मातृ दिवसको परम्परा र आजको सन्दर्भमा यसको महत्व

लोकनारायण सुवेदी
आमाको सम्मान गर्ने, सुस्वास्थ्य दीर्घायु तथा सुख समृद्धिको कामना गर्ने दिन, मुख हेर्ने दिन हरेक वर्षआउँदछ । मातृजाति अर्थात महिलाहरुको सम्मान गर्ने दिनको रुपमा पनि यस पर्वलाई लिन सकिन्छ । हाम्रो पुरानो मान्यतामा आमा, बुबा, गुरु र अतिथिलाई देवता सरह मान्नु पर्दछ र सम्मान गर्नुपर्दछ भन्ने धारणा पनि छ । त्यसमा पनि हाम्रो पूर्वीय दर्शनमा आमा र मातृभूमिलाई स्वर्गभन्दा पनि महान अर्थात ठूलो मानिन्छ,मोदर एण्ड मोदरल्याण्ड आर ग्रेटर द्यान हिवन पनि भन्ने गरिएको छ । यसलाई पूर्वीय शास्त्रामा ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी’भनिएको छ । शास्त्रमा त अर्को के कुरा पनि भनिएको छ भने यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताअर्थात जहाँ नारीको सम्मान हुन्छ, पूजा हुन्छ त्यहाँ देवताहरु पनि खुशी हुन्छन् भनिएको छ । जनबोलीमा यो पर्वलाई आमाको मुख हेर्ने दिन पनि भन्ने गरिएको छ । मुख हेर्ने भनेको केही न केही उपहार दिएर आमालाई प्रसन्न तुल्याउने या खुशी राख्ने दिन हो यो । औसीको दिन यो पर्व पर्ने र मनाइने गरेकोले यसलाई मातातिर्थे औसी अर्थात (मदर पिल्ग्रिमेज) को रुपमा आमालाई तीर्थ मानेर देवता मानेर दर्शन भेटघाट गर्न जाने दिनको रुपमा पनि यसलाइ लिइन्छ । त्यसैले जसका आमाहरु छन् उनीहरुले आ(अफ्नाआमालाई नयाँ लुगाफाटो लगायतका उपहार दिने, फलफूल लगायत मीठो पक्वान्न बनाएर खुवाउने चलन हामीकहाँ प्रचलित छ । खाशगरी बिवाहित छोरीचेलीहरु आजको दिन आफ्नी जन्म दिने आमाको मुख हेर्न कोशेली उपहार बोकेर माइत जाने चलन पनि ब्यापक छ । त्यसैले आमाको मुख हेर्ने दिनमा बजारमा मिर्ठाई र फलफूलकोव्यापार पनि निकै बढ्दछ । बजार निकै चम्किन्छ ।

आमाको सम्मान गर्ने यो परम्परा हामीकहा मात्रै होइन बिश्वका बिभिन्न देशमा बिभिन्न किसिमले मनाइने गरेको पाइन्छ । तर यसको अन्तरबस्तु भने आमाको सम्मान र आदर नै हो । कतिपय देशहरुमा मदर डे मनाउनका लागि बिदा नै पनि दिने चलन छ । बिश्वका सबै महादेशका बिभिन्न देशहरुमा बिभिन्न किसिमले आमाको सम्मान र श्रद्धा गर्ने प्रचलन रहेका छन् । उल्लेखै गर्ने हो भने चीन भारत, ग्रीस, इरान, जापान, मेक्सिको, बोलिभिया, थाइल्याण्ड, रुमानियाँ, अमेरिका, क्यानाड, बृटेन, आयरल्यण्ड भियतनाम सबैतिर आमा पर्व मनाउने चलन रहेको छ । मातृ पूजाका यो रीति यसरी ब्यापक रहेको प्रष्ट छ ।
प्राचीन रोममा माताहरुलाई उपहार दिएर ुजूनोु देवतालाई समर्पित यो दिन छुट्टीकासाथ मनाउने गरिन्थ्यो । यूरोपमा खाशगरी बृटेमा आइतबारका दिन आमालाई सम्मान गर्ने गरिन्छ र त्यस दिनलाई ुमदरिङ्ग सण्डेु भन्ने गरिन्छ । यो मातृ दिवस कतिपय देशहरुमा आमालाई सम्मान दिएर आठ मार्चका दिन पनि मनाउने चलन छ, जुन दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पर्दछ । अमेरिकामा ुमदर डे प्रोक्लामेशनु सबैभन्दा पहिला जुलिया वार्ड होवेले गरेका थिए । उनले १८७० मा रचना गरेका मदर डे प्रोक्लामेशनमा अमेरिकी गृह युद्ध र फ्रान्को(प्रशियन युद्धमा भएका मारकाटमा जुन शान्तिबादी प्रतिकृया लेखिएको थियो त्यसमा महिलाहरुद्वारा समाजलाई नयाँ मोड दिने दायित्व मिल्ने कुरा उल्लेख थियो । अधिकांश देशहरुमा भने आधुनिकरुपमा यो मातृ दिवस मनाउन थालेको त्यत्ति धेरै भएको छैन । कतिपय देशमा स्वतन्त्रताको लडाई लडेका महिलाहरुको सम्मानमा पनि यो दिवस मनाइने गरेको छ।

चीनमा पनि यो मातृ दिवस निकै लोकप्रिय हुँदै गएको र यस दिन गरीब आमाहरुको मद्दतका लागि उनीहरुको स्मरण र सम्मान गर्न छुट्टी दिने चलन पनि रहेको छ। त्यहाँ यसलाई वृद्ध वृद्धाको सम्मानको रुपमा मनाउने प्रचलन छ। यसरी चीनमा यसलाई ‘मदर फेस्टिबल’अर्थात माता पर्बको रुपमा मान्यता दिइएको छ ।
निश्चय पनि माताहरुको सम्मान गर्नु आफैमा एउटा राम्रो परम्परा हुँदै हो । त्यसमा पनि आजको उपभोक्तबादी युगमा सबै कुरा बजारमुखी हुदै गएको स्थितिमा पारिबारिक तथा सामाजिक भावनात्मक सम्वन्धलाई जीवन्त राख्न र सामाजिक सह(भावलाई कायम राख्न यस्ता पर्वको महत्व अझ बढ्न जान्छ । यसमा कुनै रुढीवादीता छैन । कुनै अन्ध बिश्वासको कुरा छैन । यो पर्व मानबीय छ । तर पनि यसलाई धर्म र जाति विशेषको कुरा बनाउन नखोजिएको भने छैन । त्यसले गर्दा यसको जुन गरीमा हो त्यो सीमित र संकुचित भएर जाने डर छ । यस कुरामा भने ध्यान पुर्‍याउनु पर्ने आवश्यकता छ ।
आज महिला हक अधिकारको स्थापनाको कुरा चलिरहेको बेलामा, महिलाहरु र बाल बालिकाहरुको रक्षा, सुरक्षा र सम्मान के कसरी अझ राम्ररी गर्न सकिन्छ त्यसमा ध्यान दिन सकियो र महिलाहरुको मातृत्वको सम्मान गर्न सकियो भने वास्तवमा परम्पारादेखि चल्दै आएको यो मातृपूजालाई केवल चल्दै आएको एउटा साँस्कतिक पर्वको रुपमा मात्रै होइन, आजको सामाजिक आवश्यकता र निरन्तरताको रुपमा पनि सार्थक तुल्याउन सकिन्छ । बिगतका असल परम्पराहरुलाई आजको बदलिदो समाजसँग गाँसेर लान सकियो भने मात्र त्यो फलदायी र चीरस्थायी पनि हुन्छ ।

महिलाहरुलाई हेप्ने, दुत्कार्ने, पारिबारिक, सामाजिक हिंसा गर्ने र उनीहरुलाई पछि पार्ने तथा गरीब र कमजोर महिलाहरुलाई बोक्सी डायनी आदिको रुपमा अपहेलना र दुर्ब्यवहार गर्ने जुन अमानबीय र गलत परम्परा छ त्यसलाई चिर्न सकियो भने मात्र वास्तवमा आज मातृ जातिको सम्मान गरेको सही ठहरिने छ । अन्यथा यो वर्षको एक दिन निर्वाह गरिने अर्थात् ‘श्राध्दमा बिरालो बाध्ने परम्परा’ बाहेक अरु केही हुने छैन । समाज, राज्य र सरोकारवालाहरु सबैले यो कुरामा भने ध्यान दिनै पर्दछ । जय मातृजाति , जय मातृभूमि !

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित