भिवाडि ,अखिल भारत नेपाली एकता समाज भिवाडि नगर समितिको मातहतमा महिला बिभागको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनायो । अखिल भारत नेपाली एकता समाज, नगर समिति, भिवाडिले १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ। कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष श्री अमृतकुमार के सि ,विशेष उपस्थितिमा केन्द्रीय सदस्य बाबुराम बस्नेत ,महिला श्रेत्रिय सदस्य सुमित्रा दे वि नगर महिला कोषाअध्यक्ष कमला खड्का , सदस्य विनिता खड्का ,मुख्य अतिथि केन्द्रीय सदस्य बाबुराम बस्नेत रहनु भएको छ। विद्यार्थी अध्यक्ष राजु खड्काको संचालनमा अघि बढेको कार्यक्रममा ज्ञात अज्ञात शहीद प्रति श्रद्धांजलि स्वरुप एक मिनटको मौन धारण पश्चात विभिन्न वक्ताहरुले आ आफ्ना विचारहरु व्यक्त गर्दै श्रमिकहरुको वर्तमान दशा र दिशा माथि प्रकाश पार्नु भएको छ।साथै भिवाडि स्थित श्रमजीवी श्रमिक,महिला, युवती र बालिकाहरुको ,सर्वाङ्गीण विकास कसरी हुन्छ, भन्ने सुझावहरु पनि राख्नु भएको छ । अमृत कुमार केसी

