गाजामा सामुहिक चिहानमा भेटिएकाहरुको अंग चोरीको आशंका

वैशाख १४ काठमाण्डौ , गाजाको खान युनिसस्थित नासार मेडिकल कम्प्लेक्समा भेटिएको सामुहिक चिहानमा रहेका शवहरुको अंग समेत इजरायली सेनाले चोरी गरेको हुन सक्ने मेडिकल सम्बन्धी विज्ञ र उद्धार कर्ताहरुले आशंका गरेको प्यालेष्टाईनी समाचार एजेन्सी वाफाले जनाएको छ । नासार मेडिकल कम्प्लेक्समा तीन वटा सामुहिक चिहान प्राप्त भएको छ । ती चिहानमा ३९२जनाको शव भेटिएको मा १६५ जनाको शव पहिचाननै हुन नसक्ने खालको रहेको पीडितहरुलाई प्लाष्टिकले बेरेको , पछाडि हात बाँधिएको ,र पेटमा स्टिच लगाएको अवस्थामा रहेका पाइएको कारण उनीहरुको अंगसमेत इजरायली सेनाले चोरेको हुनसक्ने बताईएको छ । कसैलाई जिउँदै समेत गाडिएको हुनसक्ने विज्ञहरुले बताएका छन् । शवहरु एकअर्कामाथि खप्टाईएर राखिएको छ । इजरायलले प्यालेष्टाईनी सर्वसाधारणमाथि मानवताविरुद्धको अपराध गरेकोमा विज्ञ पुगेका छन् । सामुहिक चिहान सम्बन्धमा संयुक्त राष्ट्रसंघ ,अमेरिका , युरोपेली युनियन र फ्रान्सले निष्पक्ष छानविनको माग गरेका छन् । इजरायलले प्यालेष्टाईनीहरुमाथि नरसंहार गरिरहेको छ । गत अक्टोबर सात यता मारिनेहरुको संख्या ३४३०५ पुगेको छ ।भने घाईतेहरुको संख्या ७७२१३ पुगेको एजेन्सीले जनाएको छ । इजरायलले युद्धविरामको प्रस्तावलाई अस्वीकार गर्दै आईरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित