काठमाण्डौं, १७ फागुन । गाजामा इजरायली आक्रमणमा परी मृत्युहुनेहरुको संख्या ३० हजार नाघेको छ । गत वर्षको अक्टोबर सातमा हमास लडाकु समुहले गरेको आक्रमणको प्रतिशोध स्वरुप इजरायलले थालेको अन्धाधुन्ध आक्रमणमा परी मृत्युहुनेहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ ।
इजरायलले भारी मात्रामा अत्याधुनिक हतियारद्वारा प्यालेष्टाईनी भूमि गाजामा आक्रमण गरिरहेको छ ।आक्रमणमा मारिनेहरुमा अधिकांश महिला र बच्चाहरु रहेका छन्। भने ७० हजार भन्दा बढी घाईते भएका छन् ।इजरायलले सर्वसाधारणललाई स्थान खाली गर्न निर्देशन दिँदै आईरहेको छ ।
इजरायली आक्रमणमा परी भौतिक संरचनाहरु ध्वस्त हुन पुगेका छन् । विस्थापितहरु मानवीय सहायताको अभावमा छटपटाउन परिरहेको छ ।
Comments

