युद्धग्रष्त क्षेत्र गाजामा बालकालिकाको अवस्था निकै नाजुक बन्दै गएको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय बालबालिका कोषले बताएको छ । गाजामा कही पनि बालबालिकाकोलागि सुरक्षित स्थान नरहेको र उनीहरुको जीवन रक्षा निकै कठिन भएको पनि युनिसेफले बताएको छ । बालबालिका र उनको परिवारमा युद्धले नराम्रो असर पारेको बताउँदै ततकाल युद्धविरामको माग समेत गरेको छ ।गाजामा अहिले मारिएकाहरु मध्ये १३हजार बालबालिका रहेको हज्जारौं घाईते र विस्थापित भएको जनाएको छ । उनीहरुले खानापानी र औषधी उपचारको अभावमा रहेको बताउँदै मानवीय सहायताको लागि तत्काल युद्धविराम गर्न माग गरेको छ ।
पछिल्लो समय राफामा इजरायलले अक्रमण तीव्र बनाईरहेको अवस्थामा यस क्षेत्रमा मात्रै छ लाख बालबालिका आश्रय लिईरहेको युनिसेफले बताएको छ । साथै अस्पताल र स्कूलहरुमा बमबारी गरेर अन्तर्राष्ट्रिय कानुनको उलंघन भएको समेत बताएको छ ।युनिसेफले गाजामा ततकाल युद्धविराम गर्नुका साथै मानवीय सहयताकोलागि खटिने स्वयमसेवकहरुको सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गरेको छ ।गिरफतार बच्चाहरुको तत्काल बिनाशर्त र सुरक्षित रिहाई हुनुपर्ने समेत जनाएको छ ।
गाजामा बालबालिकाको अवस्था नाजुक बन्दै ःयुनिसेफ
Comments

