विद्यार्थी राजनीतिदेखि पार्टी राजनीतिसम्म

–कमल भूसाल
०३५–३६ सालको विद्यार्थी आन्दोलनपछि अर्घाखाँचीको चुत्रावेशी जनज्योति हाइस्क्रलमा एउटा कार्यक्रम भएको थियो । त्यो कार्यक्रममा एक जना नेपाली कांग्रेसका व्यक्तिले पनि भाषण गरेका थिए । त्यो सभामा पञ्चहरुले पंचायती व्यवस्था परित्याग गरेर कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम थियो । खासमा त्यो कांग्रेसकै कार्यक्रम रहेछ । त्यो कार्यक्रममा एक जना ढाकावाङका विद्यार्थी धर्मबहादुर थापाले म पनि यो कार्यक्रममा बोल्छु भनेर माग गरे । उनीहरुले ती विद्यार्थीलाई पनि बोल्न दिए । धर्मबहादुर थापाले बोल्ने बेला पञ्च र कांग्रेसको धुवाँधार विरोध गरे । धर्मबहादुरलाई मञ्चबाटै गलहत्याएर निकालिएको थियो । त्यो कार्यक्रमबाट विद्यार्थी कालमा पञ्च र कांग्रेस गलत हुँदा रहेछन् र कम्युनिस्ट ठिक हुँदा रहेछन् भन्ने दिमागमा प¥यो । “म आफै पनि विद्रोही स्वभावको मान्छे । धर्मबहादुर अखिल छैठौंका हुन भन्ने सुनिन्थ्यो । एसएलसी पास गरेपछि काठमाडौं त्रिचन्द्र कलेजमा आइएससी पढ्ने बेला अखिल (छैठौं)मा आबद्ध भएँ । त्यतिबेला प्यूठानका लिलामणि पोख्रेल छैठौंका केन्द्रीय अध्यक्ष, अर्घाखाँचीकी सावित्रा भूसाल केन्द्रीय कोषाध्यक्ष थिइन । काठमाडौंमा बस्दा अखिल छैठौंमा काम गरियो । २०४१ सालमा शिक्षक भएपछि अखिल नेपाल शिक्षक संघमा काम गरियो । सबै शिक्षकहरुको साझा संगठन शिक्षक युनियन अर्घाखाँचीको कोषाध्यक्ष भएर पनि काम गरें । अझैसम्म निरन्तर रुपमा संगठन तथा राजनीतिमा सक्रिय रहेको छु । समाजसेवामा लागि परिरहेको छु ।

मैले २०३७ सालमा पार्टी सदस्यताका लागि आवेदन दिएको थिएँ । २०४८ मा पार्टी सदस्यता प्राप्त गरेको थिएँ । २०५७ मा मसालको अर्घाखाँची जिल्ला सदस्य भएको थिएँ । २०७५–७६ तिर म अर्घाखाँची जिल्ला कार्यालय सचिव, अर्घाखाँची जिल्ला समितिको सदस्य र कोषाध्यक्ष भए । २०७७ असोज १२ र १३ गते नेकपा (मसाल) अर्घाखाँची जिल्ला समितिको बैठकमा कृष्ण केसीले शुद्धीकरणको नाममा कार्वाहीमा परेका साथीहरुलाई कार्वाही फिर्ता हुनु पर्दछ भनेर प्रस्ताव राख्नुभयो । उहाँले ती कार्वाहीहरु विधान विपरीत छन्् भनेर तर्क गर्नुभयो । किनभने पार्टी विधानमा भेला वा सम्मेलन गरेर मात्र शुद्धीकरणमा जाने भनिएको थियो तर त्यो प्रक्रिया नपु¥याइकन नै शुद्धीकरण गरिएको थियो । त्यो प्रस्तावमाथि छलफल हुँदा कृष्ण केसी सहित सागर के.सी., झविलाल थापा, गंगाराम खनाल र मेरो एउटै मत रहयो । बैठक सकिएपछि ५ जनाको हस्ताक्षर गरेर कार्वाही विधान विपरीत छ भनेर केन्द्रमा पत्र पठाउने काम भयो । त्यसपछि छुट्टै बसेर गुटबन्दी गरेको आरोप लगाई मलाई कार्यालय सचिव, सचिवालय सदस्य र कोषाध्यक्षबाट हटाउने काम भयो । कृष्ण के.सीलाई पनि जिल्ला कमिटीबाट हटाउने काम भयो । सागर, झविलाल र गंगाराम खनाललाई आलोचना गर्ने काम मात्र भयो । पार्टीमा सुधार होला भन्दा पार्टी झन बिग्रीदै गयो । अन्तमा पार्टीबाट कार्वाही भएकाहरु हामीले २०७८ मंसिरमा नेकपा (मसाल) केन्द्रीय समन्वय समिति बनायौं । २०७९ असोजमा विशेष महाधिवेशन गरेर नेकपा (मशाल) लाई पुनर्गठन ग¥यौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित