काडमाण्डौ, २६ माघ । हरेक वर्ष फागुन सात गते मनाउँदै आउने गरेको प्रजातन्त्र दिवश सरकारले यो वर्ष तीन दिन मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्ष्यतामा सिंहदरबारमा बसेको प्रजातन्त्र मूल दिवश मूल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले फागुन ६,७ र ८गते प्रजातन्त्रदिवश भव्यताका साथ मनाउने निर्णय गरेको हो । प्रजातन्त्र दिवश मनाउँदा विभिन्न कार्यक्रमहरु हुने छन् ।
२००७ साल फागुन ७ गते निरंकुश जहानीया राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्र आएको थियो प्रजातन्त्र ल्याउन कैंयौं नेपाली वीर शहिद भएका थिए । कैयौं नेपालीहरुले भूमिगत तथा सशस्त्र संघर्ष गरेका थिए ।प्रजातन्त्रको आगमन पछि नेपालीहरुले बोल्ने, लेख्न,े सभा ,सम्मेलन गर्ने स्वतन्त्रता प्राप्त गरेका थिए । दलीय व्यवस्थालाई मान्यता प्राप्त भएको थियो । तर २०१७ साल पुस १ गतेका दिन राजा महेन्द्रले प्रजातन्त्रको विरुद्धमा कु गरेका थिए ।

