भिवाडि, भारत । अखिल भारत नेपाली एकता समाजको संगठन विस्तार अभियान जारी रहेको छ । यसै क्रममा १४ जनवरी २०२४ का दिन अखिल भारत नेपाली एकता समाज भिवाडी नगर सङ्गठन समिति अन्तरगत महिलाहरूको बृहत भेला सम्पन्न भएको छ । भेला कार्यक्रमको अध्यक्षता कमला खड्का, संचालन कल्पना केसी र स्वागत विनिता खड्काले गरेका थिए ।कार्यक्रमको संचालन कल्पना के सि ले गर्नु भयो भने कार्यक्रमको अध्यक्षता कमला खड्काले गर्नु भएको थियो । अथितिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्माले भेलाको औचित्य प्रति प्रकाश पारेका थिए । भेलाले कल्पना के सि को अध्यक्षमा १३ सदस्यीय महिला विभाग गठन गरेको छ । जसमा सचिव विनिता खड्का (ए), कोषाध्यक्ष कमला खड्का, सदस्यहरू यमि पन्थी, विनिता खड्का (बी), सुमित्रा देवि खड्का, सुमित्रा देवी, कमला थापा, शारदा खत्री, सरस्वती थापा, सीता सिहं, सावित्री रहेका छन् र एक स्थान रिक्त राखिएको छ । नव गठित महिला विभागलाइ समाजका केन्द्रीय सदस्य बाबुराम बस्नेतले बधाइ दिएका थिए ।
अखिल भारत नेपाली विद्यार्थी संघको ईकाइ समिति गठन ः
१४ जनवरी २०२४ का दिन अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समिति अन्तर्गत विद्यार्थीहरूको भेला सम्पन्न्न भएको छ । भेलामा अतिथिहरु समाजका केन्द्रीय सचिव नारायण शर्मा र सदस्य बाबुराम बस्नेतले विद्यार्थीहरू संगठित हुन पर्ने आवश्यकता प्रति प्रकाश पारेका थिए ।
भेलाले ६ सदस्य विधार्थि ईकाइ समिति गठन गरेको छ । जसमा संयोजक राजु खड्का, सदस्यहरू आकाश खत्री, अशु खड्का, आसिश खत्री, गौरी थापा, विनिता खड्का रहेको नामावली केन्द्रीय सल्लाहकार अमृत कुमार के.सी.ले प्रस्तुत गरेका थिए । बधाइ दिनेहरूमा क्षेत्रीय सदस्यहरू शुनिल वि सि, बाबुराम खड्का, नरेन्द्र थापा र भिवाडि नगर समिति बाट अमर गुप्ता रहेका थिए ।


