बेंगलोर ,अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समितिको आयोजना मा १३५ औं मजदुर दिवश दिवस कार्यक्रम सम्पन्न भएको छ। कार्य क्रम नगर समितिका सचिव सेर सिंह बिक को संन्चालन र बेंगलोर दक्षिण नगर समितिका उपाध्यक्ष सेर बहादुर दयालको अध्यक्षता रहेको थियो । अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सचिव राम सिंह बिक को विषेश उपस्थिति रहेको थियो।सहिदहरुको सम्झना मा १ मिनेटको मौन धारण पछि कार्यक्रममा उपस्थित जनसमुदायलाई नगर सदस्य हिरा बिकले शब्दबाट स्वागत गर्नु भएको थियोे । रक्तिम सांस्कृतिक परिवारले गितबाट स्वागत गरेका थिए। कार्यक्रममा शुभकामना दिनेमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गणेश बिक, बेंगलोर महिला विभागकी अध्यक्ष कलावती दयाल, महिला विभागकी सचिव मिना विक ,,नगर सदस्य सिब राम बिक केन्द्र समिति विद्यार्थी विभागकी प्रतिभा बिक , विद्यार्थी विभाग बेंगलोर नगर समितिकी कोषाध्यक्ष संगिता बिक, ले शुभकामना दिनुभएको थियोे ।

