नयाँ दिल्ली । २९ फेबु्रअरी २०२४ का दिन अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय सगठन समिति अन्तर्गत द्वारका सेक्टरहरुमा संगठन विस्तार भएको छ । नेपाली कामदारहरु बीच राज विकको पहल , अर्जुन शर्माको अध्यक्षताम केन्द्रीय सचीव नारायण शर्मा सल्लाहकार सदस्य फन बहादुर घर्ती मगरको आतिथ्यता भेला भएको थियो । भेलाको संचालन राजन विकले संचालन, स्वागत किसन विकले गरेका थिए । अतिथिहरुबाट भेला सफलताको शुभकामना पछि ११ सदस्यीय समितिको गठन भएको छ ।
नवगठित समितिमा पदाधिकारी सहित सदस्यहरु निम्नानुसार रहेका छन् । अध्यक्ष अर्जुन शर्मा, उपाध्यक्ष किसन बिक (ए), सचिव किशन विक (बी) , सहसचिव राजन विक, कोषाध्यक्ष राज विक रहेका छन् । सदस्यहरुमा फन बहादुर घर्ती मगर, यसोदा विक, करन विक र रमेश विक रहेका छन् । समितिको बैकल्पिक सदस्यहरुमा साहिल विक र सीता विक, रहेका छन । निर्वाचित केन्द्रीय सचिव नारायण शर्माले घोषणापत्र र विधान लगायत भारतमा नेपाली श्रमिकहरुले भोग्नु परेका समस्याहरु बारे प्रस्ट पारेका थिए ।

