । त्यतिबेलासम्म पार्टीका केन्द्रमा रहेका क. कृष्ण पौडेललाई पनि निस्काशन गरिसकेको अवस्था थियो । पार्टी केन्द्र बाहेक तल्ला समितिहरूमा थुप्रै साथीहरू तत्कालीन अल्पमत पक्षमा हुनुहुन्थ्यो । उहाँहरूको सल्लाह अनुसार हामीले एकपटक सबै बसेर सल्लाह गर्नुपर्छ भन्ने भएको हो । त्यही समयमा पार्टीभित्रको अन्तर्विरोधलाई हल गर्नुपर्छ असन्तुष्ट साथीहरूलाई पनि समेटेर लैजानुपर्छ र पार्टीलाई बलियो बनाउनुपर्छ भनेर पाल्पा जिल्ला समितिले निर्णय गरेर नै केन्द्रमा प्रस्ताव पठाएको थियो । त्यही प्रस्तावलाई टालटुल पारेर अलमल्याउन पार्टी केन्द्रले वार्ता गर्न र वार्ता समिति बनाएको नाटक गर्‍यो ।

साथीहरू त्यही वार्ता टोली र वार्ताको आशामा विश्वास गरेर बस्नुभयो । तर पार्टीले वार्ता गर्ने, त्यसको वातावरण बनाउने भन्दा वार्ता हुन नदिन धेरै षडयन्त्र गर्‍यो । वार्ता को सँग गर्ने भन्ने जस्ता प्रश्न तेस्र्याएर वार्ता नगर्न वातावरण तयार गर्‍यो । वार्ता गर्ने भनेको फरक मतका प्रस्तोताहरू सित हो । पार्टीको आठौँ महाधिवेशनमा फरक दस्तावेज पेश गर्ने ६ जनाले संयुक्त हस्ताक्षर गरेर ०७८ कार्तिक १ गते वक्तव्य नै निकाल्यौँ । तर त्यही कार्तिक महिनामै पार्टीले वार्ता समिति नै भङ्ग गर्‍यो । त्यसपछि मात्र हामीले आपसी सल्लाह गरेर अब सबै साथीहरूको राय लिएर कसरी अगाडि बढ्ने भन्ने सल्लाह गर्ने भनी २०७८ मंसिर ८ र ९ गते राष्ट्रिय भेलाको आयोजना गरेका थियौँ । त्यो राष्ट्रिय भेलामा आउने पार्टी नेताहरूबाट आउने सुझावलाई आधार बनाएर हामी यो पार्टीलाई सुधार गर्न के गर्न सक्छौँ ? भनेर निकास निकाल्नु थियो तर नेतृत्वले त्यो भेलामा साथीहरूलाई रोक्नको लागि निकै ठूलो कोशिश गर्‍यो । घेराबन्दी गर्‍यो । रोकटोक गर्‍यो । त्यसका बाबजुद पनि त्यो भेलामा २०० जना प्रतिनिधिहरू जम्मा हुनुभयो ।

दुइदिनसम्म व्यापक रुपमा छलफल भयो र त्यही भेलाबाट हामीले नेकपा(मसाल) केन्द्रीय समन्वय समिति गठन गरेका थियौँ । त्यो भेलाको अर्को महत्त्वपूर्ण निर्णय थियो पार्टीलाई सुधार गर्नका लागि एक वर्षभित्र पार्टी नेतृत्वलाई विशेष महाधिवेशन गरेर दक्षिणपन्थी नीतिलाई क्रान्तिकारी धारमा ल्याउन दुवै पक्षको सहमतिमा क्रान्तिकारी कार्यदिशा पेश गर्ने र यदि त्यसो नगरेमा हामीले भए पनि विशेष महाधिवेशन गरेर आठौँ महाधिवेशनले लिएको दक्षिणपन्थी नीतिलार्ई सच्चाएर क्रान्तिकारी कार्यदिशा निर्माण गर्न भन्ने थियो । तर नेतृत्वले त्यस भेलामा आउने क्रान्तिकारी साथीहरूलाई हटाउने, कार्वाही गर्ने अभियान चलायो । यसरी हामी अगाडि बढ्दै जानु परेको थियो । हामीले भन्दै आएका छौँ कि आठौँ महाधिवेशनबाट दक्षिणपन्थी कार्यदिशा पास भएपछि पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन सङ्घर्ष गर्दा कार्वाहीमा परेका साथीहरू र क्रान्तिकारी विचार बोकेका सङ्घर्षशील साथीहरू जो पार्टीमा हुनुहुन्थ्यो का लागि तीनवटा विकल्प थियो । पहिलो विकल्प निस्कृय भएर बस्ने, क्रान्तिकारीहरूको लागि त्यो सम्भव थिएन । दोस्रो विकल्प अन्य पार्टीमा जाने त्यो पनि सही निर्णय हुँदैन्थ्यो किनभने मसाल भन्दा राम्रा त अरु शक्ति छँदै छैनन् । मसालले गलत बाटो लियो भनेर सङ्घर्ष गर्दा गर्दै फेरि आफै गलत बाटोमा जानु पनि राम्रो होइन । तेस्रो विकल्प भनेको सङ्घर्ष गर्दै अगाडि बढ्ने हामीले त्यही बाटो रोजेका हौँ । त्यसपछि नेतृत्वले हामीलाई थुप्रै आकर्मण भयो ।

एउटा अवसरवादी शक्ति टिमले त्यो सङ्घर्षको बाटो छोडेर दोस्रो विकल्प रोजेर जाने कोशिश गरेको रहेछ त्यही दाउमा खेलिरहेका रहेछन् । त्यसैलाई वहाना बनाएर हामीलाई तथा नाम बदनाम गर्ने काम भयो । विना आधार आरोप लगाउने झुट कुराहरू गरेर कार्यकर्तालाई अलमल्याउने काम भयो । पार्टीको मुख्य नेतृत्वबाट नै हाम्रो नेतृत्व एमालेमा जाँदैछ भनेर प्रचारवाजी गरियो । लगातार त्यही कुरा प्रशिक्षण दिने, बैठकमा छलफल गर्ने तल्ला कमिटीका साथीहरूलाई फोन गरेर भेट गरेर प्रचार गर्ने र अल्पमत पक्षका साथीहरूलाई भ्रम पारेर अल्मल्याउने काम समेत गर्‍यो तर त्यस्तो त थिएन ।

त्यसरी पार्टी नेतृत्व सर्बाङग नाËो हुँदा समेत झुट र भ्रमको खेती गर्न छोडेन । खैत अहिलेसम्म उहाँहरूले भनेका कुराहरू त भएनन् । हामीले गलत विचार र प्रवृत्तिको विरुद्ध जसरी आवाज उठायौँ अहिले पनि हामी सुनेका छौैं कि नवौँ महाधिवेशन गर्ने कुरा सार्वजनिक भएको छ । त्यतिबेला अल्पमतको पक्षमा उभिएका साथीहरू त्यहाँ हुनुहुन्छ । यो नवौँ महाधिवेशनमा आˆना विचारहरू उठान गर्नु हुन्छ कि गर्नु हुन्न वा नेतृत्वले लिएको दक्षिणपन्थी नीतिका सामु आत्मसमर्पण गर्नु हुन्छ । वा फरक मत आयो भने हामीलाई जस्तै फरक मत ल्याउने साथीहरूलाई पनि साफ बनाउनु हुन्छ हेर्न बाँकी नै छ । क्रमश:

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित