पाकिस्तानद्वारा इरानमा क्षेप्यास्त्र प्रहार

काठमाण्डौं, ४ माघ  । पाकिस्तानद्वारा ईरानको दक्षिणपूर्वीशहर साराभानमा क्षेप्याश्त्र प्रहार भएको छ ।बुधबार बिहानै पाकिस्तानी क्षेत्रबाट इरान र पाकिस्तानको सीमा क्षेत्रमा अवस्थित साराभान शहरमा क्षेप्याश्त्र प्रहार भएको हो । क्षेप्याश्त्र प्रहारबाट नौजनाको मृत्यु भएको छ ।पाकिस्तानले आतंकवादी लुकेको स्थानमा आक्रमण गरेको बताएको छ ।

इरानले गत मंगलबार पाकिस्तानमा गरेको आक्रमण गरेको थियो ।त्यसैको बदलामा पाकिस्तानले पनि आक्रमण गरेका अन्र्राष्ट्रिय समाचार माध्यमले बताएका छन् ।मंगलबार गरेको आफ्नो आक्रमण पाकिस्तानको विरोधमा नभई जइस अल अदर को विरुद्धमात्रै रहेको इरानले बताएको छ । सीमा क्षेत्रमा भएको यो आक्रमणले पाकिस्तान र इरानको बीचमा द्वन्द बढ्नेमा विश्व जन चिन्तित रहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित