भवन खरिद र भ्रष्टाचारको प्रश्न

ओमबहादुर के.सी.
राष्ट्रिय जनमोर्चाको कपनको केन्द्रीय कार्यालय खरिद गर्ने सन्दर्भमा भएको आर्थिक अनियमितता बारेमा हामीले त्यो पार्टी भित्र छँदा देखि नै आवाज उठाएका थियौँ र हामीलाई निस्काशन गरे पछि पनि त्यसबारे लेख्दै आएका छौँ । हामीले लगाताररूपमा जनताको सम्पत्ति माथि भ्रष्टाचार भयो भन्दै आएका थियौँ । भवन खरिद गर्न सहयोग गरेका सहयोग दाताहरूको नामावली ११ वर्ष पछि लेख्ने काम भएको र गत माघ २९ गते युगदर्शन मार्फत त्यसलाई सार्बजनिक गर्ने काम भएको सामाजिक सन्जालबाट हामीलाई जानकारी भयो । त्यो कार्यलाई हामी सकारात्मक ठानेका छौँ । हाम्रो लामो समय देखिको आलोचना र खबरदारीले गर्दा उहाँहरू भित्तामा सहयोग दाताहरूको नाम लेख्न बाध्य हुनुभएको हो । तर भित्तामा नाम लेखेर मात्र भ्रष्टाचार भएको छैन, हिसाब पारदर्शी भएको छ भन्न मिल्दैन । त्यस प्रयोजनमा भएको सम्पुर्ण आम्दानी र खर्चको बिबरण पनि त्यसरी नै सार्बजनिक गर्नु पर्दछ र मात्र त्यो काम पार्दर्शी भएको ठहर हुन्छ । सहयोगीहरूको सम्मान हुन्छ । त्यो काम त अझै भएको छैन किनकि सम्पूर्ण आय–व्यय पुस्तिकामा प्रकाशित गरी सार्वजनिक गरिने छ भनेर पहिले नै सार्वजनिक रूपमा प्रतिबद्धता जाहेर गर्ने काम भएको छ ।

एक, नाम सार्बजनिक गर्दा त्यहाँ दिएका अभिब्यक्तिहरूबाट अरु धेरै कुराहरू लेख्नु पर्ने वा स्पष्ट पार्नु पर्ने देखिएको छ । दुई, त्यहाँ भएको अनियमितता थप पुष्टि भएको छ । खासगरी हामीले शिला लेखमा नाम लेख्न ढिलाइ हुनुमा त्यहाँ भएको अनियमितताका कारणले काम गरेको छ भनेका थियौँ । युगदर्शनमा राखिएको भिडियोमा हामीप्रति व्यक्त अभिब्यक्ति र त्यहाँ दिएको केही प्रमाणले त्यसलाई पुष्टि गरेकोछ । भवन खरिदमा भएको अनियमितता र उनीहरूको बदनियतपूर्ण अभिव्यक्तिबारे यो लेखमा केही प्रमाण प्रस्तुत गर्नु सान्दर्भिक ठानेको छु ।

भित्तामा नाम लेख्ने काम २०७३ मा गर्नु पर्दथ्यो किन भने २०७२ को चैत्र मसान्तसम्ममा त्यसको कारोवार सकिएको थियो । त्यो भन्दा पछि केही रकम आएको छ र त्यो रकम राजमोको खातामा बसेको छ । त्यतिबेला उहाँहरूले भने जस्तो पार्टीको नियमित काम बाहेक अरु त्यस्तो अभियानका काम थिएन । भित्तामा नाम लेख्न आवश्यक ठानेमा जहिले पनि गर्न सकिन्थ्यो जस्तो कि अहिले पनि उहाँहरू नवौँ महाधिबेशनको तयारीमा हुनुहुन्छ आवश्यक ठानेर त्यो काम गर्नु भयो । हिजोका दिनमा पनि त्यसै गरि गर्न सकिन्थ्यो तर गरिएन । त्यसकारण पार्टीका विभिन्न कामले ढिलाइ भएको भन्ने कुरा बनावटी मात्र हो । अनियमिततालाई ढाक छोप गर्न र सहयोग दाताहरूले दिएको रकम लामो समयपछि बिर्सन्छन र गलत भए पनि बोल्न सक्दैनन् भन्ने मनसायले काम गरेको छ । अहिले कैयौँ साथीहरूले त्यसै भनिरहेका छन् ।

जस्तो कि अहिले पनि आनन्द शर्माजीको भनाइ नै काफी छ । बोल्ने क्रममा उहाँले भन्नु भएको छ, “कैयौँ व्यक्तिहरूले ५००० दिएको तर भुलेर १०००० दिएको जस्तो सम्झेर कमेन्ट गर्नुभएको रहेछ । त्यसलाई उहाँहरूसित कुरा गरेर सच्याइयो ।”

तत्कालीन अवस्थामा हाँक साप्ताहिकमा प्रकाशित नामावलीमा त्रुटि भएको थियो भनेर त्यसको जिम्मेवार हामीलाई बनाइएको छ । त्यो सही होइन किनभने भारतबाट सहयोग गर्ने सहयोग दाताको नाम हामीले बनाएको होइन । भारतबाट आएको ५१८ जनाको नाम प्रकाशन गर्न उहाँहरूले नै दिनुभएको थियो । त्यतिबेला मित्रलालजीहरू हुनुहुन्थ्यो पछि हरि आचार्य भारत जानुभयो । उतै बाट आएको लिस्ट हो । अर्को लिस्ट काठमान्डौ लगायत उपत्यका ब्युरोको छ र त्यो नामावली स्वयम् आनन्द शर्माजीहरूले दिनुभएको हो । ती लिस्ट हाँकले टाइप गरेर हामीलाई कार्यालयमा राख्न दिए पछि मैले कार्यालयमा फाइल गरेर राखेको हो । बाँकी रहेका नामावली सम्बन्धित जिल्ला क्षेत्रहरूले पठाएको बिबरण अनुसार १०००० (दस हजार) भन्दा माथिको रकमको आधारमा दिइएको हो । उहाँहरूले नै गलत बिबरण दिएको भए त्यसको जबाफदेही उहाँहरूको नै हो । केही ठाउँको त नाम नै आएको थिएन । पटकपटक ताकेता गर्दा पनि बिबरण आएको थिएन । जस्तो जापानको बिवरण अनुसार रकम न आएकोले स्पष्ट पार्न भनेर पार्टीले पत्र समेत पठाएको थियो । त्यस अनुसार जापानबाट बिबरण आयो तर रकम आएन । त्यसैले कुन आधारमा नाम प्रकाशन गर्ने भनेर केन्द्रीय कार्यालयले नै जबाफ दिन नसकेर नाम प्रकाशन नभएको हो ।

अनियमितता भएको छैन भनेर जुन प्रमाण पेस गर्ने प्रयत्न गरिएको छ । त्यसमा जापानको बारेमा त जुन तथ्यहिन कुरा बोलिएको छ र भ्रस्टाचारलाई ढाकछोप गर्न खोजियो । जापान बारे बोल्दा मैले उठाइ रहेको भक्तपुरबाट आएको रकममा भएको अनियमितता बारे आनन्दजी बोल्न भएको छैन । त्यहाँ सहयोग गर्ने दाताको नाम त लेखियो एकजना सहयोगी भिम प्रसादले मात्र १,११,१११ (एक लाख एघार हजार एक सय एघार) दिएको त सबैले देख्नु भएको होला । आम्दानीमा हेर्नुभयो भने भक्तपुरको कोटा १,१०,००० मात्र हो र तेत्तिनै आएको छ । त्यसबाहेक पनि अरु जिल्ला सदस्य साथीहरूले मात्र दिएको करिब १,१३,००० (एक लाख तेह्रहजार रुपिया) कता गयो ? नाम त लेखिएको छ तर मैले उठाएको विषय बढी रकम कहाँ गयो किन बोलिएन ? त्यसको पनि जबाफ दिनु पथ्र्यो । त्यसैले शिलालेख सार्वजनिक गर्ने दिन आनन्द शर्माजीले दिएको अभिव्यक्ति तथ्यमा आधारित भन्दा गलत तथ्य पेस गरेर जनता र कार्यकर्तालाइ भ्रममा राख्ने काम भयो । मैले लगातार उठाएको प्रश्न भक्तपुरको बढिरकम तत्कालीन इन्चार्जहरू जबाफदेही हुनुहुन्छ भनेको हो । मैले लगातार उठाइरहेको भक्तपुरको रकम बारे नबोल्नुको अर्थ कतै त्यसमा उहाँ पनि सामेल त हुनुहुन्न ? नत्र अन्य विषयमा बोलेर भक्तपुरका विषयमा किन केही बोल्न सक्नु भएन ? आनन्दजी बोलिरहदा साइडबाट थप बोल्न लगाउने वा सिकाउने को थियो ? त्यसरी सम्पूर्ण गलत चिजलाई झुटा प्रमाण पेस गरेर सही सावित गर्न खोज्ने ?

आनन्दजीले भवन खरिदको हिसाब मोर्चाको बुटवलको तेस्रो सम्मेलनमा पेस भएर पास भएको भनेर झुटा कुरा गरिएकोछ । त्यहाँ हिसाब प्रस्तुत गर्न रोक्न कसरी गोलमटोल गरिएको थियो ? मैले पार्टीलाई २०७७ साउन १३ गते लेखेको पत्रमा उल्लेख गरेको छु त्यो पत्रको बुँदा नं. १२ मा उल्लेख छ कि क. मनोज भट्ट वैधानिक मोर्चाको तत्कालीन कोषाध्यक्ष र हाल केन्द्रीय सदस्य, २०६८ सालमा वैधानिक मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनबाट कोषाध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २ वर्ष २०७० वैशाखसम्म वैधानिक मोर्चाको केन्द्रीय कार्यालयमा बस्नुभयो । २०७० वैशाखमा उहाँले केन्द्रीय कार्यालय छाड्ने बेलामा तत्कालीन लेखा समितिले निकालेको हिसाबमा उहाँले दिनुपर्ने रु. २०४५ देखाएको छ । त्यो रकम पनि हालसम्म दिनुभएको छैन । वैधानिक मोर्चा तेस्रो राष्ट्रिय सम्मेलन (२०७२ फागुन) बुटवलमा गर्ने बेलामा दोस्रो राष्ट्रिय सम्मेलनदेखि तेस्रो राष्ट्रिय सम्मेलनसम्मको आर्थिक प्रतिवेदन मैले बनाउनु पर्ने भयो र पुरानो हिसाब हेर्नुपर्ने भयो । त्यो हिसाव हेर्दा उहाँले त्यसबेला जम्मा दिनुपर्ने रु. ६,२५० भन्दा बढी देखियो । उहाँलाई बोलाएर हिसाब बुझ्दा उहाँले हिसाब बुझाउन सक्नु भएन । उहाँले हिसाब बुझाउन नसकेपछि नमिलेको रकम उहाँको नाममा देखाउनुपर्ने भयो अन्यथा हिसाब मिल्दैनथ्यो । तेस्रो राष्ट्रिय सम्मेलन बुटवलमा चलिरहेको बेलामा उहाँले दिनुपर्ने रकम सम्मेलन हलमा प्रस्तुत नगर्न महामन्त्री मोहनविक्रम सिंहको सहारा लिएर दबाब दिनुभयो । महामन्त्रीले मलाई पिविको बैठक सकि लगत्तै बोलाएर आर्थिक नपढ्दा कस्तो हुन्छ भनेर सोध्नुभयो । मैले भने ऐतिहासिक सम्मेलनमा देशभरिबाट ६०० जति प्रतिनिधि, पर्यवेक्षक जम्मा हुनुभएको छ । यो समयमा पार्टीले महत्त्वपूर्ण कामहरू गरेको छ । जस्तै क) काठमाडौँमा पार्टीको आफ्नै घर खरिद गर्‍यो । ख) दोस्रो संविधान सभाको निर्वाचन २०७० सम्पन्न भयो । ग) भुकम्प पीडितलाई सहयोगका लागि भनेर विश्वभर र देशभित्रबाट समेत गरेर रु. ८१,००००० भन्दा बढी सहयोग जुटेको छ । ठूलो मात्रामा राहत वितरण भएको छ । यस्तो समयमा यो प्रतिवेदन नसुनाउन त राम्रो हुँदैन । बरु कहाँ समस्या पर्‍यो भनेर सोध्दा उहाँले “लेनदनेको हिसाब व्यक्तिको नाममा सुनाउँदा अप्ठेरो हुन्छ कि” भन्नुभयो । त्यसपछि भने व्यक्तिको नाम सुनाउँदा अप्ठ्यारो हुन्छ भने आर्थिक प्रतिवेदन पढेर सुनाउ बरु लेनदेनमा व्यक्तिको नाम नसुनाउला । मैले त्यसो भनेपछि महामन्त्रीबाट प्रतिवेदन सुनाउने स्वीकृत भयो । जब बन्दसत्र हलमा पुगियो अध्यक्ष मण्डलले उहाँ (मनोजजीलाई) लाई कार्यक्रम संचालन गर्ने जिम्मा दिएको थियो । राजनीतिक प्रतिवेदनपछि आर्थिक प्रतिवेदन पेश गर्ने बेलामा मैले प्रतिवेदन पढ्न शुरु गरें ।

मैले पहिलो पेजको आयव्ययको ट्रयाल व्यालेन्स मात्र पढेर सुनाएपछि मनोजजीले चित्रबहादुर केसीलाई बोलाएर बोल्न लगाउनुभयो । त्यसबेला केसीजीले भन्नुभयो–“साथीहरू सुन्नुभयो आर्थिक अवस्था यही हो अब अर्को एजेण्डामा जाउँ” भन्दा म अचम्मित भएँ । मैले प्रतिवेदनको ट्रयाल व्यालेन्स मात्र पढेको छु । त्यसभित्र रहेको भवनको आय व्यय विवरण, राहतको आय व्यय विवरण त पढेकै छैन । आर्थिक विषयमा छलफल हुने कुरा त टाढैको कुरा भयो । मैले मेरो असहमति अध्यक्ष मण्डललाई जनाएर आर्थिक प्रतिवेदन पढ्न बाँकी छ पूरै प्रतिवेदन पढ्न दिनुपर्‍यो भनेर जनाए । तर अध्यक्ष मण्डलबाट मेरो भनाईको सुनुवाई भएन । त्यही बेला पार्टीको पिविको बैठक बस्यो । त्यहाँ मेरो कुरा पुर्‍याइएछ र छलफल भएछ । त्यसपछि मात्र मोटामोटी रुपमा सम्मेलनमा आय÷व्यय पढियो । तर कुनै छलफल भने भएन । यसरी राष्ट्रिय सम्मेलनमा उपस्थित सदस्यहरूलाई समेत गुम्राहमा राख्ने, आर्थिक हिसाब प्रस्तुत गर्न समेत रोक लगाउने प्रयत्न भयो । एकजना व्यक्तिले दिनुपर्ने रकमका कारण त्यसरी सम्पूर्ण प्रक्रियालाई नै अवरुद्ध पर्ने काम गरियो । पछि मोर्चाको सिसिको बैठक बस्यो । त्यो बैठकमा त्यो अवधिको हिसाब अडिट गर्ने जिम्मा सुरेश थापा, कृष्ण पौडेल र गङ्गा पौडेललाई दिने निर्णय भएको थियो । तर तेस्रो सम्मेलन भएको यतिका वर्षसम्म पनि त्यो हिसाब जाँच भएको छैन ।

यसरी सम्मेलनमा हिसावमा छलफल नभएर अडिट गर्ने जिम्मा दिएको कुरालाई बंग्याइयो । यस्तो हुँदाहँुदै महामन्त्री बसेर सिकाउने र गलत प्रमाण पेश गर्ने ? त्यो मोर्चाको सम्मेलनमा हिसाब पेस गरेको हो तर पत्रमा लेखे जस्तो तेसलाई अर्डिटिङ गर्ने काम कसले र कहिले भयो ? त्यही अबधिमा कार्यालयमा पेश गरेका निबेदन पनि हेर्न सकिन्छ । त्यति मात्र होइन मैले पहिले पनि लेखेको छु कि पार्टीको हिसाब पार्टी भित्र कहिले छलफल भएर अनुमोदन भएको छ ? त्यस्तै अहिले भित्तामा नाम लेखिसके पछि निकै ठूलो काम गरेर जित हासिल गरे जस्तो गर्नु भएको छ । तर त्यसको हिसाब पारदर्शी बनाउन सक्नु भएको छ त ?जहिलेसम्म आम्दानी र खर्चको बिबरण मिलायर सार्बजनिक गर्नुहुन्न तबसम्म त्यहाँ अनियमितता नभएको भनेर पुष्टि हँुदैन ।

भवन खरिद गर्ने काम गर्दा केही खर्च भएको छ जस्तोकी पैसा उठाउँदा भाडा, खाना, स्टेशनरी छपाई ब्याज तिर्दा, रË रोगन गर्दा र थोरै भए पनि राजस्व तिर्दा । बैÍबाट रिण लिदा सेवाशुल्क तिरेको छ । लगाएत खर्च छ तर त्यो खर्च र आम्दानीको हिसाब त मिलेको हुनु पर्दछ । हिसाब मिलाउन नपर्ने नाम र रकम लेखेर भित्तामा राखेर मात्र त्यसले हिसाबको पार्दर्शिता पुष्टि हुन्न । अहिले भएको थप आम्दानी र थप खर्च पनि मिलाएर नै देखाउने होला नि ?

अर्को कुरा पनि ख्याल गर्नुभयो कि नाइ कतार नेपाली एकता समाज को त सहयोगीहरूको सानो सानो रकम लाई जोडेर एकमुस्ट गराएर आठलाख भन्दा धेरै रकम सहित स‌गठनको नाम लेखिदिनुभयो । त्यो ठिकै गर्नुभयो । त्यस बाहेक अरु जिल्ला, क्षेत्रको सहयोगी हरूले तेस्तो सानो रकम दिएका थिएनन् ? तिनिहरूको नाम नलेखेपनि एकमुष्ट रकम लेख्न आवश्यक भएन ? के सबैले १०,००० भन्दा माथि मात्र दिएका थिए त ? तेति बेला त सबै बिबरण न आएकोले जिल्ला र सËठनको नाम लेखिएको थिएन अहिले त आयो होला नि ? तपाईहरू आफै बोल्नुभएको छ कि कार्यालयमा साना कागजका टुक्रा पनि फाइलिङ गरेर राखिदिनुभएकोछ भनेर । हो त्यही साना टुक्रामा केही जिल्लाको बिबरण छ जुन रकम भित्तामा राख्ने खालको छ त्यो हाँक मा छपियो बाँकी हिसाब त तेहि कागज मा छ हेर्नू भयो ? नहेरिकन कसरी पारदर्शी छ भनेर भन्नु भयो ? सुदुर पश्चिम, पोखरा, काठमान्डौ, मलेशिया, साउदीको पनि सानो सानो रकम दिने मान्छे थिए । तिनीहरूको बारेमा कतारको जस्तै गरी लेख्न किन आवश्यक ठानिएन ?

आनन्द शर्माजीको भनाइले अर्को कुरा पनि उजागर गरेको छ कि मलाई २०७७ श्रावन २६ मा निस्काशन पछि स्वयम् महामन्त्री मोहनविक्रम सिँह र नेता चित्र बहादुर केसीले मलाई हिसाब नबुझाएको भनेर थुप्रै ठाउँका प्रशिक्षणमा कार्यालयका डकुमेन्ट लिएर गएको, हिसाब नबुझाएको भनेर बोल्दै आरोप लगाउँदै हिड्नु भयो । तर अहिले आनन्दजी बोल्नुभयो त साना साना कागजका टुक्रा र हिसाब राखेको भनेर धन्यबाद पनि दिन भ्याउनु भयो त । यसबाट मसालको नेतृत्व फरक मत राख्ने वा उनीहरूको गल्ती कुराको विरोध गर्ने कार्यकर्ता प्रति कति धेरै पुर्वाग्रही, असहिष्णु हुनुहुन्छ भन्ने प्रष्ट भएकोछ ।

अर्को पनि हेर्नू भयो त ? कतिजनाको नाम छुटेको छ भनेर ? बाराका कर्ण थापा जसले १२,५०० दिनु भएको थियो । रसिद नं. ६२९ मा २०७३ असार ५ गते रसिद काटिएको छ । त्यो त मैले रसिद काटेकोले सम्झेको अरु कति होलान पछि खुल्दै जाला । निकै पार्दर्शी काम भएको छ भनेर सोझा इमानदार कार्यकर्तालाइ झुक्काउने खेल भैरहेकोछ ।

अब आयो कुरा जापानको रकम को । जापानमा चित्रबहादुर केसी गएर बोलकबोल गराएको रकम २३ लाख भन्दा केही बढी हो त्यो हिसाब उहाँले केन्द्रीय कार्यालयमा पेस गरेको बिबरण र जापानका साथीहरूले पनि पछि केन्द्रमा पठाएको बिबरण अनुसार ठीक छ । टोकियोमा देवेन्द्र बस्यालजीले उठाएर पठाएको १,०७,००० समेत गर्दा २४,१४,००० (चौबिस लाख चौध हजार) हुन्छ । तेतिबेला जापानको पैसा सटही गर्दा मूल्य घटेको हो भन्नेकुरा आनन्दजीको भाषणले भन्छ तर त्यो बेला त्यहाँका साथिहरूले मुल्य घट्यो भनेर भनेका छैनन् । त्यस्तो आवाज कहिले पनि आएन । फेरि त्यहाँका साथिले बिबरण पठाउँदा १० मानको १०,००० नै भनेर पठाएका छन् । या त त्यहाँका दाताले मुल्य घटेपछी एक आधामान थपेर बोलेको नेपाली रकम पुराए या त मूल्य घटेको थिएन । जे पनि हुन सक्यो । अर्को तथ्यतिर पनि जाउ आनन्दजीले त्यो बेला जापानको रकम ०.७८ देखि ०.९३ रुपियाँ प्रति यान मात्र छ भन्नुभएको छ त्यही बेलाको सटही दर हामीले हेर्दा २०१३ मा ०.८५ देखि १.०८४५ प्रति यान छ । अर्थात् सरदर रेट ०.९५८८ रु. छ र हाम्रो कारोवार पनि त्यही २०१३ अर्थात् २०७० को वैशाखदेखि असोजसम्म भएको छ । त्यतिबेलाको जापानी मुद्रा र नेपाली मुद्रा सटहीको स्थिति के थियो भनेर हेर्दा बित्तिकै उहाँहरू कति झुठ बोलिरहनु भएको छ भन्ने कुरा स्पष्ट भैहाल्छ । तेतिबेला जापानबाट पठाएको बिबरण पनि थियो । ती साना साना टुक्रा सË ती बिबरण पनि छन् तेसैमा उल्लेख छ कि तुफान केसीले जिम्मामा पठाएको ८,६०,००० तर कार्यालयमा उहाँको नामबाट आएको ३,५७,००० मात्र दर्ता छ । त्यो बिचको रकम कहाँ गयो ? तेस्तै चित्र बहादुरजीले विभिन्न समयमा गरी कार्यालयमा बुझाएको रु ६,६३,६६६ । दुर्गा पौडेलजीले विभिन्न समयमा जम्मा गरेको रकम रु ७,८५,६४२ गरि जम्मा १८,०६,३०८ हुन्छ । उता देवेन्द्र बस्याल बाट १०,७००० आएको छ । जताबाट हिसाब जोडे पनि उहीँ आउँछ ५,००,००० जतिको फरक । त्यो पनि तुफान केसीको हिसाबबाट ।

यस विषयमा अर्कोतर्फ पनि पाठकको ध्यानाकर्शण गराउँदछु कि त्यो बेला म कार्यालयमा गएको थिइन । त्यो कारोबार सबै भैरब रेग्मीजिले गर्नुभएको हो । म त २०७१ वैशाख २० गते गए पछि हिसाब हेर्दा भेटिएका तथ्य हुन् । यसरी प्रस्ट हुदाहुँदै पनि जापानको हिसाब ठिक छ भनेर कार्यकर्तालाई भ्रम पार्ने र सहयोदातालाई अपमान गर्ने काम भएको छ । आवश्यक परे थप लेख्ने बाचा सहित धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित