चेन्नै ,अखिल भारत नेपाली एकता समाजले मृगौला पीडितलाई सहयोग गरेको छ। मान्डवी गाउँपालिका वाड नंबर ३ प्युठान निवासी धन बहादुर थापा वर्ष ४३ का हाल चेन्नैको तेनामपेटमा कार्यरत थिए। निज धन बहादुर थापा ३ छोरा १ छोरी र श्रीमती सहित रहदै आएका थिए। अचानक नोभेम्बर २०२३ देखि धन बहादुरका २ वटै मृगौलाले काम गर्न छोडेका थिए । उनी जनतन हप्तामा दुई पटक डायलिसिस गरेर जीवन मृत्यु संग लड्दै आएका छन। चेन्नैमा उपचारको त कुरा छोडौ अब चेन्नैमा रहन पनि मुस्किल भएको हुदा निजले परिबार सहित नेपाल गएर उपचार गराउने निर्णय गरे । अखिलभारत नेपाली एकता समाजले घरसम्म पुग्नको लागि रू २२८५५ सहयोग संकलन गरि दिनांक ९ मई २०२४ का दिन निजको निवासमा पुगि महासचिव महेन्द्र बस्याल, केन्द्रीय सदस्य तथा चेन्नै उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सदस्य तीलकराम गोराथोकी, नगर सदस्य तथा माउन्टरोड एरिया अध्यक्ष लोकनाथ सुवेदी र नगर महिला विभाग सचिव तुलसा सुवेदी लगायतको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको छ। सम्पूर्ण सहयोगीहरुलाई अखिलभारत नेपाली एकता समाजले धन्यवाद दिएको छ । निज धन बहादुर थापाको शीघ्र स्वास्थ्य लाभका साथै सम्पूर्ण परिवारको स्वदेश यात्रा सहज र सुरक्षित रहोस भन्ने कामना पनि गरेको छ ।

