अखिल भारत नेपाली एकता समाजको पहलमा क्षतिपूर्तिको व्यवस्था

मुम्बई, ६ मार्च । अखिल भारत नेपाली एकता समाजको पहलमा फलेवास नगरपालिका १० कुर्घा निवासी वर्ष ६२ का दुर्गाप्रसाद शर्माको परिवारलाई क्षतिपुर्तिको व्यवस्था गरिएको छ । अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष ईन्द्र भेटालको नेतृत्वमा अन्धेरी एरिया समितिका अध्यक्ष शिवप्रसाद शर्मा, सदस्य शशिधर शर्मा, यामप्रसाद शर्मा, मध्य पश्चिमभारत क्षेत्रीय अध्यक्ष मोहन ठकुल्ला, नेपाली एकता समाज ,भारतका हेमराज ढुंगाना, सहितको पहलमा उहाँले काम गरेको स्थानको प्रशासनसंग प्रशासनिक प्रकृया, हस्पिटलको प्रकृया पुरा गरेर सोसाईटीका पदाधिकारीसँग वार्तालाप गर्न मृतकका छोरा पदम बहादुर क्षेत्री र भाई अनिल शर्मा नेपालदेखि आईसके पछि अखिल भारत नेपाली एकता समाजका कोषाध्यक्षको अगुवामा पीडित पक्ष र सोसाईटीका पदाधिकारीहरुको वार्तालाप गराई मृतकले पाउनु पर्ने तलव करिब १३५०० र अन्य सामान्य सहयोगको रुपमा करिब २५००० र नेपाल देखि मुम्वई सम्मको प्लेनको भाडा, हस्पिटलको खर्च, शवलाई नेपालसम्म पुराउने हवाई टिकट, ७२००० दुई जनालाई घर सम्म पुग्ने हवाई टिकट ६४००० र काठमाडांैदेखि घरसम्म पुग्ने एम्बुलेन्स खर्च सबै सोसाईटिले भुक्तानी गराउन अखिल भारत नेपाली एकता समाज सफल भएको छ । सबै एकमुष्ट रकम हिसाब गर्दा करिब करिब भारू ३३०००० जति रकम दिलाउन अखिल भारत नेपाली एकता समाज सफल भएको छ । पीडित पक्षले अखिल भारत नेपाली एकता समाजले शोषित उत्पीडितहरुको पक्षमा गरेको कामको निकै प्रशंसा गरेका छन् । मृतकको शव लिएर ६ मार्च २०२४ का दिन बिहान साढे एघार बजेको जहाज मार्फत मृतकका भाई अनिल शर्मा र छोरा पदम बहादुर क्षेत्री काठमाडांै प्रस्थान भई सकेका छन् ।

फलेवास नगरपालिका १० कुर्घा निवासी वर्ष ६२ का दुर्गाप्रसाद शर्मा विगत लामो समयदेखि मुंवईमा नोकरी गर्दै आउनु भएको थियो । करिब दुई वर्ष देखि मुंवईको अन्धेरी लोखण्डवाला एक्रोपोलिलिस सोसाईटी ईन्डियन बैक भएको सोसायटीमा कार्यरत हुनुहुन्थ्यो । दिनाँक मार्च २, २०२४ का दिन आफ्नो दैनिक रुटिङ अनुसार बिहान ४ बजे उठेर सबै कामहरु गरेर सात बजे देखि काममा बस्नुभएको थियो । अचानक साढे सात बजे तिर उहाँलाई छातीमा दर्द शुरु भएछ । दर्द शुरु भए पछि उहाँले आफ्नो जीबन संगिनिलाई फोन गरेर सबै यथार्थता बताई सके पछि उहाँले कुईधाङका अखिल भारत नेपाली एकता समाजका सदस्य शशिधर शर्मालाई फोन गरेर बिमार भएको जानकारी गराउनु भएको थियो । दुर्गा सँग एकैसाथ काम गर्ने मानबहादुरले हस्पिटल लिएर जादाजादै बाटोमा नै उहाँको मृत्यु भएछ । हस्पिटल पुराए पछि हस्पिटलले मृत्यु भै सकेको छ वापस लैजानु भने पछि फेरि काम गर्ने सोसाईटी मै ल्याएर सबै सोसाईटीका पदाधिकारीहरुलाई भनेर अखिल भारत नेपाली एकता समाजको नेतृत्वमा पुलिस प्रशाशनिक प्रकृया पूरा गरी परिवार जनलाई सहयोग दिलाउन सम्भव भएको हो । स्मरण रहोस अखिल भारत नेपाली एकता समाजले जतिबेला पनि आपत विपदमा परेका सबै नेपालीहरुको पक्षमा अविरल रुपमा काम गर्दै आईरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित