काठमाण्डौ । संयुक्त विद्यार्थी संगठनको आयोजनामा काठमाण्डौको माइतीघरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थमा अस्वाभाविक तवरले मूल्य वृद्धि गरेको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि सँगसँगै सबै कुरामा चर्को मूल्य वृद्धि भएको छ । रास्वपाको बहुमत प्राप्त सरकार गठन भएको केही दिनमा नै मूल्यवृद्धि भएको छ । मूल्य वृद्धिको असर आर्थिक रुपमा कमजोरलाई निकै गाह्रो भएको छ । “विद्यार्थीहरुले १ लिटर पेट्रोलमा सात कर , बालेन सर किन सात कर ,घरमा हाम्रो बास छैन , किनभने घरमा ग्यास छैन , मन्त्रीहरुको सुनै सुन जनतालाई छैन नुन , नो मोर वार नो मोर ट्याक्स, बालेन सरकार मूल्यवृद्धि उपहार ” जस्ता नाराहरु लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका छन् ।विद्यार्थीहरुले जनतालाई राहत दिन जोडदार माग गरेका छन् ।










