चेन्नै, १ असोज । अखिल भारत नेपाली एकता समाज चेन्नैका ४ वटा नगर समितिको आयोजनामा १७ सेप्टेबर २०२३ मा अखिल भारत नेपाली एकता समाजको आठौँ अखिल भारत सम्मेलनको सन्देश सभाका साथै महिलाहरूको चाड हरितालिका तीज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

जनमानसले खचाखच भरिएको हलमा महिलाहरूको महान चाड तीजी कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समाजका महासचिव महेन्द्र बस्याल र अतिथिहरूले सामूहिक रूममा दीप प्रज्वल्लित गरी गरेका थिए ।
कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा समाजका केन्द्रीय नेतागण माया हमाल, फुलमाया केसी, हेमराज रिजाल, उमानन्द आचार्य, अर्जुन केसी, रन बहादुर थापा, देवी रिजाल, बिक्रम के सी, गिता शर्मा, जोतिरायण शर्मा, तिलकराम गोराथोकी, मोहराज सुवेदी, दिनेश थापा, हाँकका पत्रकार राजु अधिकारी, विध्यार्थीका केन्द्रीय अध्यक्ष बिक्रम केसी, केन्द्रीय सदस्य तथा नगर अध्यक्ष नर बहादुर बि क, क्षेत्रीय समितिको तर्फबाट दिपा शर्मा, तुलसा सुवेदी, सुनिता बस्याल, जानु देवी सुवेदी, देवी पौडेल, खिमा गिरी, प्रवासी नेपाली एकता मन्चका तर्फबाट बंसरा राना, अखिल भारत नेपाली एकता मन्चका तर्फबाट रूपा सुनार रहेका थिए । शुभकामना कार्यक्रम पश्चात तीजको कार्यक्रम भएको थियो।

दुर्गा सुवेदीको सन्चालन, मंगली बिकको अध्यक्षता र अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाइ शब्दबाट माया रोका र संगीतबाट रक्तिम साँस्कृतिक अभियानका कलाकारले स्वागत गरेका थिए ।

कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका कलाकारहरूले गीत र नृत्य रोचक ढंगले प्रस्तु गरेका थिए । युवायुवतीहरू हलको बिचबिचमा आफ्नै गतिमा जोस र उमंगका साथ नाचगान गरेर आनन्द लिएका दृष्यहरू बाक्लै देख्न सकिन्थियो । सन्देस सभा तथा तीजी कार्यक्रम शान्त र सौहार्दपूर्ण वातावरण सम्पन्न भएको थियो ।

अन्तमा उपस्थित जनमानस, कलाकार, स्वयंसेवकलाई हार्दिक धन्यवाद सहित कार्यक्रमकी अध्यक्ष मंगली विकद्वारा कार्यक्रमको समापन गरिएको थियो ।


