अहिले नेपालमा राज्य संचालनको लागि संसदीय व्यवस्थाको अभ्यास भइरहेको छ ।संसदीय व्यवस्थामा लोकतान्त्रिक दलीय व्यवस्थालाई मान्ने राजनीतिक दलहरु देखि लिएर गैरप्रजातान्त्रिक दलहरुको समेत सहभागिता रहेको छ । केही दलहरूले यो व्यवस्थालाई निकै राम्रो व्यवस्था र कतियले त यो भन्दा राम्रो र जनमुखी व्यवस्था अरु छैन भन्दै विकल्प विहीन ब्यबस्था भनेर प्रचार पनि गरेकाछन् ।
।संसदीय व्यवस्थाका पक्षधरहरूले संसारमा एक मात्रै अति उत्तम व्यवस्था भन्दै त्यसको रक्षा,विकास र निरन्तरताको कामना गरिरेहका छन् । तर स्वयं वुर्जुवा लोकतन्त्रका हिमायतीहरू भित्र पनि संसदीय प्रणाली प्रति सबैको समर्थन छैन । कतिपयले संसदीय प्रणालीको सट्टा राष्ट्रपतीय प्रणालीको मग गर्दै आएका छन् । कतिपयले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गरेका छन् यसबाट संसदीय प्रणाली निर्विकल्प व्यवस्था होइन भन्ने प्रमाणित हुन्छ ।
कम्युनिस्ट प्रति प्रतिवद्ध राजनीतिक दलहरुले। यो व्यवस्था निर्विकल्प व्यवस्था होईन यो व्यवस्था भनेको जनतालाई झूक्याउनकोलागि बनेको व्यवस्था हो ।यो व्यवस्थाले समाजमा शोषण दमन उत्पीडनको अन्त्यगर्न , दुःखी गरिबहरुको समस्या समाधान गर्न सक्दैन भनेर त्यसको विरोधमा आवाजहरु उठाउँदै आएका छन् ।यो व्यवस्थाबाट समग्र देश तथा जनताको हितमा काम हुन सक्दैन भन्दै त्यसको विरोध तथा भण्डाफोरको नीति अपनाउँदै आएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूले संसदीय व्यवस्थाको अन्त्य गरी देशमा नयाँ जनवादी तथा बैज्ञानिक समाजवादी ब्यबस्था स्थापना गर्न उद्देश्य बोकेका छन् । संसदीय व्यबस्था नेपालका प्रयोग हुन थालेको २०१५ सालको संसदीय निर्वाचन देखि हो २०१७ देखि २०४६ साल सम्म पन्चायती काल रह्यो । बहुदलीय व्यवस्थाको पुनरबहाली पश्चात फेरि संसदीय व्यवस्थाले निरन्तरता पायो ।२०५९साल असोज १८ पछि फेरि यो देशमा प्रतिगमनको शुरुवात हुन पुग्यो । ०६२ ,०६३ को ऐतिहासिक अनआन्दोलन पछि फेरी संसदको पुनस्थापना हुन पूग्यो । पुनस्थापित संसदमा माओवादीला ८३ जना साँसद थपेर अन्तरिम ससद बनाइएकोथियो । २०६४ मा संविधान सभाको निर्वाचन नहुँदासम्म अन्तरिम संसदकोरुपमा काम त्यसले काम गर्यो २०७० मा दोस्रो संविधान सभाको चुनाव भयो । ।संसदको निर्वाचन फेरि २०७४साल मंसिरमा भयो । त्यसमा राजनीतिक दलहरुले विभिन्न गठवन्धन गरेर निर्वाचन बाट विजयी हुन पुगे । ०७९को संसदीय निर्वाचनमा पनि राजनीतिकदलहरुले विभिन्न प्रकारको चुनावी गठबन्धन गरेर निर्वाचनमा भाग लिए । ।अहिले संसदीय निर्वाचनमा जुनसुकै विचारधारा बोकेका राजनीतिक दलहरुकाबीचमा पनि गठबन्धन गर्ने , लाखौं करोडौंको खर्च गर्ने र चुनावमा जाने र त्यसको जीत हासिल गर्ने परिपाटीको विकास भएको छ ।
जसरी पनि संसदमा जित हासिल गर्ने र सत्ताको बागडोर आफ्नो हातमा लिने चलनको विकास भएको छ । सत्तामा पुग्नको लागि जे पनि गर्ने चलनको विकास भएको छ ।जनतालाई भ¥याङ बनाएर आफूहरु सत्तामा पूग्ने र जुनसुकै हालतमा पनि सत्तामा रमाउने प्रवृतिको विकास भएको छ ।यसले छिनछिनमा सत्ता फेरिनु, सत्तामा रहेका राजनैतिक दलहरुको टुटफुट, तथा रातारात दल विभाजन हुनु , गठबन्धनको फेरबदली हुनु , एकले अर्कोलाई सकेसम्म विश्वास गर्ने वातावरण नहुनु । आफ्नो।पक्षमा तान्न जे सुकै हर्कत पनि गर्नु ,सांसदहरुको खरिदबिक्री हुनु ,आफूले आफूलाई मौका पर्नासाथ दलबदल गर्न तयार हुने जस्ता कुराहरु भइरहेका छन् ।

